


यौटै टोलमा बस्ने छुट्टाछुट्टै परिवारका छिमेकीदुई अवोध बालकहरु!
मिठु झुत्रो स्कुले कपडामा पुरानो व्याग बोकेर खुट्टामा फित्तावाला चप्पल लगाएर हिडिरहेको हुन्छ। घांस काटेर आएकी आमाले पस्किएको मकैको आटो(मकैको च्यांख्लाको भात) सिन्किको झोल(गुन्द्रुकको रस) सँग खाएर हिडेको उसका हातमा हलेदो(वेसार)को पहेँलो राम्रोसँग पखालिएको हुँदैन। एकघण्टा हिँडेर विद्यालय पुग्छ। विद्यालय पुग्दा पहिलो घण्टिको पढाई सुरु भईसकेको हुन्छ। दिनभर विद्यालय वसेर घर पुग्दा सवै घाँसदाउरा गएका हुन्छन। विहानको चिसो आटो खाएर बाख्रा चराउन निस्कन्छ। विहानै उठेर पनि गाईवस्तुलाई दाना पकाउन आगो वाल्ने काम उसकै जिम्मामा हुन्छ। सरकारी स्कुलमा पढेपनी स्कुलमा दरवन्दि नहुनाले पैसा उठाएर शिक्षकलाई तलव ख्वाउनुपर्ने वाध्यता छ।
संकल्प, जो चट्ट आईरन गरेर धार पारेका सर्ट–पाईन्ट, स्कुल सुज, टाई, व्राण्डेल वोर्डिङको लोगोसहितको वेल्ट र नयाँ ठुलो झोलामा थुप्रै किताब बोकेर वाटोमा निस्कन्छ। बस आईपुग्छ। मिसहरुले बसमा चढाउछन। विद्यालय नजिकै पुगेर ओराल्छन्। दिनभर विद्यालयमा सुरक्षित हुन्छ। एवम् रितले साँझ घर पुर्याइन्छ । घरमा पुग्दा खाजा तयार हुन्छ। खाएर होमवर्क गर्न थाल्छ। सकेर भ्याउँदा खाना तयार भइसकेको हुन्छ। मम्मि ड्याडिसँग खाना खाएर टिभी हेर्छ। ड्याडीको मोवाइल र ल्यापटपमा पालैपालो मोटुपत्लु हेर्दै, गेम खेल्दै गर्छ। विहान व्रेक फास्ट, मर्निङवाक र होमओर्कको सेड्यूल पूरा हुनेवित्तिकै पोशाक तयार हुन्छ। लिन गाडी घरमै आईपुग्छ।
आमाको कोखवाट जन्मिएका दुई अवोध बालकहरु। उनिहरुको भावना, आकांक्षा, आवश्यकता, भविश्य र संभावना समान छ। यौटै राज्यका नागरिक हुने समान हैसियतका साथ प्रकृति वा धर्तिमा पैदा भएका उनीहरु यस्तो असमान, नमिल्दो र फरक ढंगले वेग्लावेग्लै प्रकारको शिक्षा लिन बाध्य हुनुमा उनिहरुकोे यौटामात्र गल्ती हो। यौटा धनि परिवारको आमाको गर्भमा बस्यो। अर्को गरिव परिवारको आमाको गर्भमा वस्यो। आज यहि कारणले यो विभेद सहनुपरेको छ उनिहरुले। संकल्पलाई पनि आफ्नो साथी मिठुसँगै खेल्दै डुल्दै स्कुल जाने मन कहिलेकाहिँ लाग्छ। तर, परिस्थिती त्यस्तो छैन।
निजी विद्यालय र विद्यालय सञ्चालकलाई गाली गर्नुपर्ने केहि छैन। ‘आफ्नो घरको तालामा खिया लागेसि चोरलाई सरापेर हुदैन’ भन्याजस्तो राज्य निकम्मा र व्यापारीहरुको कव्जामा परिसकेपछी कगानिकर्तालाई त गालि गर्नेमात्र हो। उनिहरुले लगानि लगाएर विद्यालय चलाएका छन्। स्तरीय भौतिक पुर्वाधार तयार गरेका छन्। महंगा सामाग्री खरिद गरेर गुणस्तरिय सेवा दिन प्रयत्न गरेकै छन्।
मुलुकमा भएको दुईप्रकारको चरम असमान, अवैज्ञानिक र गलत प्रकारको शिक्षाको यौटा उदाहरण हो यो। यो दुईप्रकारको शिक्षाले मुलुकलाई यतिसम्म बर्वादिको दिशामा लगेको छ, यसप्रति न राज्य सचेत छ त न सरोकारवालाहरु नै। शैक्षिक व्यापारीहरु मौलाईरहेका छन्। मनग्य नाफा कमाईरहेका छन्। कतिपय दलका नेतालाई खर्चपर्च र चुनावका लागि चन्दा वाडेकै छन् निजि विद्यालयले । सरकारी स्कुलको विजोग छ। नामको सरकारी तर, अभिभावकले चन्दा उठाएर मास्टरलाई तलव ख्वाउनुपर्छ।
निजी विद्यालय र विद्यालय सञ्चालकलाई गाली गर्नुपर्ने केहि छैन। ‘आफ्नो घरको तालामा खिया लागेसी चोरलाई सरापेर हुदैन’ भन्याजस्तो राज्य निकम्मा र व्यापारीहरुको कव्जामा परिसकेपछी लगानीकर्तालाई त गालि गर्ने मात्र हो। उनिहरुले लगानि लगाएर विद्यालय चलाएका छन्। स्तरीय भौतिक पुर्वाधार तयार गरेका छन्। महँगा सामाग्री खरिद गरेर गुणस्तरिय सेवा दिन प्रयत्न गरेकै छन्। सुविधासम्पन्न आवतजावत, विद्यालय परिसरको वातावरण र अन्य क्षेत्रमा लगानि गरेकै छन्। केहि ठग, गालावजारी र अवैध रुपमा चलेका शैक्षिक संस्थाहरुको विषयमा व्याख्या गर्न अर्को लेख आवश्यक पर्ला !
