News Portal

रेडियो सुन्नुहोस्

युवा संघ नेपाल प्यूठानद्धारा किड्नी पीडितलाई आर्थिक सहयोग

झुलेनी नेटवर्क२०८२ साउन २७ गते
६५६ पटक
२०८२ साउन २७ गते

राष्ट्रिय युवासंघ नेपाल प्यूठानले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । मंगलबार २६ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा संघ नेपाल प्यूठानले प्यूठान नगरपालिका – ८ रज्यानका रामे सुनारलाई २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

दुवै मृगौला फेल भएका सुनार लामो समयदेखि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलाइसिस गराउँदै आएका छन । आर्थिक अवस्था कमजोर भएका सुनारलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले युवा संघ प्यूठानको टोली घरमै पुगेर बिरामीको भाउजुलाई रकम हस्तान्तरण गरेको राष्ट्रिय युवा संघ प्यूठानका अध्यक्ष महेश पाण्डेले जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा प्यूठान नगरपालिका –८ का वडाध्यक्ष पदम बहादुर थापा, अनेरास्ववियु प्यूठानका इन्चार्ज टेकराज के.सी लगायतको उपस्थित रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...