News Portal

रेडियो सुन्नुहोस्

नेपाल बिद्युत प्राधिकरण नेपालको सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान बन्यो

प्युठानमा सव स्टेशन नबन्दा बिद्युत अनियमित भएको हो :- कार्यालय प्रमुख बोगटी

नोमराज पौडेलभदौं १, प्यूठान
१४७२ पटक
भदौं १, प्यूठान

नेपाल बिद्युत प्राधिकरण नेपालको सर्वाधिक नाफा गर्ने सार्वजनिक संस्थान बन्न सफल भएको छ।

सोमबार आफ्नो ३५ औं बार्षिक उत्सवको अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक बर्ष २०७६/०७७ मा ११ अर्ब ४ करोड नाफा कमाएको बताउनु भयो। यस्तै प्राधिकरणको यसअघि नकारात्मक रहेको सिञ्चित नोक्सान पुरा भएर सिञ्चित नाफा ४ अर्ब ८७ करोड रुपैयाँ पुगेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो। नाफामा जान थालेपछि प्राधिकरण नयाँ आयोजनाको कार्यान्वयनका लागि आफैं स्रोत जुटाउने क्षमतामा रहेको भन्दै सरकारले जुटाइदिने स्रोतहरु अरु पुर्वाधार विकासका क्षेत्रमा खर्च गर्न सकिने अवस्था रहेको समेत उहाँको भनाई छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले ९ अर्ब ८१ करोड रुपैयाँ कमाएको थियो । त्यस्तै, २०७४÷७५ मा २ अर्ब ८५ करोड तथा २०७३/७४ मा १ अर्ब ४७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । नाफा वृद्धिका बाबजुद पनि इतिहासमै पहिलोपटक ग्राहस्र्थ विद्युतीय ग्राहकको विद्युत् महशुल घटाइएको समेत घिसिङले बताउनुभयो। विद्युत् प्राधिकरणले अहिले प्रत्येक वर्ष १० अर्ब रुपैयाँ नाफा कमाउने उदेश्य लिएको प्राधिकरणले आ.व.२०७२/७३ मा २५ प्रतिशत रहेको विद्युत् चुहावटलाई २२.९ प्रतिशत, २०.४५ प्रतिशत, १५.५२ प्रतिशत हुँदै चौथो वर्षसम्म १५.२७ प्रतिशतमा झारेको जनाएको छ । अबका वर्षहरुमा यस्तो चुहावट १० प्रतिशत भन्दा तल झार्ने लक्ष्य प्राविधिकरणले लिएको छ ।

ग्राहकको संख्यामा समेत यो बीचमा उल्लेख्य रुपमा बृद्धि भएको प्राधिकरणले जनाएको छ । यो बीचमा ग्राहक संख्या अहिले बढेर ४७ लाख ५ हजार पुगेको जनाइएको छ । आगामी २ वर्षभित्र ६० लाख अर्थात् सबै नेपालीहरुको घरमा आधुनिक स्वच्छ उर्जा पुर्याउने लक्ष्य समेत प्रधिकरणले लिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । ४ वर्षको अवधिमा विद्युतको यो पहुँच ७ प्रतिशतबाट बढेर ८६ प्रतिशतमा पुग्न सफल भएको हो ।
प्रसारण लाइनतर्फ समेत प्राधिकरणले उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको छ । प्राविधिकरणले चार वर्षअघि २ हजार ९ सय ११ सर्किट किलोमिटर रहेको प्रसारण लाइन अहिले ४ हजार २ सय ७५ किलोमिटर पुगेको तथा २६ हजार वितरण ट्रान्सफर्मरको संख्या समेत बढेर ३५ हजार ५ सय पुगेको र आगामी चार वर्षभित्र थप १० हजार ट्रान्सफर्मर थप गरिने योजना रहेको समेत जनाएकोे छ ।

त्यस्तै, चार वर्षअघि ८ सय १ मेगावाट रहेको विद्युतको आन्तरिक उत्पादन अहिले १ हजार २ सय ५८ मेगावाट पुगेको। ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भएकोमा ३ हजार मेगावाट विद्युत् निर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ । अहिले विद्युतको क्षेत्रमा ५ खर्ब रुपैयाँको थप लगानी सुनिश्चित भएको छ ।
अहिले प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्र्दै विद्युतको निर्यात गर्ने, चार वर्षभित्र काठमाडौं उपत्यकाका विद्युत प्रसारण लाईनका तारहरुलाई भूमिगत गराउने, भार प्रेषण केन्द्रलाई अत्याधुनिक बनाउने, कार्यालयहरुमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) लागु गरिने र प्राधिकरणको छुट्टै डाटा सेन्टर स्थापना गर्ने समेत लक्ष्य लिएको जनाएको छ । नेपाल विद्युत प्राधिकरण वि.सं.२०४२ सालमा स्थापना भएको हो।

प्युठानमा भने अनियमित बिद्युत
नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घाटामा रहेको बिद्युत प्राधिकरणलाई सर्वाधिक नाफा कमाउने नेपालको पहिलो सार्वजकि संस्थान बनाउँदा प्युठानमा भने बिद्युत अनियमितताले सेवाग्राही निकै मर्कामा परेका छन्। दिनमा धेरै पटक बिद्युत आउने जाने गर्दछ। लिस्ने जनसञ्चार साप्ताहिकले नेपाल बिद्युत प्राधिकरण प्युठान वितरण केन्द्रका बितरण प्रमुखलाई कुलमान हिरो र तपाईलाई जिरो भन्न थाले नि भन्ने प्रश्न गर्दा उहाँले सव स्टेशन समयमै नबन्दा केहि समस्या उत्पन्न भएको बताउनुभयो। हामीले राम्रो काम गर्न कोसिस गरेका छौं प्युठानका वितरण् प्रमुख जयनन्द बोगटीले भन्नुभयो–“ ३३ के.बिको लाइन निकै लामो छ । प्राविधिक हिसावले पनि लामो हुँदा केहि न केहि समस्या आउँछ, सव स्टेशन बनेमा धेरै समस्या समाधान हुन्छ।”

