News Portal

रेडियो सुन्नुहोस्

बिजुवारमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन

झुलेनी नेटवर्क२०८२ बैसाख ८
३३९ पटक
२०८२ बैसाख ८

प्यूठान नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । बजार क्षेत्रमा कुकुरको सँख्या बढ्दै गएकाले भुस्याहा कुकुरको संख्या न्यूनिकरणका लागि नगरपालिकाको पशु सेवा शाखामार्फत बिजुवार सेवा केन्द्रमा शिविर सञ्चालन गरिएको शाखा प्रमुख गिरीराज पौडेलले बताए ।

शनिबार सञ्चालित शिविरबाट नगर क्षेत्र अन्तर्गत २५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । सामुदायिक तथा घरपालुवा कुकुर गरि ११ भाले कुकुर र १४ पोथी कुकुरको बन्ध्याकरण गरिएको शाखा प्रमुख पौडेलले बताए । शिविर सञ्चालनका लागि एकिकृत कृषी तथा पशुपंन्छी विकास कार्यालय प्यूठानले प्राविधिक सहयोग गरेको थियो ।

नगरपालिकाले पशुसेवा शाखामार्फत चालु आर्थिक वर्षमा नगर क्षेत्रका १ सय ६३ कुकुरलाई रेविज विरुद्धको खोप दिईएको जनाएको छ । रेविज रोग जोखिम नियन्त्रण गर्न कुकुरलाइ खोप दिईएको शाखाप्रमुख पौडेलले बताए । घरपालुवा कुकुरको सहजै स्थानीय स्तरमै बन्ध्याकरण गराउन पाउदा स्थानीय खुसी छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...