जिल्लाको पश्चिम बडिगाडमा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका-५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताए।
मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा गम्भीर घाइते भएका तीन जनालाई भने स्थानीय र प्रहरीले उद्धार गरी स्वास्थ्य संस्था तर्फ पठाएका छन्। एक बालक हराइरहेका छन्। दुर्घटनामा परेका सबै निसीखोलामा कुलपुजाका लागि जाँदै गरेको बुझिएको घटनास्थलमा रहेका स्थानीय दिनेश शर्माले बताए।
श्रोत: अन्नपुर्ण(www.annapurnapost.com)