News Portal

रेडियो सुन्नुहोस्

प्यारालाईसिस भएका नेपालीलाइ खड्काद्वारा १० हजार सहयोग

वोमवहादुर परियार२७ मंसिर, प्यूठान
२८३३ पटक
२७ मंसिर, प्यूठान

शरीरको बायाँ भाग नचल्ने गरि बिगत केहि महिनादेखी थलिएर बसेका प्युठान नगरपालिका १ साल्घारीका लाल बहादुर नेपालिलाई प्यूठान नगरपालीका ४ जुम्रिका युवा ब्याबसायी कृष्ण खड्काले आज १० हजार सहयोग हस्तान्तरण गरेका छन।

हाल जुम्रिमा वस्दै आएका नेपालीलाई भदौ ९ गतेदेखि प्यारालाईसिसको समस्या देखिएको थियो। उनले आफ्नो सम्पत्ति बेचेर उपचार गराउन थाले ,तर सुधार हुन सकेन । अहिले ४८ वर्षिय नेपालीको सहारा संगै रहेकि श्रीमती छिन।

आय स्रोतको नाममा फोटोमा देखिएको जुम्री बसपार्कमा एउटा सानो किराना पसल छ । जस्ले कोठा भाडा तिर्न पनि निकै गाह्रो भएको बताउछन । साहुबाट रिण काडेर अहिले सम्म आफ्नो उपचार को लागि ३ लाख खर्च गरिसकेको उनी बताउछन ।अझै आफ्नो उपचार गराउन कति पैसा लाग्ने हो भन्ने कुनै एकिन छैन । तत्काल उनलाई पैसाको नै खाचो छ ।

गहभरी आँसु ल्याउदै लालबहादुर ले भन्छन-“छोराछोरी भैदिएको भएपनी आसा पलाउथ्यो तर कोहि छैन , हात खुट्टा चलाउन मिल्नेभए केही काम गर्ने थिए त्यो पनि मिल्दैन ।”

यस अघि उनलाई प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले ५ हजार र नगरपालिकाबाट ३ हजार गरि जम्मा ८ हजार सहयोग प्राप्त भएको उनले वताए।
लाल बहादुरले अहिले आफ्नो उपचार काठमाडौमा रहेको अस्टाङग आयुर्वेदिक अस्पतालमा गराईराखेका छन । प्रत्यक महिनामा उनको उपचार खर्च २५ हजार आउँछ । तर आयश्रोत केही छैन ।
सामाजिक कार्यमा अग्रसर हुँदै आएका युवा नेता सुमनराज श्रेष्ठ , हरि बस्नेत , लगायतको उपस्थितीमा युवा व्यवसायि खड्काले १० हजार रुपैया लालवहादुर नेपालीको परिवारलाई हस्तान्तरण गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...