News Portal

रेडियो सुन्नुहोस्

माटोको ढिस्कोले च्याप्दा दुवै खुट्टा भाँच्चियो

बोम वहादुर परियार२४ श्रावण, प्यूठान
१६५६ पटक
२४ श्रावण, प्यूठान

माटो खन्ने मड्किनोमा माटोको ढिस्कोले च्याप्दा ९ वर्षिय वालिका सहित २ जना घाईते भएका छन्। सुक्रवार दिउँसो माथिवाट खसेको माटोको ढिस्कोले च्याप्दा नौवहिनी-८ लुप्लुङकी सुस्मिता वि.क. को दुवै खुट्टा भाचिएको छ। यौटा खुट्टा भाचिएका अर्का १ जना महिलाको भने वुटवलमा उपचार सुरु भईसकेको छ।

सुक्रवार नै जिल्ला अस्पत्ताल प्यूठानले थप उपचारका लागि बाहिर जान रिफर गरेपनी शनिवार दिउसोसम्म आर्थिक जोहो नहुँदा वालिका सुस्मिताका आफन्तहरु जिल्ला अस्पतालै अलपत्र थिए। स्थानिय युवाहरुको सहजिकरणमा शनिवार साँझ उनलाई वुटवल पठाईएपनी उपचारमा भने समस्या रहेको पारिवारले जनाएको छ। वालिका वाजेवज्यैसंग वस्दै आएकि थिईन। आमाले दोश्रो विवाह गरेकी उनको वुवाले भारतमा मजदुरी गर्छन। लामो समयदेखीको कोरोना भाईरसको प्रकोप र वन्दावन्दिका कारण भारतमा काम गर्ने मजदुरहरुलाई पनि संकट छ। त्यसमाथी वालिकाका दुवै खुट्टा भाँचिएपछी परिवारमा जटिल समस्या आएको छ।

दुवै खुट्टाका हड्डी भाचिएको र जिल्लावाहिर पठाउन पर्ने अवस्था रहेकाले वालिकालाई तत्कालै रिफर गरिएको जिल्ला अस्पत्ताल प्यूठानमा कार्यरत एमडिजिपी डाक्टर सुनिल सुनारले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...