News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकाको ७७ करोडको वजेट, केमा छ प्राथमिकता ?

प्रमाणित द्धन्दपिडितको निशुल्क स्वास्थ्य विमादेखी एक घर एकधारा कार्यक्रम, पर्यटन पुर्वाधार, लगायतका जनमुखी कार्यक्रमहरु प्राथमिकतमा

सिखबर संवाददाताअसार ३१, २०७८/ प्यूठान
६६९ पटक
असार ३१, २०७८/ प्यूठान

प्यूठान नगरपालिकाले आगामि आर्थिक वर्ष (२०७८/०७९) का लागी निति तथा कार्यक्रम र वजेट तथा कार्यक्रम पारित गरेको छ । नगरपालिकाले आगामि आर्थिक वर्षका लागी ७७ करोड १ लाख २१ हजार ५ सय ८२ रुपैयाको वजेटमा पुराना लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिईएको छ भने केही नयाँ कार्यक्रमहरु पनि थपिएका छन्।

यसपालिको वजेटमा नगरपालिकाले जनतालाई प्रत्यक्ष महसुस हुनेगरी योजना तथा कार्यक्रम ल्याउनेमा जोड दिएको छ । पुर्वाधार निर्माणसंगै निर्वाचित जनप्रतिनिधीको यो अवधिको अन्तिम वजेटमा जनमुखी कार्यक्रमहरु विशेष प्राथमिकतामा परेका छन् । गत आर्थिक वर्षमा निशुल्क भर्ना तथा निशुक शिक्षा, जेष्ठ नागरिकको आँखा जाच तथा उपचार, नगरक्षेत्रका गौरवका आयोजनाहरुको सञ्चालन तथा निरन्तरता, पर्यटन पुर्वाधार निर्माण जस्ता लोकप्रिय कार्यक्रमहरुले निरन्तरता पाएका छन् ।

आगामि आर्थिक वर्षको वजेटमा शिक्षातर्फ २४ करोड ५४ लाख, स्वास्थ्यतर्फ ३ करोड ९३ लाख, सामाजिक संरक्षण महिला तथा वालवालिकातर्फ ५७ लाख ९० हजार, पुर्वाधारतर्फ नगरपालिकावाट मात्र १० करोड १० लाख ५१ हजार, आर्थिक विकासतर्फ ३ करोड २१ लाख २४ हजार, न्यायिक समितितर्फ १० लाख राजश्वतर्फ ६ लाख ५० हजार, वातावरणतर्फ १० लाख, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ ११ करोड ३२ लाख र मेयर उपमेयर कोषमार्फत आवश्यक पुर्वाधार तथा विविध कार्यक्रम सञ्चालन गर्नेगरी रु ५० लाख वजेट पारित भएको छ ।

प्यूठान नगरपालिकाले आज नगरपालिकास्थित भित्रिकोट सभाहलमा पत्रकार सम्मेलन गरि आगामि आर्थिक वर्षका पारित निति, कार्यक्रम र वजेटवारे जानकारी गराएको हो ।

नगरपालिकाले प्रमाणित द्धन्दपिडितको निशुल्क स्वास्थ्य विमादेखी एक घर एकधारा कार्यक्रम, पर्यटन पुर्वाधान, हरेक घरमा विद्युतिकरण लगायतका जनमुखी कार्यक्रमहरु ल्याएको छ । प्यूठान नगरपालीकाको वजेटले समेटेका मुख्य कार्यक्रमहरु यस्ता छन् ।

