News Portal

रेडियो सुन्नुहोस्

माटोको ढिस्कोले च्याप्दा दुवै खुट्टा भाँच्चियो

बोम वहादुर परियार२४ श्रावण, प्यूठान
१८१२ पटक
२४ श्रावण, प्यूठान

माटो खन्ने मड्किनोमा माटोको ढिस्कोले च्याप्दा ९ वर्षिय वालिका सहित २ जना घाईते भएका छन्। सुक्रवार दिउँसो माथिवाट खसेको माटोको ढिस्कोले च्याप्दा नौवहिनी-८ लुप्लुङकी सुस्मिता वि.क. को दुवै खुट्टा भाचिएको छ। यौटा खुट्टा भाचिएका अर्का १ जना महिलाको भने वुटवलमा उपचार सुरु भईसकेको छ।

सुक्रवार नै जिल्ला अस्पत्ताल प्यूठानले थप उपचारका लागि बाहिर जान रिफर गरेपनी शनिवार दिउसोसम्म आर्थिक जोहो नहुँदा वालिका सुस्मिताका आफन्तहरु जिल्ला अस्पतालै अलपत्र थिए। स्थानिय युवाहरुको सहजिकरणमा शनिवार साँझ उनलाई वुटवल पठाईएपनी उपचारमा भने समस्या रहेको पारिवारले जनाएको छ। वालिका वाजेवज्यैसंग वस्दै आएकि थिईन। आमाले दोश्रो विवाह गरेकी उनको वुवाले भारतमा मजदुरी गर्छन। लामो समयदेखीको कोरोना भाईरसको प्रकोप र वन्दावन्दिका कारण भारतमा काम गर्ने मजदुरहरुलाई पनि संकट छ। त्यसमाथी वालिकाका दुवै खुट्टा भाँचिएपछी परिवारमा जटिल समस्या आएको छ।

दुवै खुट्टाका हड्डी भाचिएको र जिल्लावाहिर पठाउन पर्ने अवस्था रहेकाले वालिकालाई तत्कालै रिफर गरिएको जिल्ला अस्पत्ताल प्यूठानमा कार्यरत एमडिजिपी डाक्टर सुनिल सुनारले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...