News Portal

रेडियो सुन्नुहोस्

कोरोना जोखिम न्यूनिकरणका लागी बिजुवारमा मास्क बितरण

बोम बहादुर परियार१ भदौ, प्यूठान
१४८२ पटक
१ भदौ, प्यूठान

सोमवार विजुवार बजारमा हिड्ने मानिसहरुलाइ मास्क वितरण गरिएको छ । कोभिड १९ को जोखिमलाइ न्युनिकरण गर्ने उदेश्यले प्युठानका युवा व्यावसायी मेघा फर्निचर विजुवारका संचालक तथा उद्योग वाणिज्य संघ प्यूठानका बस्तुगत सदस्य सुर्यचन्द्र खनालले ५ सय वटा सर्जिकल मास्क वितरण गर्नुभएको हो ।

कोभिड् १९ को संक्रमण बढेसंगै जिल्लामा यसको रोगथाम गर्नका लागि प्रहरी संग समन्वय गरि मेघा फर्निचर को आयोजनामा मास्क बितरण गरियको फर्निचरका संचालक सुर्यचन्द्र खनालले बताउनु भयो । जिल्लामा २०६५ सालदेखि हार्डवर र फर्निचर व्यावसाय गर्दै आउनुभएका उहाले सामाजिक सहयोगका कार्यमा समेत थप अग्रसर बन्दै आउनुभएको छ।

प्रहरीले जिल्लामा ‘तपाइको मास्क खै?’ कार्यक्रम सञ्चालन गरिरहेको छ। विभिन्न संघ सस्थाहरुको आयोजना र प्यूठान प्रहरीको सझेदारीमा कार्यक्रम चलिरहेको जिल्ला प्रहरी प्रमुख नरेन्द्र कुमार कार्कीले बताउनु भयो ।
विजुवार मित्रमणि चोकमा भएको मास्क वितरण कार्यक्रममा प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, जिल्ला प्रहरी प्रमुख , पत्रकार र स्थानीयहरुको समेत उपस्थीत रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...