News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा साथ छैन बामदेवलाई

झुलेनी नेटवर्क२०७८ भाद्र १९
२४७४ पटक
२०७८ भाद्र १९

प्यूठानको दाखाक्वाडीमा जन्मेर नेकपा एमालेका उपाध्यक्ष बनेका बामदेव गौतमको भरोसा प्यूठानी जनताले निकै गरेका थिए । बसाइसराइ गरेर बर्दिया गएका गौतमलाइ पार्टी र सरकारको नेतृत्व गर्नसक्ने नेताका रुपमा स्विकारेर २०७० सालको निर्वाचनमा नेकपा एमालेले प्यूठान बोलाएर बिजय गराइएको थियो ।
यो निर्वाचनमा गौतमलाइ एमालेको भावी पार्टी अध्यक्ष र प्रधान मन्त्री भनेर प्रचार गरीएको थियो । तर, गौतमको अस्थिर राजनिती यात्राका कारण उनलाई यसपाली प्यूठानी नेता कार्यकर्ताले साथ छाडेका छन् । उनले दोस्रो पटक भर्खरै मुल घर छोडेर बेघरबार बनेका छन् । पार्टी केन्द्रिय कार्यालयमा गएर पार्टीका सबै पदबाट औपचारिक रुपमा राजीनामा दिएसंगै नेकपा (एमाले) बाट बामदेव गौतमको दोस्रो पटक बहिर्गमन भएको छ ।

पहिलो बहिर्गमनमा उनका भावि यात्रा निश्चित थिए । तर अहिले छैनन् । महाकाली सन्धिमा राष्ट्रघात भएको भन्दै पहिलो पटक २०५५ मा एमाले फुटाएर माले बनाएका थिए । त्यस बेला एमालेबाट फुट्दा ४० प्रतिशत शक्ति लिएर गएका गौतको अहिले एक्लै बाहिरीएका छन् ।
प्यूठानमा उसबेला उनलाई साथ दिने धेरै थिए । प्यूठानको बहुमत जिल्ला कमिटी बामदेव गौतमको पक्षमा उभिएको थियो । तर यसपाली पहिलेको जस्तो अवस्था छैन । उनको प्रभाव प्यूठानमा न्यून जस्तै छ । जिल्लामा एमालेले जीतेका ३ स्थानीय तह प्रमुख, उपप्रमुख र २४ वटा वडाध्यक्ष सहित वडा सदस्यहरु कुनै पनि जनप्रतिधिले अहिलेसम्म बामदेवको साथ दिएको घोषणा गरेका छैनन् ।

जिल्ला पार्टी अध्यक्ष तुल्सीराम शर्मा, सचिवालय सदस्यहरु टंकबहादुर खड्का, मुक्ति शर्मा, टिकाबहादुर गुरुङ, डिलबहादुर थापा, बिजयबिराज बिष्ट, ईमानसिह भारती लगायत नेता बामदेव गौतमको पक्षका मानिन्थे । यस मध्ये बिष्ट र भारती बाहेक सबै एमाले पार्टीमै खुलीसकेका छन् । जिल्ला कमिटी सदस्यहरु पनि गौतम भनेर खुल्नेहरु शुन्य जस्तै छन् ।

पहिलो पटक जन्मभुमिमा फर्केर निर्वाचन लडेकाले सधै प्यूठानबाटै निर्वाचन लड्ने र जिल्लाको विकासमा भुमिका खेल्ने भनेर मत मागेका गौतम २०७४ सालमा पून:बार्दिया फर्केर निर्वाचनमा पराजीत भए । यो बेला प्यूठान एमालेले उनलाई संघिय सांसद पदमा एकल उम्मेदवारको रुपमा निर्णय गरेर केन्द्रमा पठाएको थियो । उनी प्यूठान छाडेपछि प्यूठानमा उनको शक्तिमा क्षय हुदै गयो ।

एमाले र माओबादी केन्द्र पार्टी एकीकरणको शुत्रधार भएको घोषणा गर्ने गौतम कहिले केपी ओली त कहिले पुष्पकमल दाहाल प्रचण्डको पक्षमा लागेर पार्टी विभाजन गराउनमा भुमिका खेलेको कारण उनीसाग भर पर्ने अवस्था नभएको पहिले उनको पक्षमा लागेका एमाले नेताहरु बताउँछन् । अस्थिर राजनीतिक चरित्रका कारण उनको साथ छोड्न पर्ने अवस्था आएको एमाले जिल्ला सचिवालय सदस्य टंक बहादुर खड्काले बताए ।

 

राजनीतिक पुजी र सांगठनिक शक्तिका हिसावले अब प्यूठानमा गौतम रित्तो भाडो जस्तै छन् । राजीनामा पछिको उनको यात्रा अब कता हुन्छ भन्ने एकिन गरेर गौतमले सार्वजनिक गरेका छैनन् । तर, उनी निकट मानीने ईमानसिह भारतीले गौतम माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जाने बताउँछन् । भारतीका अनुसार फेरि पनि एमाले र समाजवादीबीच एकता गराउने अभियानमा पनि जुट्न सक्छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...