News Portal

रेडियो सुन्नुहोस्

गाउँनै खानेपानीको संकटमा, २ सय ७० परिवारले यौटैे मुहानवाट वोक्छन पानि

सागर रिजाल१६ माघ, प्युठान
१६८५ पटक
१६ माघ, प्युठान

हरेक दिन विहान डोकोमा गाग्रि वोकेर पधेराखोला मुलमा जाने ७६ वर्षिय कृष्ण सार्किले जिवनका धेरै वर्ष भारतमा बिताउनुभयो । वाल्यकालमा त्यहि मुलवाट आमाको हात समाउदै पानी बोकेर खानुभएको उहाँ आजपनि पधेराखोला मुलमा नाति नातिनाको हात समाएर पानी लिन पुग्नुहुन्छ ।

सार्किजस्तै गाँउभरका २ सय ७० परिवारले खानेपानीको समस्या झेलिरहेका छन्। विहान ४ वजेदेखिनै त्यहाँको पधेँराखोला मुलमा भिडभाड हुनेगर्छ। सिंगो गाउँनै यौटै मुहानको पानीमा भर पर्नुपर्ने भएकाले विगतदेखिनै त्यस गाँउमा एकजनाको कामनै पानि भर्न पालो वस्ने रहेको छ।

मल्लरानि गाँउपालीका वर्डा नं २ (साविकको चुँजा गाविस वर्डा नं ८ र ९) का स्थानियले अहिलेपनि खानेपानिका लागि सास्ति खेपिरहेका छन्। वुढो भईयो तर खानेपानिको समस्या समाधान भएन। थुप्रै नेता आएर भाषण गरे तर कसैले केहि गरेनन्। स्थानिय निर्वाचन सम्पन्न भएपछी स्थानिय सरकारले समेत आफुहरुको समस्या नहेरेको उहाँको गुनासो छ।

उक्त गाँउका २ सय ७० घरपरिवारले अहिलेपनि एक घण्टाको वाटोमा पानि वोकेर खान्छन्। घर घरमा स्वच्छ पानि पु¥याउने निति भएपनि चुजाँका स्थानियका लागि उक्त नीति एकादेशको कथाजस्तै भएको छ। सौचालय जाने वेलामा पानि हुदैन। घण्टौँ कुरेर पानि भर्नुपर्छ ४९ वर्षिय वलवहादुर खत्रिले भन्नुभयो,–‘ बाटो खन्दा झरेको माटोले मुहान पुरेपछी खानेपानिको झनै समस्या भएको हो ।’ बाटो खन्दा भिरमा अडिएका ढुँगाहरु पल्टिदा त्यहि टाढाको मुलमा पनि त्रास वोकेर पानी लिन पुग्नुपर्ने उहाँले बताउनुभयो ।
भुल्के खानेपानि आयोजनावाट पनि हप्तामा एक दुई पटक मात्र पानि आउने गरेको स्थानिय मिठी नेपालिले बताउनुभयो । भुल्के खानेपानि आयोजनावाट प्रयाप्त पानि नआउनाले त्यस गाँउमा पानिको हाहाकार हुने गरेको छ। २५ वर्ष पहिले मर्मत गरिएको हो तर अहिले सम्म मर्मत नहुँदा, जिर्ण अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘कसैको नजर नपुग्दा खानेपानीको मुल सुक्दै गएको छ ।’ यस क्षेत्रका पुरुषलाई भन्दा महिलालाई खानेपानीको पिरलो वढी हुने उहाँले बताउनुभयो उहाँले भन्नुभयो,–‘पुरुष वढी ईण्डीया जानुहुन्छ, त्यसैले महिलालाई अझ वढी समस्या छ ।’
भुल्केको खानेपानीको मुल मर्मत गर्न गाउँपालिकाले यस आर्थिक वर्षमा रु ५० हजार रकम विनियोजन गरेको वडा अध्यक्ष लेख बहादुर थापाले बताउनुभयो । यो गाउँमा खानेपानीको समस्या छ उहाँले भन्नुभयो,–‘समस्या समाधान गर्न धेरै कदम चालेका छौँ ।’ लिफ्ट मार्फत चुजाँमा खानेपानी पु¥याउने उदेश्यले गाउँपालिकाले प्रदेश संग रकम माग गरेको उहाँले बताउनुभयो ।

