News Portal

रेडियो सुन्नुहोस्

विदेशमा पैसा उठाएर गाउँमा कम्प्यूटर शिक्षा

शसिधर भण्डारी६ वैशाख प्यूठान
१८६२ पटक
६ वैशाख प्यूठान

गाउँ घरको पढाई! सीप सिक्न अप्ठ्यारो । गाउँले रहन सहन । खाली कितावको सैद्धान्तिक पढाई जस्ले गर्दा प्राविधिक ज्ञानको अभाव । किताव कम्युटर शिक्षा तर कम्युटर देख्न नपाउने । प्राय गाउले विद्यालयको हालत यहि हो । तर त्यस भन्दा केही माथी उठेर उत्तरी प्यूठानको गौमुखी गाउँपालिका –७ नारिकोट पिपलरुखमा रहेको अमृत जिवन माध्यमिक विद्यालय भने फरक छ ।

गाउँमा रहेका युवाहरुको विदेश पलायनका कारण यूवा पंक्तीको विदेशबास हुने तर प्राविधिक सीपको कमी हुदा दुःख पाएको अनुभवले विदेशमा रहेका यूवाहरुले सहयोग उठाएरै गाउँमा कम्युटर शिक्षा सञ्चालनमा ल्याएका छन् ।

दैनिक रुपमा बढ्दै गएको सुचना प्रविधिको पहुँच ग्रामीण बस्तीमा पुग्न नसकेका कारण सहयोग उठाएरै भएपनि कम्युटर शिक्षा पठन पाठनका लागि कम्युटरहरु खरिद गरिएको अभियानकर्ता दान बहादुर सुनारले बताए । “सुचना प्रविधिको युगमा पनि हामी पछि पर्यौ सोही कारण हाम्रा नानीबाबु, भाइबहिनीहरु त्यो अवसरबाट बञ्चित नहोउन भनी कम्युटर शिक्षाका लागि सहयोग अभियान चलाएका हौँ ।” सुनारले भने ।“ जिल्लामा आइसिटी कार्यक्रम भनी जिल्ला शिक्षा कार्यालय प्यूठानले हाम्रो विद्यालयलाई पार्यो त्यसमा थप सहज भयो, विदेशमा रहेका नारीकोट बादीकोट लगायत सिंगो प्यूठानी गैर प्युठानीको सहयोग रहेको छ ।” उनले थपे ।

अमृत जीवन माद्यामीक विद्यालयको लागि कम्युटर शिक्षा अभियानमा प्रबास गौमुखी दलित मुक्ती अभियानको परिकल्पना एबम प्युठानी युवा तथा बचत समूह कतारको सहकार्यमा अभियानको थालनी गरिएको थियो ।

अभियानमा कतार , भारत , साउदी , मलेशिया , दुबै , कुवेत , नेपाल लगायत अन्य देशबाट गरि ७ लाख ६७ हजार ७ सय ७३ रुपैया संकलन गरी हस्तान्तरण गरेका छन् । श्रम गरेर कमाएको पैसा गाउको उज्जवल भविष्यका निम्ति खर्च गरेको प्रबासीहरुले बताए । “प्रवासमा प्राविधिक ज्ञान नहुँदा धेरै पीडा भोगियो” अभियानकर्ता अमृत सुनारले भने । “अव सबैले आफ्नो हातमा प्राविधिक ज्ञान विना कुनै ठाउँमा पनि बिक्न सहिदैन् !”

जिल्ला शिक्षा कार्यलय प्युठान, प्रबास गौमुखी नबयुग दलित मुक्ति अभियान, प्युठानी युवा तथा बचत समुह दोहा कतार , प्युठान सेवा समाज दोहा कतार लगायतवाट सहयोग प्राप्त भएको हो।

२००९ सालमा स्थापीत अमृत जीवन माद्यामिक बिधालयमा अझै त्यहाँको शैक्षिक स्तर माथी उठाउन स्थानीय स्तरबाट नै केही गर्नु पर्छ भन्ने हेतुले युवाहरूको अगुवाईमा यो अभियान सफल भएको छ। जिल्ला शिक्षाको मापदण्डमा १ थान ल्यापटप ४ थान ब्रान्डडेट कम्प्युटर , ईन्भटर फोटोकपी मेशिन अनि प्रबासको पहलमा १२ थान कम्प्युटर एउटा प्रोजेक्टर सिसिटिभी क्यामेरा , बिधुतिय जडान फिङर प्रिनट मेसिन गरि १६थान कम्प्युटर ब्यबस्था गरिएको अमृत सुनारले बताए ।उनले भने- “सकारात्मक सोच बिचार र ईच्छा शक्ति भए मिलेर जे नि गर्न सकिन्छ भन्ने उदाहरण यस अभियानले प्रमाणित गरेको छ।”

विद्यालयमा करिव ४ सय ५० विद्यार्थी रहेका छन् । नेपाल सरकारले ६ देखि ८ कक्षा सम्म अनिवार्य कम्युटर शिक्षाको ब्यबस्था गरेको छ । अहिलेको कम्युटर प्रयाप्त मात्रामा नभएपनि गाउँमा विद्यार्थीहरुको लागि केही कम्युटरको परिपुर्ति भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...