News Portal

रेडियो सुन्नुहोस्

समाचार प्रभाव: शंकरको अप्रेसन टिचिङमा हुदै

दीपा घर्ती पौडेल३२ श्रावण, प्यूठान
१०८७ पटक
३२ श्रावण, प्यूठान

आर्थिक अभावका कारण उपचार गराउन नसकेर समस्यामा परेका प्यूठानको मल्लरानी गाउँपालिका वडा नं. १ अरबाङका शंकर परियारको बिभिन्न सहयोगदाताहरुको सहयोगमा टिचिङ हस्पिटल काठ्माण्डौंमा अप्रेशन हुनेभएको छ।
बिभिन्न सहयोगदाताहरुको सहयोगमा आइतबार उनको अप्रेशन हुने बिरामी शंकर परियारका दाजु सागर परियारले जानकारी दिनुभयो। शंकर परियारको बिषयमा समाचार प्रकाशन भएपछि विभिन्न सहयोगदाताहरुको सहयोगमा उनको उपचार सम्भव भएको हो।

गाउँनै सहयोगमा
आफ्नै छिमेकी वडाको १५ बर्षिय बालकले उपचार नपाएर बिचल्लीमा परेको समाचार देखेपछि मल्लरानी गाउँपालिका वडा नं. २ का स्थानिय यम बहादुर के.सीको नेतृत्वमा ५१ हजार ४ सय ५६ रुपैयाँ संकलन गरेका छन्। “छिमेकी वडाको भाईको अबस्थाको बिषयमा समाचार पढँे” यम बहादुर केसीले भन्नुभयो–“पैसाको अभावले मर्न त दिन हुन्न भन्ने लाग्यो छिमेकी भाई जुमान सिंह नेपाली, बल बहादुर के.सीलाई भनेर गाउँभरीबाट सक्दो सहयोग उठाउन लागेर सहयोग गरेको हो। आफुले दुई हजार सहयोग गरेपछि अन्य गाउँका धेरै मान्छेले सहयोग गर्नुभयो।” समाजसेवी के.सीले भन्नुयो। मल्लरानी गाउँपालिका वडा नं. २ का ६० जनाबाट उक्त रकम उठेको हो।

हालसम्म उनको उपचारकाे निम्ती ८२ हजार ४ सय ६५ रुपैया स‌कलन भएको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...