News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालीकाको चौमासिक समिक्षाः १६ प्रतिशत आर्थिक प्रगती

सिखबर संवाददाता२६ म‌सिर प्यूठान
८९८ पटक
२६ म‌सिर प्यूठान

प्यूठान नगरपालीकाले आर्थिक वर्ष २०७७।०७८ को प्रथम चौमासिक अवधिमा सञ्चालित योजना तथा कार्यक्रमको समिक्षा तथा सार्वजनिक सुनुवाई गरेको छ। चालु आर्थिक वर्षमा १६ प्रतिशत खर्च भएको देखिएको छ भने अनुमानित आयको ३५ प्रतिशत भन्दा वढी रकम आय संकलन भएको देखिएको छ।

प्यूठान नगरपालीकाका मेयर अर्जुनकुमार कक्षपतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, नागरिक समाजका अगुवा संस्थाका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो। शुसासन, पारदर्शिता र जवाफदेहिताका लागी प्यूठान नगरपालीकाले सार्वजनिक सुनुवाई, गुनासो पेटीका, टोल फ्रि नम्वर लगायतका माध्यमको व्यवस्था गरि जनगुनासोको सिघ्र साम्वोधन गर्ने निती अवलम्वन गरेको मेयर अर्जुनकुमार कक्षपतीले वताउनु भयो। नगर उपप्रमुख शान्ता आचार्यले उपस्थितहरुलाई स्वागत गर्दै स्थानिय सरकारलाई थप जनमुखी, र पारदर्शि वनाउनका लागी सार्वजनीक सुनुवाई र समिक्षामा प्राप्त हुने सुझावहरु महत्वपुर्ण हुने वताउनु भयो।

सुरुका ४ महिनामा: १६ प्रतिशत खर्च प्रगती, अनुमानको ३५ प्रतिशत आय संकलन, दशैअगावै बर्षायाममा अवरुद्ध सडक सुचारु, सवै वडाहरुमा जनसहभागीतामा सडक मर्मतका योजनाहरु कार्यन्वयन, लक्ष्यअनुरुप ३ वटा मेलमिलाप केन्द्रको स्थापना, न्यायिक समितिको क्षेत्राधिकारभित्र परेका सतप्रतिशत विवादहरु समाधान, ९ सय ७८ व्यक्तिगत घटना दर्ता, ४ हजार २ सय ६९ जनाका लागी ३ करोड २८ लाख ९२ हजार ७ सय ५२ रुपैया सामाजिक सुरक्षा वितरण, ९२ विपदका घटनामा ९ लाख ४८ हजार ५ सय खर्च

राजनीतिक दलहरुको तर्फवाट नेकपा का अध्यक्ष तुल्सिराम शर्मा, नेपाली कांग्रेसका सचिव देवेन्द्र व्रह्मा, राष्टिय जनमोर्चाका ध्रुव तथा त्यसैगरी गैह्र सरकारी संस्था महासंघका उपाध्यक्ष भगत कर्माचार्य लगायतले मन्तव्य राख्नुभएको थियो। मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तुल्शिराम शर्माले कोरोना महामारी, यस्ले विभिन्न क्षेत्रमा पारेको नकारात्मक प्रभावका विचवाट १६ प्रतिशत आर्थिक प्रगती हुनु राम्रो कुरा भएपनी ४ महिना वितिसकेकाले लक्ष्यअनुरुप प्रगती हाँसिल थप गतिशिल हुनुपर्ने वताउनु भयो। संघियता लागु भई लामो समयपछी स्थानिय तहमा जनप्रतिनिधी हरु निर्वाचित भएको अवस्थामा जनताका अपेक्षाहरु धेरै भएकाले सरकारले जनताका अपेक्षावमोजिम सरकारले आफ्ना निती कार्यक्रमहरुमा प्राथमिकता दिन सके सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुने वताउनु भयो। यस्तै नेपाली कांग्रेसका पार्टी सचिव देवेन्द्र व्रह्माले अनुदान, राहत, पुनःस्थापना लगायतका कार्यक्रमहरु लक्षित वर्गमा पुर्याउनका लागी निस्चित मापदण्डका आधारमा कार्यन्वयन गर्न सुझाव दिनुभयो। राष्टिय जनमोर्चाका धु्रव थापाले नगरपालीकाले तत्कालिन र दिर्घकालीन योजनाहरुको वर्गिकरण गरी कार्यन्वयन गर्नुपर्ने भन्दै झिमरुक फाँट संरक्षण र निस्चित ठाँउमा व्यवस्थित सहरिकरणका लागी नगरपालीकाले योजना वनाउनुपर्ने वताउनु भयो। गैह्र सरकारी संस्था महासंघका उपाध्यक्ष भगत कर्माचार्यले प्रथम चौमासिक अवधिमै प्यूठान नगरपालीकाले सार्वजनिक सुनुवाई गरेर शुसासन र पारदर्शिताको निम्ति राम्रो कार्य गरेको भन्दै यस्ता कार्यक्रमलाई आगामि दिनमा पनि निरन्तरता दिन सुझाव दिनुभयो।

