News Portal

रेडियो सुन्नुहोस्

क्रान्तिकारी पत्रकार संगठन दाङको दोश्रो जिल्ला सम्मेलन चैत २७ गते

सिखबर संवाददाता२२ चैत्र दाङ
१२७८ पटक
२२ चैत्र दाङ

क्रान्तिकारी पत्रकार संगठन दाङले यहि चैत्र २७ गते सम्पन्न हुने दोश्रो जिल्ला सम्मेलनको तयारीलाई तिव्र रुपमा अगाडि वढाएको छ।

जिल्ला सम्मेलनको तयारी स्वरुप जिल्लाव्यापि रुपमा अभियान चलाईएको सम्मेलन आयोजक समितिका संयोजक जानकि दहितले जानकारी दिनुभयो।
जिल्ला सम्मेलनकै क्रममा दाङका विभिन्न मिडियामा पुगेर भेटाघाट, अन्तरक्रिया र अनुगमन कार्यक्रम चलाईएको दहितले वताउनु भयो।
अभियानका क्रममा मिडियाहरुमा मिडियाले उठाउने विषय, मिडियाको अवस्था, मिडियाकर्मिको अवस्था र समस्याहरुवारे छलफल चलाईएको थियो। नियुक्तिपत्र नदिईएको मिडियामा नियुक्तिपत्र दिन सुझाव दिईएको, सुचना विभागमा मिडियामा कार्यरत सर्वै पत्रकारको विवरण पठाउन सुझाव दिईएको दहितले वताउनु भयो।
मिडियाका व्यवस्थापकहरुले स्थानिय तहहरुले स्थानिय मिडियामैत्रि व्यवहार नगरेको र स्थानिय स्तरमा मिडियाको अवस्था कमजोर रहेको वताएका थिए।

२७ गते हुने सम्मेलनको उद्घाटन संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले गर्नुहुने छ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले आगामि वैसाख १५ र १६ गते राष्टिय सम्मेलन गर्दै छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...