News Portal

रेडियो सुन्नुहोस्

यातायात व्यवसायिले असुली गरेको चर्काे भाडाको विरुद्ध युवासंगठन नेपाल द्धारा विरोध

मधुसुदन पोख्रेल साउन २ प्यूठान
१०९४ पटक
साउन २ प्यूठान

प्यूठान यातायात व्यवसायिले यात्रूहरुबाट चर्को भाडा असुली गरेको भन्दै युवासंगठन प्यूठानले विरोध तथा अनुगमन गरेको छ । विप्लव नेतृत्वको ने क पा को युवासंगठन नेपाल प्यूठानले शनिवार माण्डवी गाउँपालिका २ जस्पुरमा लामो तथा छोटोदुरीमा संचालन भएका यातायातहरुकोे अनुगमन समेत गरेको हो ।


लामो समय सम्म लकडाउनका कारण यातायात संचालन नभए पछी सरकारले लाग्ने भाडाको २८ प्रतिशत भाडादर वृद्धि गरेता पनि यातायात व्यवसायिले सो भन्दा महङ्गो भाडा असुल गर्न थाले पछी सरोकारवालाको ध्यानकर्षण गर्ने उदेश्यले कार्यक्रम गरेको युवा संगठन नेपालका जिल्ला उपाध्यक्ष हरि वस्नेतले बताउनु भयो ।
। अनुगमन गर्दा यातायात व्यवसायिले यात्रुहरुबाट चर्को भडा असुल गरेको पाइएको संगठनका उपाध्यक्ष बस्नेतको भनाइ छ । छोटो दुरीमा ठिकै भए पनि लामो दुरीमा महङ्गो लिएको पाइएको बस्नेतले बताउनु भयो । अनुगमनको क्रममा कृष्णनगरदेखी आउने यात्रुहरुबाट रु ८ सय, भालुवाङ्गबाट विजुवारका लागि रु ४ सय र घोराहीबाट प्यूठान आएको रु ६ सय, भालुवाङबाट सुलिचौरका लागि ६ सय सम्म लिएको पाइएको बस्नेतले बताउनु भयो । आगामी दिनमा पनि सरोकारवालाले यस विषयमा चासो नदिए युवा संगठनले कार्वाहिको चेतावनी समेत दिएको छ ।
यता यातायात व्यवसायिले यात्रुहरुबाट तोकिएको भन्दा महङ्गो भाडा लिएको पाइएमा तत्काल कार्वाही हुने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । जिल्लामा भाडादर कायम गरिएकोले तोकिएको भन्दा महङ्गो भाडा लिइएमा जिल्ला प्रहरी कार्यलय मा जानकारी गराउन सवैलाई भुसालले आग्रह गर्नु भयो । यात्रुहरुले पनि टिकट काटेर मात्र यात्रागर्न भुसलले आग्रह गर्नु भएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...