News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बढ्यो जस्पुरको सान

झुलेनी नेटवर्क२०७८ असौज १३
१३५३ पटक
२०७८ असौज १३

माण्डबी गाउॅपालिकाको केन्द्र बनेपछि प्यूठानको जस्पुर (चकचके) क्ष्ँेत्रको सान बढेको छ । माडि नदि किनारको जस्पुरमा गाउपालिका सरेपछि पछिल्लो समय चम्कीदै गएको हो । यहा विकास निर्माणका काम धमाधम हुदै छन् । यसले स्थानीय बासिन्दा उत्साहित बनेका छन् । माण्डबी गाउ“पालिकाको केन्द्र देविस्थानबाट जस्पुरमा सारिएको छ ।

भालुबाङ-प्यूठान सडक क्षेत्रमै जस्पुर पर्दछ । केहि वर्षअघि ईलाका प्रशासन, नापी तथा मालपोत लगायत कार्यालय समेत जस्पुरमै स्थापना भएका थिए । त्यसअघि सडक सडक डिभिजन कार्यालय स्थापना भइसकेको थियो भने हाल करदाता सेवा कार्यालय पनि स्थाना भएको छ । यहा“ गाउ“पालिका केन्द्रलाई लक्षित गरि यहा“ बैंक तथा वित्तिय संस्था पनि खुलेका छन् । त्यसपछि प्यूठानबाट रोल्पा पुग्ने मुख्य स्थान जस्पुर चम्कदै गएको छ ।

प्यूठानको पवित्र धार्मिक तीर्थस्थल स्वर्गद्वारी पुग्ने तीर्थयात्रीलाई लक्षित गरि दर्जनौ स्तरीय होटलहरु पनि खुलेका छन् । होटलहरु सधंै भरिभराउ हुन्छन् । प्यूठान सदरमुकाम खलंगा, बिजुवार, भिंगृ, स्वर्गद्वारी र रोल्पा सदरमुकाम लिबाङ, सुलिचौर पुग्ने मुख्य चोक रहेकाले पनि जस्पुर क्षेत्रमा विकास निर्माण र जनघनत्व बढ्दै गएको छ ।

२०६३ सालमा दाखाक्वाडिको चेरनेटाबाट जस्पुरमा व्यापार गर्न झर्दा सुनसान रहेको जस्पुर (चकचकेमा हिजोआज चहलपहल निकै बढेको छ । सडक आसपास झन्डै ३ सय बढी घर निर्माण भएर ठूलो बजार नै बनेको छ । जस्पुरमा व्यपार व्यबसाय गर्ने जो कोहीले पनि राम्रो कमाइ गरिरहेका छन् । जस्पुरमा व्यापार बढ्दै गएपछि रोल्पा, अर्घाखा“चीबाट समेत व्यापार गर्न दर्जनौ स्थानीय जस्पुरमा झरेका छन् ।

यहाँ व्यापारीक चहलपहल निकै बढ्दो छ । जस्पुर क्षेत्रको घरजग्गा पनि बढेर छोइसक्नु छैन । जस्पुरको मुख्य चोकदेखि रोल्पा जाने सडक दाया“/बाया“ पा“च लाख मिटर बढीका घडेरीको मूल्य पर्ने स्थानीय बताउ“छन । जस्पुर देखि देविस्थान तर्फ सडक किनारका भित्ता खारेर घडेरी बनाइएका छन् । घडेर निकै मह“गो परेपनि यस क्षेत्रमा धमाधम घर निर्माण भइरहेका छन् ।

स्वर्गद्वारी दर्सन गर्न आउने थीर्तयात्रीका कारण होटलमा खाना खानेहरु बिहानदेखि बेलुकासम्मै भिड भइरहने गर्छ । पछिल्लो समय यहा“ ठूला होटलहरु पनि थपीदै गएका छन् । यहा“को सडकलाई सहायका मार्गको रुपमा वर्गीकरण गरीएको छ । सडकको केन्द्र विन्दुवाट दायाँ-बायाँ १५ र १५ मिटर कायम गरिएको छ ।

यस क्षेत्रमा त्यसै अनुसार घरहरु निर्माण हु“दा जस्पुर चिटिक्क देखिन्छ । सडक पनि फराकीलो छ । झिमरुक जल विद्युत केन्द्र बुटवल पावर कम्पनीको पावर हाउस समेत यहि जस्पुरमै पर्छ । पावर हाउस हेर्न आउनेहरु पनि धेरै हुन्छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...

१२ वर्षीय वालिकालाई करणी गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

१२ वर्षीय वालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । गौमुखी...

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्...