News Portal

रेडियो सुन्नुहोस्

एकनारायण भण्डारीले बिमल राज क्षेत्रीलाई बनाइदिएको बुट्टे रूमाल भाइरल बन्दै हेर्नुस् भिडियो सहित

गोविन्द, विश्वकर्मा काठमाडौं
१७५८ पटक
काठमाडौं

नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा सर्वाधिक रूचाइएको नाम तथा गायक हुन बिमलराज क्षेत्री उनी विगत लामो समयदेखि नै गीत संगीतको मैदानमा अहोरात्र खटिरहेका छन ।

उनको स्वरमा रहेका सयौं गीत सांगीतिक बजारमा लोकप्रिय बनेका पनि छन । उनैै गायक क्षेत्री पछिल्लो समय एउटा शसक्त प्रस्तुति लिएर दर्शक श्रोता सामु आएका छन । आउने मात्र हैन फेरि धेरै दर्शक श्रोताको माया पनि पाएका छन । जुन गीत हो “बुट्टे रुमाल” ।

गीतको नामांकित विगतमा निकै चर्चा पाएको गीत सुपारी चाम्रो संग जोडेर त्यसकै भाग २ बनाइएको छ । लोकप्रिय, व्यस्त एवम सफल अझ भनाै सबै खाले गीत संगीतको सृजनामा एकछत्र राज गरिरहनु भएका सर्जक एकनारायण भण्डारीको उत्कृष्ट शब्द संगीत रहेको यस गीतमा आवाज विमलराज क्षेत्री र लोकप्रिय गायिका अञ्जु पन्तको स्वर रहेको छ ।

बरिस्ठ संगीतकार एवम् एरेन्जर (संगीत संयोजक) बिबि अनुरागीले संगीत संयोजन गर्नुभएको यस गीतको अडियो सम्पादन चर्चित ध्वनि सम्पादक एवम् साउण्ड ईन्जिनियर श्यामश्वेत रसाइलीले गर्नुभएको हो भने रेकर्डिङ प्रिज्म डिजिटल स्टुडियोमा गरिएको गायक क्षेत्रीले जानकारी दिएका छन ।

अझ गीतलाई अझैै उत्कृष्ट र फरक  बनाउनकाा लागि  प्रियंका कार्कीलाई नृत्यमा समावेश गरिएको छ भने प्रियंकालाई गम्भीर बिष्टले साथ दिएका छन, म्यूजिक भिडियोको कोरियोग्राफर पनि बिष्ट नै हुन ।

ज्ञानेन्द्र शर्माको छायांकन र नविन निरौलाको सम्पादनमा भिडियो तयार पारिएको छ। मौलिक नेपाली शब्दलाई डान्सिङ बिटमा तयार गरीएको यो गीतले सबैको मन जित्न समेत सफल भएको छ ।

दोहोरी गीतका स्रोतामाझ अत्यन्त प्रिय यि गायकका बल्लै भो भेट, सुपारी राम्रो, डुल्छु रनबन, रानि घाटैमा, एक्लो परानी, औठी कुसैको, हिमाल सेतैछ, मागे जति वर्दान पाको भा, जापान टोकियो लगायतका गीतहरु दशक अघि देखी आज सम्म पनि उत्तीकै लोकप्रिय गीतहरु हुन, गीतले युटुबमा मात्रै ५ लाख भन्दा बढी दर्शक पाइसकेको छ । गीत अझै सफल बनोस् हाम्रो पनि शुभकामना ।

बाकी पूरा भिडियोबाट हेर्नुहोस :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...