News Portal

रेडियो सुन्नुहोस्

व्यवसायिक युवा उत्पादन गर्न आग्रह

कृष्णराज पाण्डेय२२ पुस, प्यूठान
१२४५ पटक
२२ पुस, प्यूठान

लालीगुँरास बचत तथा ऋण सहकारी संस्था मल्लरानी ३ को ११ औ बार्षिक साधारण सभामा सम्पन्न भएको छ ।

शनिवार भएको कार्यक्रममा प्रमुख अतिथी मल्लरानी गाँउपालिका अध्यक्ष तथा अमरध्वज रानाले आजको आवश्यकता व्यवसायिकता भएको बताउँदै सहकारीले युवाहरुलाई व्यवसाय संचालन गर्नका लागि लगानी गर्न आग्रह गरेका छन । उनले अवको आर्र्थिक विकास विना कुनै कुरा सम्भव नभएको बताउँदै युवाहरुलाई व्यवसायिक क्षेत्रमा लगानी गरी सफल व्यवसायी बनाउन सहकारी लाग्नुपर्ने कुरामा जोड दिएका हुन ।

त्यस्तै जिल्ला सहकारी संघका सदस्य एमप्रसाद पाण्डेले सहकारी गरिव तथा विपन्न परिवारको साथी भएको बताउँदै शेयर सदस्यले बचत मात्र नगरी व्यवसाय गर्नका लागि उत्साह हुनुपर्ने बताए । कार्यक्रममा मल्लरानी सहकारी संजालका अध्यक्ष टुकबहादुर रोकाय,निर्वतमान अध्यक्ष दुर्गाबहादुर थापा लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा असल ऋणीको तर्फबाट राजु गुरुङ,असल बचतकर्ता अम्विका पौडेल र कक्षा ८ मा सर्वोकृष्ट ल्याउने शेयर सदस्यको छोराछोरीबाट शारदा माविका विजय आर्चाय,भानुमाविका समिर पुन लाई सम्मान गरिएको थियो । त्यसैगरी निर्वमान अध्यक्ष दुर्गाबहादुर थापा र भवन निमार्ण समितिका सदस्य भेषराज पोख्रेलाई सम्मान गरिएको थियो । सहकारीले युवालाई लक्षित गरी व्यवसायीक योजनाको आधारमा १० लाख सम्म ऋण लगानी गर्दै आएको छ ।

साधारण सभाको अध्यक्ष टेकनारायण पोख्रेलको अध्यक्ष सचिव गोपाल थापाको संचालनमा कार्यक्रम भएको थियो । पुर्वी प्यूठानको मल्लरानी,ऐरावति गाउपालिका बासिन्दाहरु सहकारीका शेयर सदस्य रहेका छन । २०६४ सालमा स्थापना भई हाल करिव ५ करोडको कारोवार सहकारीले गर्दै आएको छ । सहकारीको ९३६ जना शेयरको ७४ लाख शेयर पुजीँ रहेको व्यवस्थापक गोविन्द अधिकारीले बताए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...