 शिक्षामा सवैको पहुँच सुनिस्चितता, कुनैपनी वालवालिका शिक्षाको पहुँचवाहिर हुन नदिन निशुल्क शिक्षा कार्यक्रमलाई निरन्तरता ।
 वालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको तलवमा समयानुकुल वृद्धी गरि न्युनतम पारिश्रमिक सुनिस्चितता ।
 पुर्वाधार निर्माण, मर्मत, प्रभावकारी अनुगमन र नियमन, जनशक्ती व्यवस्थापन साथै वैकल्पिक विद्यालय सञ्चालन र प्राविधिक शिक्षामा जोड ।
 निशुल्क सेनेटरी प्याड र कक्षा १ देखी ५ सम्म दिवाखाजा कार्यक्रमलाई निरन्तरता ।
 प्रदेश सरकार र नगरपालीकावाट सववाहन तथा एम्वुलेन्स सञ्चालन ।
 नगरक्षेत्रका ६० वर्षभन्दा माथिका नागरिकलाई घरदैलोमा स्वास्थ्यपरिक्षण, उपचार, परामर्श तथा औषधी वितरण, जेष्ठनागरिकलाई निशुल्क आखा उपचारमा निरन्तरता ।
 सुत्केरीको जिवन सुरक्षा, स्वास्थ्यसुरक्षका लागी सुत्केरीसंग नगरपालीका कार्यक्रमको निरन्तरता ।
 स्वास्थ्यसेवालाई थप प्रभावकारी वनाउन सापडाडा स्वास्थ्यचौकीमा प्रयोगशाला स्थापना ।
 प्रदेश सरकार र नगरपालीकाको सहकार्यमा आयुर्वेदीक स्वास्थ्यकेन्द्र स्थापना ।
 संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारको सहकार्यमा कृषी पकेट तथा व्लग क्षेत्र घोषणा गरि विशेष कार्यक्रम सञ्चालन ।
 पर्यटनतर्फ ऐतिहासिक भित्रिकोट दरवार, झुलेनी, सहिदपार्क, वाईधारा, वुलवुलेमुल, सिद्धगुफा, मरन्ठानाकोट, खैराकोट, दाखाकोट, वालउद्यान, कालिकामन्दिर, डल्ले सरायनाच, लिस्ने हिलस्टेसन लगायतका स्थानहरुमा पुर्वाधार विकास ।
 वर्डा नं ९ र १० को खरिवोट, गुरीगाउँ, वर्डा नं ८ को वाग्दुला, दम्ती, टिकुरी, पुण्यखोला, टारी, ढ्ंगेठाटी र खैरामा वस्तिविकास, २ र ३ को रातामाटामा नमुना वस्ति विकास गर्ने ।्
 घरघरमा स्वच्छ खानेपानी उपलव्ध गराउन संघ, प्रदेश र नगरपालीकाको संयुक्त लगानीमा सन् २०२५ सम्म एक घर एक धारा अभियानलाई पुर्णता दिन आवश्यक श्रोत साधन व्यवस्थापन ।
 ग वगको अपांगता भएका व्यक्तीलाई सतप्रतिशत भत्ता वृद्धी, साथै आगामि आर्थिक वर्षदेखी घ वर्गका अपांगता परिचयपत्र वाहकलाई पनी मासिक रु ५०० भत्ताको व्यवस्था ।
 प्रदेश सरकारको सहयोगमा नगरपालीकामा वहुउदेश्यिय सभाहल निर्माण ।
 आगामि आ.व. भित्रमा नगरक्षेत्रका सवै घरधुरीमा विद्युतिकरण ।
 विपद व्यवस्थापनका लागी विपद प्रतिकार्य योजना, विपद व्यवस्थापन कार्यविधी अवलम्वन गर्दै विपद कोष स्थापना ।
 उत्कृष्ठ व्यवसायिलाई वर्षभरको कर छुट ।
 सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत २ सय घर निर्माणमा सहयोग ।
 हाम्रा प्रतिनिधी, राम्रा रणनिती, नगरका अत्यावस्यक पुर्वाधार मेयर उपमेयर कोषको पहिलो आधार अन्तरगत उक्त कोषलाई निरन्तरता ।
 विजुवार भित्रिकोट केवुलकार, झिमरुक फाँट औधोगिक कृषी कार्यक्रम, झिमरुक नदि नियन्त्रण, औधोगिक ग्राम स्थापना, प्यूठान अस्पत्ताललाई १ सय शैयामा क्षेमतावृद्धी, झिमरुक उपत्यका स्मार्ट सिटी, प्राविधिक शिक्षालय जस्ता गौरवका आयोजनाहरुमा प्रदेश र संघिय सरकारसंग समन्वय गरि अगाडी वढाईने ।
 भिन्न प्रकृती विविध संस्कृतीलाई सम्वोधन गर्न विभिन्न जाति, भाषा तथा संस्कृतीको जगेर्ना सम्वन्धी कार्यक्रम ।
 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ५ सय ५० जनालाई न्युनतम १०० दिनको रोजगारी ।
 चालु आ.व. को सरसफाईकर पुर्ण रुपमा मिनाहा ।
 वालवचत कोषलाई निरन्तरता ।
 लघुउद्यमसम्वन्धी पञ्चवर्षिय योजनाको प्रभावकारी कार्यन्वयन ।
 नगरक्षेत्र भित्रका प्रमाणित द्धन्दपिडितहरुलाई निशुल्क स्वास्थ्य विमा सेवा ।

प्रतिकृया दिनुहोस्

माग पूरा नभएको भन्दै शिक्षा शाखामा तालाबन्दी

नेपाल विद्यार्थी संघ प्यूठानले प्यूठान नगरपालिकामा तालाबन्दी गरेको छ । बुधबार नेविसंघले प्यूठान नगरपालिकाको शिक्षा...

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गयो

प्यूठानमा भिरबाट लडेर एकजना पुरुषको ज्यान गएको छ । माण्डवी गाउँपालिका २ मर्कावाङका ६० बर्षिय...

माछा मार्न खोलामा गएका एक पुरुषको डुबेर मृत्यु

प्यूठानमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । सोमवार साँझ...

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम

पुर्नउत्पादनमुखी कृषि तथा सुरक्षित खाद्य उत्पादन सम्बन्धि अभिमुखिकरण तालिम बरौलामा भएको छ । सोमबार ऐरावती...

पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित

मौसम प्रतिकुलताका कारण पुर्व प्रधानमन्त्री केपी शर्मा ओली प्यूठान आउने कार्यक्रम स्थगित गरिएको छ ।...