चालुतर्फ विनियोजित ४५ करोड ७२ लाख ४८ हजार ३२३ र पुँजिगततर्फ १७ करोड ४१ लाख ६१ हजार २१७ मध्य हालसम्म ९ करोड ५४ लाख ४७ हजार ६७३ रुपैया खर्च भएको प्रमुख प्रशासकिय अधिकृत यज्ञ वहादुर वुढाले जानकारी दिनुभएको छ। उहाँका अनुसार प्यूठान नगरपालीकाले संघिय समपुरक कोषबाट सञ्चालित ३ वटा ठुला आयोजनाहरुको प्रथम चौमासिकसम्म ९५ प्रतिशत कार्यसम्पन्न गरिसकेको छ। कृषी उपजको संग्रहका लागी शित भण्डार, थापाडाँडा, छेपाने, मरन्ठानाकोट, ठुलोगाँउ, पुर्णागाँउ, घुरचौने, सापडाडा, आँपपाटा मजुवा गुरिगाँउ खानेपानी, भित्रिकोट प्रवेशद्धार, चेरनेटा नगर प्रवेशद्धारा, प्यूठान अस्पत्ताल पुग्ने सडकको संझौता भई निर्माणाधिन अवस्थामा रहेका छन्। बर्षातको समयमा अवरुद्ध भएका सहायक सडकहरु दशैँ तिहार अगावै सुचारु भएका छन् भने मर्मत संभार कोषवाट नगरपालीकाले दशै तिहारमा नियमित सडक सञ्चालन गराउन श्रममुलक तथा रोजगारमुलक रुपमा १० वटै वडाहरुमा सडक मर्मत गरेको छ। लक्ष्यअनुरुप ३ वटा मेलमिलाप केन्द्रको स्थापना गरिएको छ भने न्यायिक समितिको क्षेत्राधिकारभित्र परेका सतप्रतिशत विवादहरु समाधान भएका छन्।

चालु आर्थिक वर्षको प्रथम चौमासिकमा प्यूठान नगरपालीकामा २२ वटा नयाँ व्यवसायिक फर्म र १८ वटा औधोगिक फर्म दर्ता भएका छन्। त्यस्तै १२ वटा निर्माण व्यवसायका नयाँ ईजाजत दर्ता भएका छन भने २ वटा नयाँ संघ संस्था दर्ता भएका छन्। ९ सय ७८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् भने ३ वटा नयाँ घरका नक्सा पास र २४ वटा अभिलेखिकरण भएका छन्।

६ वटा नयाँ घरको नक्सा पास र १२ वटा अभिलेखिकरणकै प्रक्रियामा रहेका छन्।
नगरपालीकाको तथ्याँक अनुसार १५ परिवार वसाईसराइ गरी आउँदा १६ घरपरीवार नगरपालीका वाहिर वसाई सरी गएका छन्। ६ सय ५७ जनाको जन्म हुँदा १ सय ४३ जनाको मृत्युदर्ता भएको छ भने १ सय ४६ जोडिले विहे गर्दा १ जोडिको सम्वन्धविच्छेदको घटना दर्ता भएको छ।

सामाजिक सुरक्षातर्फ ४ हजार २ सय ६९ जना लावान्वित भएका छन्। ७ प्रकारका सामाजिक सुरक्षाका शिर्षक अन्तरगत कुल ३ करोड २८ लाख ९२ हजार ७ सय ५२ रुपैयाँ खर्च भएको छ।
त्यस्तै १० वटै वडाहरुमा व्यवस्थापन सुचना प्रणालीमार्फत अनलाईन व्यक्तिगत घटना दर्ता प्रक्रिया थालनी गरिएको छ। लक्ष्यअनुरुप आन्तरिक राजश्व संकलन भएपनी कोरोना संक्रणको कारण श्रृजित समस्याका कारण कार्यक्रमहरुलाई अपेक्षकृत रुपमा अगाडि वढाउन नसकिएको नगरपालीकाले जनाएको छ।

पत्रकार प्रज्वल पहाडीले सञ्चालन गरेको कार्यक्रममा वास सयोजक इन्द्रमणी पाेख्रेलले प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

झिमरुकमा कृषि हाटबजार सञ्चालन हुने

झिमरुक गाउँपालिकाले कृषि हाटबजार सञ्चालनका लागि तयारी थालेको छ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि...

खेलकुदलाई व्यवस्थित गर्न ध्यान देऊ ।

स्वास्थ्य, आत्मसम्मान र पहिचानका लागि खेलकुद अत्यन्तै महत्त्वपूर्ण छ । पछिल्लो समय स्थानीय स्तरदेखि राष्ट्रिय...

आजको राशिफल : २०८१ कार्तिक ६ मंगलवार

मेष कुनै न कुनै कुराले मनमा प्रसन्नता मिल्नेछ । शुभ कार्यमा सहभागी भइएला । आदर्श...

आजको राशिफल: २०८१ कार्तिक ५ सोमवार

मेष आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।...