पहिलो कुरा शिक्षा भनेको कपडा लगाएजस्तो, मेकअप गरेजस्तो वा युरीया डिएपी किनेजस्तो गुणस्तरियताको बहस हुनसक्ने, जमिनलाई अव्वल, दोयम, सिम, चाहार वनाएजस्तो विभिन्न खण्डमा राख्नसक्ने विषय हो ? शिक्षा भनेको त यस समयको लगानिले एक सताव्दीसम्म मुलुकको भविश्य निर्माण गर्ने युगिन दिमागहरु, विचारहरु र दृष्टिकोण तथा क्षेमताहरु उत्पादन गर्ने विषय हो। यो मुलुकको भविश्यसँग जोडिएको, जनताको जिवनसँग जोडिएको छ। निजि तथा राष्टिय अर्थतन्त्रसँग जोडिएको छ। यसकारण मुलुकका हरेक नागरिकले, हरेक जनताका छोराछोरीले समान प्रकारको, समान स्तरको शिक्षा लिन पाउनुपर्छ चाहे धनि होस चाहे गरिव होस्।
शिक्षा भनेको त यस समयको लगानिले एक सताव्दिसम्म मुलुकको भविश्य निर्माण गर्ने युगिन दिमागहरु, विचारहरु र दृष्टिकोण तथा क्षेमताहरु उत्पादन गर्ने विषय हो। यो मुलुकको भविश्यसँग जोडिएको, जनताको जिवनसँग जोडिएको छ। निजि तथा राष्टिय अर्थतन्त्रसँग जोडिएको छ। यसकारण मुलुकका हरेक नागरिकले, हरेक जनताका छोराछोरीले समान प्रकारको, समान स्तरको शिक्षा लिन पाउनुपर्छ चाहे धनि होस चाहे गरिव होस्।
वोर्डिङ स्कुलमा पढ्ने करोडपतिको वच्चा र सरकारी स्कुलमा पढ्ने गरिवको बच्चाको भेट कहाँ हुन्छ थाहा छ ? एकैपटक लडाईँको मैदानमा। जागिरको लडाईंमा। पढाईको जीवनभर भेट हुन नपाएका असमान शिक्षा लिएका बालबालीकालाई भोली जागिरमा समान प्रतिष्पर्धा गराउने शिक्षा चलिरहेको छ नेपालमा। पहिलो त आवश्यक दरवन्दी, पूर्वाधार र बजेटको व्यवस्था गर्न सरकारले सकिरहेको छैन। अर्को दरवन्दी र भौतिक पुर्वाधार पर्याप्त भएका सरकारी स्कुलमा पढेका विद्यार्थी समेत सामान्य वोर्डिङमा पढेका विद्यार्थीको दाँजोमा आउन सक्दैनन्। नम्वर ल्याउन सक्दैनन्। यो सरकारी स्कुलमा हुने शैक्षिक भ्रष्टाचार होईन ? शैक्षिक भ्रष्टाचार गरेर विद्यार्थीलाई गुणस्तरहिन शिक्षा दिने अनि वोर्डिङका विद्यार्थीसँग कम्पोटीसन गराउने भनेको त ‘झोलिझाम्टो वोक खाडितिर जाउ’ भन्याझैं हो।
जनजाति समुदायको ईण्डिएन वा व्रिटस आर्मिको छोराले महँगो वोर्डिङमा पढेर ९५ प्रतिसत अंक ल्याउँछ। गरिव पण्डितको छोरो सरकारी स्कुलमा पढेर वल्लतल्ल ६० प्रतिसत ल्याउँछ। नेपालका आयोगहरुमा त्यहि जनजातीले आरक्षण कोटा पांउछ। ६० प्रतिसत ल्याउने घरवारी वेचेर पढेको गरिवको छोरोले कहिले अवसर पाउने ? असमान शिक्षा आर्जन गरेका नागरिकलाई रोजगारीमा समान प्रतिष्पर्धा गराउने यो कस्तो प्रकारको राज्य हो? न आफ्नै नागरिकले असमान प्रकारको शिक्षा लिदा राज्यलाई चिन्ता छ। नत, असमान शिक्षा लिएका नागरिकका विच समान प्रतिष्पर्धा गराईएको कुरामा कुनै मतलव छ। काठमाण्डौमा लाखौं खर्च गरेर पढेका विद्यार्थीहरुसंग रोल्पा, रुकुम, जाजरकोट, कर्णालीका विकट गांउका सरकारी स्कुलमा पढेकाहरुले जागिर खादा परिक्षा दिनुपर्ने यौटै आयोग? यौटै प्रश्नपत्र? यौटै पुर्णाङक? यौटै जांचक? तैट! यस्तो पनि कहिं हुन्छ ? तर नेपालमा भएकै छ।
समाजमा असमानताको वालमस्तिस्कवाटै विजारोपण गरिदैछ।
यो असमान शिक्षा रहदासम्म हरेक क्षेत्रमा निम्न आय भएका निम्न वर्गिय आधारभुत जनताका छोराछोरी सधैभरी अवसरवाट वञ्चित हुनुपर्ने निस्चित छ। ग्रामिण क्षेत्रवाट विदेशमा नङग्रा खियाएर सरकारी स्कुलमा पढाएका गरिवका सन्तान कहिले सरकारी जागिरमा प्रवेश गर्ने? वोर्डिङमा ९५ प्रतिशतभन्दा वढि प्रतिसत अंक ल्याउने ईङलिस मिडियममा पढेका विद्यार्थीलाई गांउमा पढेकाहरुले कसरी जित्नसक्छन?
सरकारी स्कुलको शिक्षा वोर्डिङ स्कुलको जस्तो राम्रो नहुने कारण के हो? सरकारसँग जवाफ छैन। मासिक दश पन्ध्र हजार तलव खाने वोर्डिङका शिक्षकले पढाउने विद्यार्थी राम्रो हुने तर, पच्चिास तिस हजार तलब खाने, १३ महिनाको तलव खाएर ११ महिना ड्युटी गर्ने सरकारी स्कुलका मास्टरले पढाएका विद्यार्थी किन कमजोर छन ? सरकारले सोच्न आवश्यक नै ठान्दैन्। फगत किताव बाडेर चुनावमा भोट वढाउने प्रपञ्ज रच्दै मुलुकको भविश्य अन्धकारमा धकेलीदै छ। गरिव जनताका छोराछोरीलाई ‘अयोग्य शिक्षित’ वनाएर उनिरुको भविश्य बर्वाद पारिँदै छ। आगामी सताव्दीको लागि खेलवाड गरिँदै छ। समाजमा असमानताको वालमस्तिस्कबाटै बिजारोपण गरिँदैछ।
यो असमान शिक्षा रहँदासम्म हरेक क्षेत्रमा निम्न आय भएका निम्न वर्गीय आधारभुत जनताका छोराछोरी सधैँभरी अबसरबाट बञ्चित हुनुपर्ने निस्चित छ। ग्रामिण क्षेत्रबाट विदेशमा नङग्रा खियाएर सरकारी स्कुलमा पढाएका गरिवका सन्तान कहिले सरकारी जागिरमा प्रवेश गर्ने ? र्डिङमा ९५ प्रतिशतभन्दा बढी प्रतिसत अंक ल्याउने ईङलिस मिडियममा पढेका विद्यार्थीलाई गाउँमा पढेकाहरुले कसरी जित्न सक्छन् ? यसकारण अहिलेको यो असमान शिक्षाले गरिव जनताको भविश्य बर्वाद पार्दैछ। असमान शिक्षाले गरिव जनताका छोराछोरी र सरकारी स्कुलमा पढ्दै गरेका वालवालीकाहरुको भविश्यलाई थप एक कदम पछाडी धकेल्दैछ। अबसरवाट थप बञ्चित गर्दैछ। शैक्षिक वेरोजगारहरु उत्पादनको क्रम बढाउँदै छ। अभिभावकले मेरा छोराछोरीले पढेकै त छन् भनेर होईन भोली त्यो पढाईको हैसियत र स्तर के हुने भन्ने सोँचेर यो असमान शिक्षाको विरुद्धमा गम्भिरतापूर्वक लाग्नु जरुरी छ। होईनभने आजको असमान शिक्षानै भोली सामाजीक असमानता, वेरोजगारी, द्वन्द्व, गरिवी र मानसिक रोगको महामारी ल्याउने कारण बन्न सक्छ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