शौचालय प्रयोग गर्न समस्या

खानेपानिको समस्याका कारण स्थानियले सौचालय प्रयोग गनै समस्या रहेको छ। सौचालयमा दिसापिसाव गरेपनि पानि अभावका कारण अत्यन्तै दुर्गन्धित हुने गरेका छन्। सरसफाईयुक्त गाउँ बनाउने गाउँ गाउँमा चल्दा पनि हाम्रो गाउँमा पानी नहुनाले रोकीएको उहाँले बताउनुभयो ।

विहान ४ बजे उठेर धारामा पानी लिन पुग्छु, त्यहाँ जाँदा मान्छेको लाईन हुन्छ उहाँले भन्नुभयो ,–‘पानी भर्दा कहिले झगडा पनि गनुपर्छ ।’ घरघरमा सौचालय भएर के काम प्रयोग गर्न पाएका छैनौ उहाँले भन्नुभयो,–‘गाउँ सबै पूर्वाधारले युक्त छ तर पानी नहुनाले सबै ओझेलमा परेका छन् । ’

विद्यार्थी पढन छाडेर पानी भर्छन्

चुजाँकी सुनिता नेपाली १३ वर्ष पुग्नुभयो । उहाँ अहिले गाउँकै विद्यालय अमर माध्यामिकमा कक्षा ६ मा पढनुहुन्छ । उहाँ विहान १ गाग्रो पानी बोकेर विद्यालय जानुहुन्छ । उहाँ हप्ताको केहि दिन मात्र विद्यालय जानुहुन्छ । विद्यालय गएपनि पानीकै समस्याले मध्यान्नमा पढन छाडेर पानी बोक्न जाने गरेको बताउनुभयो । कहिले विद्यालय जान्छु कहिले जादैन् ,उहाँले भन्नुभयो,–‘खानेपानी लिन जाँदा पधेरोमै लाईनलाग्दा विद्यालय जाने समय जान्छ ।’

उहाँ संगै उहाँका भाई आसिष नेपाली जर्कीन बोकेर पानी लिन पधेरोमा पुग्नुहुन्छ । ३ कक्षामा पढने उहाँ मध्यान्नमा विद्यालय छाडेर पानी बोक्न आएको बताउनुभयो ।मध्यान्नमा घर आएस भनेर आमाले भन्नुभयो, त्यसैले पढन छाडेर पानी बोक्न आएको हु ।’ उहाँले भन्नुभयो ,–‘पढने रहर हुँदाहुदै पनि विद्यालय छोड्नुपर्छ ।’ उहाँ दिदीभाईसंगै यस क्षेत्रका धेरै बालबालिका पढन छाडेर पानी बोक्न पुग्ने गर्दछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बाग्दुलामा ३० जनाको निशुल्क स्वास्थ्य परिक्षण

मानसिक स्वास्थ्य प्रवद्र्धना लागि योग ध्यान कार्यक्रम अन्तरगत बाग्दुलामा ३० जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको...

प्यूठानमा ४ हजार ९ सय ४० जनाले एसइई परीक्षा दिँदै

चालु शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा(एसइई) बिहीबारदेखि सुरु हुँदै छ । परीक्षाका लागि...

जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी अभिमुखीकरण सम्पन्न

जलवायु परिवर्तन र अनुकूलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम विजुवारमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश वन...

प्यूठानको अमर क्याम्पसमा अनेरास्ववियूका रोका मगर विजयी

प्यूठानको अमर क्याम्पस भिंग्रीमा अनेरास्ववियूका जीवन रोका मगर विजयी भएका छन्। अखिल क्रान्तिकारी, अखिल छैठौँ...

प्यूठानको गौमुखी क्याम्पसको स्ववियू सभापतिमा अखिल(छैठौँ)का जि.सी. विजयी

प्यूठानको गौमुखी क्याम्पसमा अखिल छैठौँका प्रविण जि.सी निर्वाचित भएका छन्। मङ्गलवार भएको स्ववियू निर्वाचनमा अखिल...