घरमाथीबाट पहिरो गएर घर भत्किदा पुरिएर घाइते बालिकाको ज्यान गएको छ । प्यूठान नगरपालिका ४ ठुटे सिमल निवासी कुल बहादुर थापाको ११ महिनाको छोरी शुक्रवार दिउँसो घर भत्किदा गम्भिर घाइते भएकी थिइन । थापाका अनुसार घरमाथीबाट ढुङगो सहितको पहिरो घरमा खस्दा बालिका पुरिएर घाइते भएकी हुन ।
टाउकोमा गम्भिर चोट लागेर घाइते बालिकालाइ उपचारका लागि प्यूठान अस्पतालबाट बुटवल रीफर गरीएको थियो । टाउकोमा गहिरो चोट लागेकी उनको सफल शल्यक्रिया भइ घरमा ल्याइदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक बालिकाको मंगलवार दाहसंस्कार गरीएको छ । पिडित थापाका अनुसार ढुङगो सहित आएको पहिरोले घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ ।