News Portal

रेडियो सुन्नुहोस्

आर्थिक गणना, वैशाख १ देखि गणक फिल्डमा खटाइने

सिखबर संवाददाता
८०९ पटक

१८ चैत

काठमाडौँ । वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ ।

जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो ।

आर्थिक गणनाका लागि जिल्लामा चैत १ गतेदेखि आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम शुरु गरिएको छ ।

२०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरी वैशाख १ देखि गणक फिल्डमा खटाइने तयारी गरिएको आर्थिक गणना कार्यालय जाजरकोटका आर्थिक गणना अधिकृत जनक बोहराले बताए ।

कार्यालयले प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोबार गर्ने बाहेक सम्पूर्ण व्यापारिक प्रतिष्ठानको तथ्यांक संकलन गर्ने छ । यसमा व्यापारिक प्रतिष्ठानकोे परिचयात्मक विवरण, आम्दानी, कारोबार विवरण, ऋणमा पहुँच कारोबारसम्बन्धी विवरण संकलन गरी आर्थिक तथ्यांक संकलन गरिने छ ।

आर्थिक गणनाअन्तर्गत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, वित्तीय तथा बीमा, विद्यालय, कलेज, गैरसरकारी संस्था अर्धसरकारी निकाय, प्राइभेट लिमिटेड, उपभोक्ता समिति लगायतका क्षेत्रको विवरण संकलन गरिने बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...