News Portal

रेडियो सुन्नुहोस्

उपचारकै क्रमममा बुबाले गरे आत्महत्या, आमा पनि डिप्रेसनमा

उपचार गराउन नसकेर घर फर्किए विशालको विचल्ली

तेजेन्द्र बिएम/बिमल पोख्रेल२०७८ भाद्र १
१३२५ पटक
२०७८ भाद्र १

२०७६ साल कार्तिक १६ गते साँझ पर्दै थियो । घरको उपल्लो तलामा बत्ति बाल्न विशाल सुनार जादै थिए । भर्याङबाट जाँदै गर्दा कौसीबाट लडे । कक्षा १० मा अध्ययनरत माण्डबी गाउपालिका ३ नयागाउका १५ वर्षका विशाल लडेर घाइते भए । अहिले १७ वर्ष पुगेका छन् । लडेर शक्त घाइते बिशालको घाँटीको हड्डि र दुवै हातको नाडी समेत भाँच्चिएक्के छ ।

बुवा शान्तबहादुर सुनारले जेनतेन उपचार गराउन अस्पत्ताल लगे । तर उनको आर्थिक अवस्थाले धान्ने स्थिती थिएन । उनी पढ्ने विद्यालय, स्थानीय सहकारी संस्था, गैर सरकारी संस्था, बुटवल पावर कम्पनी र उनका काका वुवाबाट आर्थिक सहयोग जुटाएर सुरुमा उपचार गरीएको थियो । उपचारको लागि प्यूठान अस्पताल हुँदै बुटवल, काठमाण्डौ र काभ्रेसम्म पुर्याइएको थियो ।

 

बिमार बिस्तारै निको हुँदै थियो । सहयोग रकम अपुग हुँदा र घरको भए भरको जायजेथा बेच्नुपर्ने अवस्था आएपछि वुवा डिप्रेसनको बिरामी हुन पुगे । छोराको उपचार गराउँदा ऋण लागेपछि वुवा डिप्रेसनको बिरामी मात्र भएनन् ऋण तिर्न नसक्ने अवस्था आएपछि छोरो बिरामी भएको १ महिनापछि आत्महत्या गरे । त्यसपछि बिरामी बिशालको अवस्था बिचल्ली हुन पुग्यो । बिशाल बिरामी हुनुभन्दा पहिले देखिनै उनको आमा पनि डिप्रेसनकै बिरामी थिइन् ।

रेखेदेख गर्ने बुवाको मृत्यु र आमाको यस्तो अवस्थाले उपचार गराउन नसकेर बिशाललाई घर फकाईएको छ । उनी २ वर्षदेखि बिस्तारामै छन् । काभ्रेबाट घर फर्किदा चिकित्सकले ३/३ महिनामा जाँच गराउनुपर्ने भनेपनि आर्थिक अवस्था कमजोर भएकाले लगिएको छैन । उनको जाँच गराउनुपर्ने समय १ वर्ष नाँघीसकेको छ । उनको अवस्था झनपछि झन कमजोर बन्दै गएको छ । घरमा पर्याप्त अन्न नहुँदा उनको खानपानमा पनि समस्या छ ।

बिरामीले खाने पौष्टिक आहारको त कुरै छोडौ भोक टार्ने अन्न समेत छैन । पढ्नमा जेहेन्दार उनी पढेर इन्जिनियर बन्ने धोको थियो । तर कक्षा १० को अन्तिम परीक्षा दिन नपाउँदै बिरामी भएर थला परेका उनी अहिलेसम्म उस्तै गरी बिस्तारामा लडीरहेका छन् । उनको स्वास्थ्य अवस्था दिनदिनै कमजोर हुँदै गएको छ । आमाले वर्षौदेखि डिप्रेसनकै औषधी खाइरहेकी छिन् । आमाले औषधी खान भुल्ने हो भने चिच्याउने, कराउने, झगडा गर्ने, दगुर्ने गर्दछिन् ।

बिशालको स्याहार गर्ने यिनै एउटी आमा र सानी बहिनी मात्र छन् । पिडामाथी पिडा थपिएको छ । ओत ढाक्ने सानो झुपडी थियो । त्यही झुपडी पछिबाट पहिरो गएर भत्किदा घरभित्रै दबदबे हिलो जमेको छ । उता बुवाको मृत्यु, यता आमाको यस्तो अवस्था छ । अनि बास बस्ने घरको बिजोग छ । घरपरिवारको आर्थिक स्थिती नाजुक रहेकाले उनलाई उपचार गराउन लैजान सकिएको छैन । सहयोग रकम जुट्ने हो भने बिशालको उपचार संभव रहेको चिकित्सकहरुको भनाई छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...