News Portal

रेडियो सुन्नुहोस्

पाँच वर्षको संघर्षपछि नागरिकता

सिखबर संवाददाता०९ फागुन, इटहरी
१०८९ पटक
०९ फागुन, इटहरी

इटहरी–४ का २१ वर्षीय कुशल खड्काले पाँच वर्षको संघर्षपछि यो साता वंशजको नागरिकता पाएका छन्। कुशलको नागरिकता बन्दा उनकी मावली हजुरआमा ८० वर्षीया दुर्गामाया कार्कीमा खुसीको सीमा छैन। भनिन्, ‘भगवान्ले मेरो प्रार्थना सुनिदिए।’

दुर्गामाया छोरीले कमाइदिएको घर नातिका नाममा नामसारी हुनेमा ढुक्क छिन्। अनि, नातिले काम पाएर कमाइ गर्ने भनेर उत्तिकै खुसी छिन्। त्यसपछि उनको चासो रहेछ, ‘काम पाएपछि बिहे गर्छ, उसको परिवार पनि बस्छ नि १’

कुशल ०५६ सालमा मोरङको सुनवर्षी नगरपालिकामा जन्मिएका हुन्। उनी जन्मेको दुई वर्षपछि बुवा कुबेरबहादुर खड्का बेपत्ता भए। खेतमा काम गर्दै गरेका बेला केही मानिसले लगेको भन्ने कुशलले सुनेका थिए। ‘त्यसपछि न उहाँको सास भेटियो न त लास नै’, कुशलले भने, ‘बुवाको अनुहार नै राम्रो सम्झना छैन।’

बेपत्ता हुँदासम्म कुबेरको नागरिकता परिवारका कसैले देखेनन्। सोधखोज पनि भएन। न त त्यसपछि उनीपट्टिका कोही आफन्त नै भेटिए।

गाउँमा बस्न नसकेपछि हेमकुमारी कार्की छोरो लिएर माइत इटहरी आइन्। माइतीको संरक्षणमा बसेकी हेमकुमारीले दुःख गरेर तीन धुर जग्गा जोडिन्। त्यहीँ सानो घर बनाइन्। छोरोलाई पढाउने र पालनपोषण गर्ने काममा उनी लागिपरिन्।

हेमकुमारीलाई ठूलो घिडघिडो बनेको थियो, छोरोको नागरिकता। नागरिकता बनाइदिन उनले दुई वर्ष संघर्ष गरिन्। त्यही बेला बिरामी परिन्। चार वर्षअघि विराटनगरको नोबेल अस्पतालमा अपरेसन गर्ने क्रममा उनको निधन भयो। कुशलको नागरिकता प्राप्तिको बाटो झन् जटिल बन्यो।

आमाको नामबाट नागरिकता दिने चर्चा चल्यो। ऐन बन्यो तर कुशल र कुशलजस्तै धेरैले नागरिकता पाउन सकेनन्। ‘आमाले कति दुःख गरेर बनाउनुएको यो घर के होला, अनागरिक भएर मेरो भविष्य के होला भन्ने चिन्ता थियो’, कुशलले भने।

नातिको नागरिकता नहुँदा दुर्गामायामा छटपटी थियो। उनी बारम्बार वडा कार्यालय धाउँथिन्। आश्वासन लिएर फर्किन्थिन्।

बूढीआमाको दुःख, परिवारको समस्या सबै अवस्था बुझेपछि वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले पहल गरे। नेपालीमूलका बाबु पुष्टि हुने प्रमाण जुटाउन सकिने अवस्था देखेपछि भट्टराईले डेढ वर्षअघि सनाखत गरिदिए। तर, जिल्ला प्रशासन कार्यालय सुनसरीले नागरिकता दिएन।

भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालयले नागरिकताका लागि अदालत जान सुझाव दियो। तर, अदालत गएर मुद्दा लड्न सक्ने ज्ञान र हैसियत कुशलको परिवारसँग थिएन। त्यही भएर भट्टराईले जिल्ला प्रशासन कार्यालयसँग निरन्तर समन्वयलाई नै जोड दिए।

फेरि फाइल पठाएर पहल गर्दा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीले अध्ययन गरेपछि नागरिकता दिन तयार भएको उनले सुनाए। ‘ऐनमै भएको व्यवस्थाअनुसार गर्न पनि प्रशासकहरूले चासो नदिँदा समस्या हुने रहेछ’, उनले भने, ‘उहाँहरू सकारात्मक भएपछि एउटा व्यक्तिको उद्धार भयो।’

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बाबु नेपाली हो भन्ने प्रमाण खुलेकाले नागरिकता दिन सजिलो भएको बताए। आमाको नागरिकता भएको, विवाह दर्ता भएको, जग्गामा पनि पतिको महलमा नाम भएकाले प्रमाणित गर्न सजिलो भएको पोखरेलको भनाइ छ। ‘नेपाली मूलका भएर पनि नागरिकता नबनाई मृत्यु भएकाको हकमा तीन जना सनाखत र पाँच जनाको सर्जमिन गराएर दिन सकिने ऐनकै आधारमा दिइएको हो’, उनले भने।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...