News Portal

रेडियो सुन्नुहोस्

प्राथमिक स्वास्थ्य केन्द्र खलंगालाइ निशुल्क जग्गा प्रदान

झुलेनी समाचारदाता२०७८ भाद्र १
२५३२ पटक
२०७८ भाद्र १

प्राथमिक स्वास्थ्य केन्द्र खलंगगालाइ निशुल्क जग्गा प्राप्त भएको छ । स्वास्थ्य केन्द्रलाई १५ सैयाको आधारभूत अस्पतालमा स्तरउन्नतिको लागी  आवश्यक पर्ने ७६३ बर्गमिटर (१ रोपनी ८ आना) जग्गा प्राप्त भएको हो । खलंगा डाडापसल हाल कोटेश्वर काठमाडौ निबासी विश्वनाथ श्रेष्ठको परिवारबाट निशुल्क जग्गा प्रदान गरिएको हो ।

खलंगा सरोकार समुहको पहलमा श्रेष्ठ परिवारले २०७७ माघ ८ गते निशुल्क जग्गा उपलब्ध गराउने प्रतिवद्दता जनाएको संयोजक मनोज कुमार श्रेष्ठले बताए । श्रेष्ठ परिवारले आइतवार औपचारिक रूपमा स्वास्थ्य केन्द्रको नाममा रजिस्ट्रेसन पास गरी हस्तान्तरण गरेका छन । आफ्नो जन्मभूमीमा सेवा गर्ने मौका मिलेकोमा आफुलाइ खुसी लागेको विश्वनाथ श्रेष्ठले जानकारी दिए । जग्गादाता श्रेष्ठलाई काठमाडौबाट प्यूठान ल्याउन  सरोकार समूहको संयोजन तथा गाउँपालिकाको सहयोग रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...