News Portal

रेडियो सुन्नुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

झुलेनी नेटवर्क २०८२ फागुन २८ गते
१३१० पटक
२०८२ फागुन २८ गते

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेका थापाले बिहीबार निर्वाचन कार्यालय प्यूठानमार्फत निर्वाचनमा खर्च भएको रकमको विवरण बुझाएर सार्वजनिक गरेका हुन् ।

निर्वाचनमा २४ लाख १० हजार ३ सय ८९ रुपैयाँ खर्च भएको थापाले जनाएका छन । उनले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरण अनुसार सवारी साधन भाडा खर्च २ लाख ९० हजार, इन्धन खर्च ४ लाख ५० हजार ३ सय ९०, नमुना मतपत्र छपाइ ९५ हजार, वडा तथा पालिका स्तरीय कार्यक्रम खर्च ६ लाख ४० हजार, कार्यालय सञ्चालन खर्च १ लाख ३५ हजार , खाना तथा आवास खर्च २ लाख ५५ हजार, प्रेस पर्चा छपाइ खर्च ७५ हजार ४ सय, मनोनयन खर्च १० हजार र विविध खर्च ४ लाख ५९ हजार ६ सय रुपैयाँ खर्च भएको  छ।

नेपाल बैंक लिमिटेड बिजुवार शाखामा खाता खोली निर्वाचन खर्च त्यसअनुसार गरेको थापाले बताए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्धारा स्विकृत निर्वाचन आचारसंहिता बमोजिम बैंक स्टेटमेन्ट, आम्दानी खर्च विवरण बुझाएको थापाले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...