News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा एकैदिन ८ जना थपिए,कोरोना संक्रमितको संख्या १२ पुग्यो

सिखबर संवाददाता२६ जेठ
१२७५ पटक
२६ जेठ

 

प्युठानमा थप ८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीका अनुसार प्युठान नगरपालिका वडा नं. २ का ३ जना र वडा नं. ३ का ५ जना गरि ८ जनालाई कोरोना संक्रमण देखिएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षण अनुसार संक्रमित पुष्टि भएको सुवेदीले जानकारी दिनुभयो ।

प्यूठान नगरपालिका ३ का वडा अध्यक्ष प्रेम हमालले सवै संक्रमितहरु केही दिन अघि भारतबाट आएको जानकारी दिनुभयो। संक्रमित हुनेहरुमध्ये १ जना महिला र ७ जना पुरुष रहेका छन् ।उनीहरुलाई सरस्वती प्राथमिक विद्यालय सेपुङको क्वारेन्टाइनमा राखिएको छ ।

यो सँगै प्युठानमा संक्रमित हुनेको संख्या १२ पुगेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...