News Portal

रेडियो सुन्नुहोस्

यातायात व्यवसायिले असुली गरेको चर्काे भाडाको विरुद्ध युवासंगठन नेपाल द्धारा विरोध

मधुसुदन पोख्रेल साउन २ प्यूठान
१०८६ पटक
साउन २ प्यूठान

प्यूठान यातायात व्यवसायिले यात्रूहरुबाट चर्को भाडा असुली गरेको भन्दै युवासंगठन प्यूठानले विरोध तथा अनुगमन गरेको छ । विप्लव नेतृत्वको ने क पा को युवासंगठन नेपाल प्यूठानले शनिवार माण्डवी गाउँपालिका २ जस्पुरमा लामो तथा छोटोदुरीमा संचालन भएका यातायातहरुकोे अनुगमन समेत गरेको हो ।


लामो समय सम्म लकडाउनका कारण यातायात संचालन नभए पछी सरकारले लाग्ने भाडाको २८ प्रतिशत भाडादर वृद्धि गरेता पनि यातायात व्यवसायिले सो भन्दा महङ्गो भाडा असुल गर्न थाले पछी सरोकारवालाको ध्यानकर्षण गर्ने उदेश्यले कार्यक्रम गरेको युवा संगठन नेपालका जिल्ला उपाध्यक्ष हरि वस्नेतले बताउनु भयो ।
। अनुगमन गर्दा यातायात व्यवसायिले यात्रुहरुबाट चर्को भडा असुल गरेको पाइएको संगठनका उपाध्यक्ष बस्नेतको भनाइ छ । छोटो दुरीमा ठिकै भए पनि लामो दुरीमा महङ्गो लिएको पाइएको बस्नेतले बताउनु भयो । अनुगमनको क्रममा कृष्णनगरदेखी आउने यात्रुहरुबाट रु ८ सय, भालुवाङ्गबाट विजुवारका लागि रु ४ सय र घोराहीबाट प्यूठान आएको रु ६ सय, भालुवाङबाट सुलिचौरका लागि ६ सय सम्म लिएको पाइएको बस्नेतले बताउनु भयो । आगामी दिनमा पनि सरोकारवालाले यस विषयमा चासो नदिए युवा संगठनले कार्वाहिको चेतावनी समेत दिएको छ ।
यता यातायात व्यवसायिले यात्रुहरुबाट तोकिएको भन्दा महङ्गो भाडा लिएको पाइएमा तत्काल कार्वाही हुने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । जिल्लामा भाडादर कायम गरिएकोले तोकिएको भन्दा महङ्गो भाडा लिइएमा जिल्ला प्रहरी कार्यलय मा जानकारी गराउन सवैलाई भुसालले आग्रह गर्नु भयो । यात्रुहरुले पनि टिकट काटेर मात्र यात्रागर्न भुसलले आग्रह गर्नु भएको छ ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...