News Portal

रेडियो सुन्नुहोस्

थापाद्वयको पहलमा प्यूठानमा अक्सिजनसहित स्वास्थ्यसामाग्री भित्रियो

नोमराज पौडेल३१ वैशाख, २०७८/ प्यूठान
१८०७ पटक
३१ वैशाख, २०७८/ प्यूठान

खानेपानी मन्त्री मणिचन्द्र थापा र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको पहलमा प्यूठानमा अक्सिजन सहित अत्यावस्यक स्वास्थ्यसामाग्री भित्रिएको छ।

कोरोना भाईरसको महामारीमा संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन १२ सिलेन्डर सहित विभिन्न सामाग्री प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ। २३ हजार सर्जिकल मास्क, ७५ लिटर सेनिटाईजर, ग्यास सन्सेन्टर ५ थान लगायत सामाग्र खानेपानी मन्त्री थापाका स्वकिय सचिव राजेन्द्र गौतम, विष्णु वि.सी. अनेरास्ववियू उपत्यका ईन्चार्ज धर्म गिरीले प्रमुख जिल्ला अधिकारी खिमराज भुषाललाई हस्तान्तरण गर्नुभएको हो।

प्रमुख जिल्ला अधिकारी भुषालले संकटको समयमा महामारीसंग जुध्न अत्यावस्यक सामाग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। साथै जिल्लामा अक्सिजनको समस्या रहेकाले उक्त विषयमा पहल गर्न आग्रह गर्नुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...