News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा साथ छैन बामदेवलाई

झुलेनी नेटवर्क२०७८ भाद्र १९
१९६९ पटक
२०७८ भाद्र १९

प्यूठानको दाखाक्वाडीमा जन्मेर नेकपा एमालेका उपाध्यक्ष बनेका बामदेव गौतमको भरोसा प्यूठानी जनताले निकै गरेका थिए । बसाइसराइ गरेर बर्दिया गएका गौतमलाइ पार्टी र सरकारको नेतृत्व गर्नसक्ने नेताका रुपमा स्विकारेर २०७० सालको निर्वाचनमा नेकपा एमालेले प्यूठान बोलाएर बिजय गराइएको थियो ।
यो निर्वाचनमा गौतमलाइ एमालेको भावी पार्टी अध्यक्ष र प्रधान मन्त्री भनेर प्रचार गरीएको थियो । तर, गौतमको अस्थिर राजनिती यात्राका कारण उनलाई यसपाली प्यूठानी नेता कार्यकर्ताले साथ छाडेका छन् । उनले दोस्रो पटक भर्खरै मुल घर छोडेर बेघरबार बनेका छन् । पार्टी केन्द्रिय कार्यालयमा गएर पार्टीका सबै पदबाट औपचारिक रुपमा राजीनामा दिएसंगै नेकपा (एमाले) बाट बामदेव गौतमको दोस्रो पटक बहिर्गमन भएको छ ।

पहिलो बहिर्गमनमा उनका भावि यात्रा निश्चित थिए । तर अहिले छैनन् । महाकाली सन्धिमा राष्ट्रघात भएको भन्दै पहिलो पटक २०५५ मा एमाले फुटाएर माले बनाएका थिए । त्यस बेला एमालेबाट फुट्दा ४० प्रतिशत शक्ति लिएर गएका गौतको अहिले एक्लै बाहिरीएका छन् ।
प्यूठानमा उसबेला उनलाई साथ दिने धेरै थिए । प्यूठानको बहुमत जिल्ला कमिटी बामदेव गौतमको पक्षमा उभिएको थियो । तर यसपाली पहिलेको जस्तो अवस्था छैन । उनको प्रभाव प्यूठानमा न्यून जस्तै छ । जिल्लामा एमालेले जीतेका ३ स्थानीय तह प्रमुख, उपप्रमुख र २४ वटा वडाध्यक्ष सहित वडा सदस्यहरु कुनै पनि जनप्रतिधिले अहिलेसम्म बामदेवको साथ दिएको घोषणा गरेका छैनन् ।

जिल्ला पार्टी अध्यक्ष तुल्सीराम शर्मा, सचिवालय सदस्यहरु टंकबहादुर खड्का, मुक्ति शर्मा, टिकाबहादुर गुरुङ, डिलबहादुर थापा, बिजयबिराज बिष्ट, ईमानसिह भारती लगायत नेता बामदेव गौतमको पक्षका मानिन्थे । यस मध्ये बिष्ट र भारती बाहेक सबै एमाले पार्टीमै खुलीसकेका छन् । जिल्ला कमिटी सदस्यहरु पनि गौतम भनेर खुल्नेहरु शुन्य जस्तै छन् ।

पहिलो पटक जन्मभुमिमा फर्केर निर्वाचन लडेकाले सधै प्यूठानबाटै निर्वाचन लड्ने र जिल्लाको विकासमा भुमिका खेल्ने भनेर मत मागेका गौतम २०७४ सालमा पून:बार्दिया फर्केर निर्वाचनमा पराजीत भए । यो बेला प्यूठान एमालेले उनलाई संघिय सांसद पदमा एकल उम्मेदवारको रुपमा निर्णय गरेर केन्द्रमा पठाएको थियो । उनी प्यूठान छाडेपछि प्यूठानमा उनको शक्तिमा क्षय हुदै गयो ।

एमाले र माओबादी केन्द्र पार्टी एकीकरणको शुत्रधार भएको घोषणा गर्ने गौतम कहिले केपी ओली त कहिले पुष्पकमल दाहाल प्रचण्डको पक्षमा लागेर पार्टी विभाजन गराउनमा भुमिका खेलेको कारण उनीसाग भर पर्ने अवस्था नभएको पहिले उनको पक्षमा लागेका एमाले नेताहरु बताउँछन् । अस्थिर राजनीतिक चरित्रका कारण उनको साथ छोड्न पर्ने अवस्था आएको एमाले जिल्ला सचिवालय सदस्य टंक बहादुर खड्काले बताए ।

 

राजनीतिक पुजी र सांगठनिक शक्तिका हिसावले अब प्यूठानमा गौतम रित्तो भाडो जस्तै छन् । राजीनामा पछिको उनको यात्रा अब कता हुन्छ भन्ने एकिन गरेर गौतमले सार्वजनिक गरेका छैनन् । तर, उनी निकट मानीने ईमानसिह भारतीले गौतम माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जाने बताउँछन् । भारतीका अनुसार फेरि पनि एमाले र समाजवादीबीच एकता गराउने अभियानमा पनि जुट्न सक्छन् ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...