News Portal

रेडियो सुन्नुहोस्

समाचार प्रभाव: शंकरको अप्रेसन टिचिङमा हुदै

दीपा घर्ती पौडेल३२ श्रावण, प्यूठान
१०११ पटक
३२ श्रावण, प्यूठान

आर्थिक अभावका कारण उपचार गराउन नसकेर समस्यामा परेका प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङका शंकर परियारको बिभिन्न सहयोगदाताहरुको सहयोगमा टिचिङ हस्पिटल काठ्माण्डौंमा अप्रेशन हुनेभएको छ।
बिभिन्न सहयोगदाताहरुको सहयोगमा आइतबार उनको अप्रेशन हुने बिरामी शंकर परियारका दाजु सागर परियारले जानकारी दिनुभयो। शंकर परियारको बिषयमा समाचार प्रकाशन भएपछि विभिन्न सहयोगदाताहरुको सहयोगमा उनको उपचार सम्भव भएको हो।

गाउँनै सहयोगमा
आफ्नै छिमेकी वडाको १५ बर्षिय बालकले उपचार नपाएर बिचल्लीमा परेको समाचार देखेपछि मल्लरानी गाउँपालिका वडा नं. २ का स्थानिय यम बहादुर के.सीको नेतृत्वमा ५१ हजार ४ सय ५६ रुपैयाँ संकलन गरेका छन्। “छिमेकी वडाको भाईको अबस्थाको बिषयमा समाचार पढँे” यम बहादुर केसीले भन्नुभयो–“पैसाको अभावले मर्न त दिन हुन्न भन्ने लाग्यो छिमेकी भाई जुमान सिंह नेपाली, बल बहादुर के.सीलाई भनेर गाउँभरीबाट सक्दो सहयोग उठाउन लागेर सहयोग गरेको हो। आफुले दुई हजार सहयोग गरेपछि अन्य गाउँका धेरै मान्छेले सहयोग गर्नुभयो।” समाजसेवी के.सीले भन्नुयो। मल्लरानी गाउँपालिका वडा नं. २ का ६० जनाबाट उक्त रकम उठेको हो।

हालसम्म उनको उपचारकाे निम्ती ८२ हजार ४ सय ६५ रुपैया स‌कलन भएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...