News Portal

रेडियो सुन्नुहोस्

स्वास्थ्य कार्यालय प्यूठान मार्फत जिल्लाका निजी क्लिनिकहरुले दिए स्वास्थ्य सुरक्षा सामग्री

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समुचित वितरण गरिने

दीपा पौडेल चैत्र १७ ,२०७६
९८७ पटक
चैत्र १७ ,२०७६

प्यूठान, बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) को संक्रमण दिन प्रति दिन फैलिरहेका बेला प्यूठानका निजी क्लिनिक संचालकहरुले स्वास्थ्य कार्यालय प्यूठानलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएका छन्।
जिल्लामा स्वास्थ्य सुरक्षा सामग्रीको अभावमा उपचारमा समस्या नहोस् भन्ने उदेश्यले आफुहरुले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको सक्रिय फर्मा बिजुवारका संचालक नविन गौतमले बताए। उनले भने –“हामीले जिल्लामा स्वास्थ्यकर्मीहरुलाई उपचार गर्दा जोखिम नहोस् भनेर सबैको सहयोगमा सुरक्षा सामग्री प्रदान गरेका हौं।”
गौतमका अनुसार ३५ हजारको पिपिइ, ३० हजारको मास्क ,२० हजारको ग्लोभ्स र १७ हजारको सेनिटाइजर गरि १ लाख २ हजार बरावरको स्वास्थ्य सुरक्षा सामग्री स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो।
प्यूठानका सक्रिय फर्मा सहित न्यू सुश्री फर्मा बिजुवार, अमृत फर्मा बिजुवार, कालिका मेडिकल हल बिजुवार, शाह मेडिकल हल जुम्री , रिजाल औषधी भण्डार , स्वर्गद्धारी फार्मेसी बाग्दुला र डाक्टर लेखराज सुवेदीको सहयोगमा उक्त सामग्री प्रदान गरिएको छ।
सामग्री ग्रहण गर्दै स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख बिशाल सुवेदीले नेपाल लगाएत विश्व बजार मै स्वास्थ्यजन्य सामग्रीहरुको आपुर्ती ब्यवस्थापन सहज नभईरहेको बेला प्यूठानका स्थानिय तहहरुले चाहेर पनि खरिद गर्न नपाईरहेकाले समस्या भएकोले अहिलेको समयमा निजी क्लिनिक संचालकहरुले प्रदान गरेको सहयोग सराहनिय रहेको बताए। उनले भने –“स्वास्थ्यजन्य सामग्री स्वास्थ्य संस्था र सुरक्षाकर्मीका लागि समुचित रुपमा वितरण गर्नेछु।”
कोरोना भाईरस संक्रमणको त्रास चौतर्फी बढिरहेका बेला सरकारी बाहेक निजी अस्पतालहरुले सेवा गर्नुको सट्टा बन्द गरिरहेको बेला प्यूठानका निजी मेडिकलहरुले गरेको सहयोगलाई सकारात्मक रुपमा लिनुपर्ने स्वास्थ्य पत्रकार मञ्च प्यूठानका संयोजक नोमराज पौडेल बताए। उनले भने –“ निजी मेडिकल संचालकहरुले पैसाको लागि मात्र होइन सेवा भाव पनि देखाउनुपर्छ जो आफैमा राम्रो काम देखियो।”

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...