News Portal

रेडियो सुन्नुहोस्

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

झुलेनी नेटवर्क २०८२ फागुन २८ गते
१२१९ पटक
२०८२ फागुन २८ गते

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेका थापाले बिहीबार निर्वाचन कार्यालय प्यूठानमार्फत निर्वाचनमा खर्च भएको रकमको विवरण बुझाएर सार्वजनिक गरेका हुन् ।

निर्वाचनमा २४ लाख १० हजार ३ सय ८९ रुपैयाँ खर्च भएको थापाले जनाएका छन । उनले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरण अनुसार सवारी साधन भाडा खर्च २ लाख ९० हजार, इन्धन खर्च ४ लाख ५० हजार ३ सय ९०, नमुना मतपत्र छपाइ ९५ हजार, वडा तथा पालिका स्तरीय कार्यक्रम खर्च ६ लाख ४० हजार, कार्यालय सञ्चालन खर्च १ लाख ३५ हजार , खाना तथा आवास खर्च २ लाख ५५ हजार, प्रेस पर्चा छपाइ खर्च ७५ हजार ४ सय, मनोनयन खर्च १० हजार र विविध खर्च ४ लाख ५९ हजार ६ सय रुपैयाँ खर्च भएको  छ।

नेपाल बैंक लिमिटेड बिजुवार शाखामा खाता खोली निर्वाचन खर्च त्यसअनुसार गरेको थापाले बताए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्धारा स्विकृत निर्वाचन आचारसंहिता बमोजिम बैंक स्टेटमेन्ट, आम्दानी खर्च विवरण बुझाएको थापाले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...