News Portal

रेडियो सुन्नुहोस्

जो चार महिनादेखि ओछ्यानबाट उठेकी छैनन्

तेजेन्द्र बिएम२०७८ साउन २७
३००६ पटक
२०७८ साउन २७

प्यूठान नगरपालिका–६, बासपानीकी १८, वर्षीय बोनि पुन मगरको स्वास्थ्य अवस्था कहाली लाग्दो छ । गत साल चैत ३१ गते बेलुकी उनको जीवनमा अकल्पनीय घटना घट्यो । त्यसपछि चौबीसै घण्टा ओछ्यानमा बस्नु पर्ने दिन सुरु भएका छन् उनका । त्यस दीन बेलुकी दीदिसंगै बारिमा घास काट्न गएकी थिइन बोनि । तेजु फल खान रुखमा चढ्नु, हागो भाचिएर लड्नु र ढाडको मेरुदण्ड भाचिनुले उनका जीवनमा सम्पूर्ण भाग्य खोसिनु सरह भएको छ ।

घटनापछि हतार–हतार उनलाई प्यूठान अस्पताल बिजुवार ल्याइयो । त्यहाँ उपचार भएन । युनिभर्सल मेडिकल कलेज भैरहवा पु¥याइएको थियो । उपचारको लागि महिनौ बस्न पर्ने भयो । १ महिनामै श्रीमानले ऋण खोजेर लगेको करिब ४ लाख रुपैया“ सकियो । थप उपचार गर्नको लागि कतैबाट थप ऋण श्रीमानले पाएनन् । अनि बोनिलाई श्रीमानले घर फर्काए । बोनी घरमा श्रीमानको सहरामा ओछ्यानमै रातदिन बिताइरहेकी छन् ।

 

श्रीमान रोजगारीको सिलसिलामा ईन्डिया गएको ३५ दिनमै श्रीमतीको दुःखद घटनाले गर्दा घर फर्केका थिए । गत वर्ष पौष ५ गते उनीहरुको मागी विबाह भएको थियो । घरको आर्थिक स्थिति कमजोर भएकाले पढाई छोडेका श्रीमान भरत पुन विबाह पछि श्रीमती र बुबा आमासंगै सम्पूर्ण परिवारलाई खुसी दिन विबाह गरेको करिब ढेड महिनापछि फागुन २१ गते ईन्डिया गएका थिए । ‘गएको १ महिना भएको थियो,’ भरतले भने, ‘घरमा यस्तो बज्रपात पर्यो । फर्के ।’ ‘ओछ्यानमै थला परेकी श्रीमतीलाइ स्याहार सुसार गरेर बसेको छु ,’ उनले भने । न त उनी श्रीमतीको राम्रो उपचार गर्न सक्छन्, न त उनको साथ छोड्ननै ।

बोनीको कम्मर मुनि दायाँ, बायाँ र पछाडिको भागमा ओछ्यानमा सुत्दा सुत्दा ठूला ठूला घाउ भएका छन् । घाउ बल्झेर सडेको छ । उनको कम्मर देखि तलको भाग चल्दैन । ‘अस्पतालबाट घर लिएपछी एक्कासि घाउ हुन थाल्यो’ भरतले भने, ‘गाउकै स्वास्थ चौकिमा झोलुङ्गो लगाएर बोकेर ल्याउदै ड्रेसिङ् गराउदै गरिराखेको छुँ ।’ सन्चो हुनुको साटो घाउ ठूलो बन्दै गएको भरत बताउ“छन् ।

पूनःअस्पताल लैजाने पैसा थिएन । शरीरको अन्य भागमा समेत घाउ हुन थालेपछि बल्लतल्ल आफन्तिको सहयोगमा बुधबार प्युठान अस्पताल ल्याएको भरतले बताए । उनको उपचार यहा“ सम्भब नहुने भएकाले काठमाडौ लग्न चिकित्सकले सुझाएका छन् । बाहिर लग्ने उपचार खर्चको जोहो गर्न नसकेर भरतले पूनः श्रीमतीलाइ घर फर्काका छन् ।

जिल्ला अस्पतालसम्म ल्याउन प्यूठान नगरपालिकाले गाडि पुग्ने स्थानसम्म गाडि पठाइदिएको थियो । ‘चिकित्सकले बाहिर लग्नुस् भनेका थिए, ’भरतले गहभरी आ“शु झार्दै बल्लबल्ल बोल्दै भने,‘ कतै बाट सहयोग भएर उनको उपचार गर्न सके निकै खुसी हुन्थे ।’ बुहारीलाइ गाडि चल्ने स्थान ढुंगेठाटीसम्म गाउलेले झोलुंगोमा राखेर बोकेर ल्याएका भरतका दाजु कुलबहादुर पुनले बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सांसद थापाद्वारा आन्दोलनरत शिक्षकसंग छलफल

प्यूठान जिल्लाबाट निर्वाचित सङ्घीय सांसद (प्रतिनिधि सभा सदस्य) सूर्य थापाले शिक्षकहरुसंग छलफल गरेका छन् ।...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्वन्धि अन्तरक्रिया माण्डवीमा सम्पन्न

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । अख्तियार...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...