पावर हाउसबाट ३३ के.विको लाईन धेरै लामो छ। पावर हाउसबाट सन्धीखर्क सम्म पुग्ने लाईनमा जहाँ समस्या आएपनि बिद्युत अनियमित हुन सक्ने भएकोले बिद्युत आउने जाने समस्या भएको कार्यालय प्रमुख बोगटीले बताउनुभयो। बिद्युत लाइनमा रुखले छुन सक्ने , पहिरो गएर पोलहरु ढल्दा यस्तो समस्या समयमा पहिचान गर्न नसकिने र समस्या पहिचानका लागि धेरै ठाउँ जाँच गर्नुपर्ने भएकोले पनि समस्या आउने केन्द्र प्रमुख बोगटीले बताउनुभयो।

सव स्टेशनको काम अन्योलमा
नेपाल बिद्युत प्राधिकरण डिभिजन कार्यालय नेपालगञ्जबाट टेन्डर भई दम्ती सव स्टेशनको काम अन्तिम चरणमा पुगेपनि लाइन बिस्तारको काम नहुँदा समस्या भएको निर्देशक मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो। ठेकेदारलाई समय थपिदिएको पनि हो उहाँले भन्नुभयो–“ मैले ठेकेदारलाई फिल्डमा जाउँ भनेको छु उहाँले कोभिड –१९ को समस्या देखाएर जान मान्नुभएको छैन्।” आर के इन्टरनेशलका राजेश कुमार अग्रवाललाई ठेक्का परेको हो। लाइन बिस्तारको काम समयमै नहुँदा बिद्युत अनियमितताको समस्या उत्पन्न भएको हो। कोभिड –१९ का कारणले सरकारले ६ महिना समय थप गर्न सकिने प्रावधान लिएको छ निर्देशक ठाकुरले भन्नुभयो–“ कोभिड –१९ का कारणले कहिले सम्म काम हुन्छ भन्न सकिन्न।”

के भयो त ? एक बर्षमा काम
नेपाल बिद्युत प्राधिकरण प्युठानले जिल्ला ६५ वटा वडा मध्ये ४० वटा वडामा आफ्नो कार्यक्षेत्र बनाएर काम गरेको प्राधिकरणका प्रमुख जयनन्द बोगटी बताउनुहुन्छ। आर्थिक बर्ष २०७६÷७७ मा १४ करोडको काम गरेको उहाँले बताउनुभयो। क्रमागत योजनाका कामहरु पनि अन्तिम चरणमा पुगेको उहाँको भनाई छ। प्युठान नगरपालिका, स्वर्गद्धारी नगरपालिका भित्रका १, २, ३ र ४ वडाहरु , नौबहिनी गाउँपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिका भित्रका १, ३ र ४ नं. वडाहरुमा आफ्नो कार्यक्षेत्र बनाएर काम गरेको उहाँको भनाई छ।
यो बर्ष नेपाल बिद्युत प्राधिकरण प्युठानले २ हजार ग्राहक थप गरेको छ । यो संगै जिल्लामा २३ हजार ८ सय ग्राहक संख्या पुगेको बोगटीले जानकारी दिनुभयो। त्यस्तै आर्थिक बर्ष २०७६÷०७७ मा काठका १ हजार ५ सय पोललाई हटाएर फलामका पोलहरु फेरेको बताउनु भयो।

बार्षिक उत्सवमा बोगटीको खुसी

प्रदेश सरकारले दिएको नेपाल विद्युत प्राधिकरण डिभिजन कार्यालय नेपालगञ्जबाट प्राप्त ६० लाखबाट गौमुखी गाउँपालिका वडा नं. ६ लिबाङमा पुर्ण बिद्युतीकरण गरेकोमा कार्यालय प्रमुख बोगटीले खुसी ब्यक्त गर्नुभयो। उहाँले एउटा वडामा बिद्युतीकरण गरेका छौं यो नमुना हो। आफु आइसकेपछि अध्याँरोमा बस्न नपर्ने गरि काम अगाडि बढाएको उहाँको भनाई छ।
काठका पोलहरु हटाएर फलामका पोलहरु धेरै फेर्न सफल भएका छौं यो हाम्रो खुसीको कुरा हो उहाँले भन्नुभयो–“ आफुलाई खुसी लागेको काम पुर्ण गाउँ विद्युतीकरण र काठका पोलहरु फेर्न सफल भएकोमा हो। बार्षिक उत्सवको अवसरमा सबैलाई खुसी साट्न चाहान्छु।”
नौबहिनी गाउँपालिका वडा नं. १ र ३ मा बिद्युतीकरणको काम बाँकी रहेकोमा त्यहाँ पनि काम सुरु गर्ने उहाँले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

राष्ट्रिय दलित पत्रकार संघ प्यूठान अधिवेशनको तयारीमा

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो जिल्ला अधिवेशन बैशाख १५ गते हुने भएको छ ।...

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...