News Portal

रेडियो सुन्नुहोस्

मनकला हत्या प्रकरणः आफ्नै भतीजले गरे काकीको हत्या

राजेन्द्र कार्की  १५ साउन २०७८ जाजरकोट
८०५ पटक
  १५ साउन २०७८ जाजरकोट

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ४, की मनकला खत्री खड्कालाई आफ्नै जेठाजुका छोरा भतीजहरुले हत्या गरेको खुलेको छ।

साउन ११ गते सोमबार २६ वर्षीया खड्काको विभत्स हत्यामा भतीजहरुको नै हात रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । घर नजिकै गोठमा रहेका भैंसीलाई घाँस हाल्न गएकी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव भेटियो । त्यसको २ दिनपछि हत्यारा पत्ता लागेका छन् । प्रहरीले मुसिकोटमा बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे सार्वजनिक गरेको हो ।

मृतक खड्काकै सहोदर भतीजा जेठाजुका दुई नाबालक छोराले उनको हत्या भएको खुलेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए । १५ र ११ वर्षका दुई सहोदर दाजु(भाइ मिलेर मनकलाको हत्या गरेको डिएसपी श्रेष्ठले बताए ।

नाबालक भएकाले प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । मृतकले घाँटी, नाक, कानमा लगाएको गरगहना समेत ती दाजुभाइले घरमा राखेको भेटिएको डिएसपी श्रेष्ठले बताए । मृतकको शरीरबाट हराएका सबै गरगहना, एउटा खुर्पा, उनीहरुले घटनाका बेला लगाएका कपडा पनि प्रहरीले फेला पारेको छ ।

उनीहरुले हत्या गरेको स्वीकारेपछि प्रहरीले उनीहरुलाई फेरि घटनास्थल लिएर आवश्यक प्रमाण संकलन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट दाजुभाइको संलग्नता देखिएको र बाँकी अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ । पुरानो रिसिवी र परम्परागत मान्यताका कारण घटना भएको निष्कर्ष प्रहरीको छ ।

केही समयअघि मृतक खड्काले १५ वर्षीय ती भतीजलाई १५ हजार नगद चोरी गरेको आरोप लगाएपछि रिसिबी साँध्न घटना भएको प्रहरीको भनाइ छ । घटना भएको दिन मृतकले दाजुभाइले काटेको घाँस नाघेपछि रिसको आवेगमा अन्टीलाई खुर्पा हानेको स्वीकार गरेको डिएसपी श्रेष्ठले बताए ।

मनकलाको हत्या भएपछि ती दाजुभाइ मृतकको कोठामा गएर बाकस समेत खोलेको पुष्टि भएको डिएसपी श्रेष्ठले बताए । प्रहरीले सुरुमा तीन बाबु छोरालाई सोधपुछका लागि ल्याएको थियो । बाँकी अनुसन्धान हुँदै जाने भनेर दुई दाजुभाइले हत्या गरेको विवरण प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

घटना अनुसन्धानका लागि प्रहरी तालिमप्राप्त कुकुर झिकाएको थियो । त्यस्तै प्रहरीको कर्णाली प्रदेश कार्यालयबाट अनुसन्धन ब्युरो टोली आएको थियो । प्रहरीले उनीहरु विरुद्ध कर्तव्य ज्यान, चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको डिएसपी श्रेष्ठले बताए । मृतकका श्रीमान बैदेशिक रोजगारको शिलशिलामा देश बाहिर छन् । उनका सात वर्षका छोरा र सासू घरमा छन् ।

 

-अन्नपुर्णबाट

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...