News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावले बालिकाको उपचारमा समस्या, सहयोगको लागि याचना

मधुसुधन पाेखरेल२०७८ असाेज १६
१००४ पटक
२०७८ असाेज १६

गत भाद्र २६ गते उनलाई एक्कासी पेट दुख्यो, घरपरिवार आत्तिदै प्यूठान अस्पताल ल्याए । विजुवार अस्पतालमा सामान्य उपचार गरिसकेपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरियो । बविता गुरुङलाई आन्द्रामा समस्या रहेछ । उपचारका लागि भैरहवा त लगियो तर परिवारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
१६ वर्ष की बालिका हिजोआज आर्थिक अभाबका कारण उपचार हुन नसकेर मृत्यू संग लडिरहेकी छन । प्यूठान नगरपालिका ३ मटेङपोखरा निवासी राजेश गुरुङ र आमा संझना गुरुङकी एक मात्र छोरी हुन बविता। मृत्यु संग लडिरहेकी छोरीको उपचार खर्च गर्ने पैसा नभए पछी परिवारमा झनै पीडा थपीदै गएको छ । ‘छिमेकीसंग खोजेर लगेको रुपैयाले आजसम्म त धान्यौ,‘आमाल आसु झार्दै भनिन,‘अहिले सम्म ६ लाख खर्च भइसक्यो ।’ चिकिच्सकले अझै १० देखि १५ लाखसम्म खर्च हुने भनेको उनले बताइन् । छोरीको उपचारको रेख देखमा खटिएकी आमा संझनाका आँखा छोरीको बिमारका कारण जहिल्यै आशुले ओभाना छैनन् ।
बविता ले महेन्द्र मावि खलंगा बाट एस इ इ पास गरेकि छिन । पढ्ने र साथिभाई संग रमाउने उमेरमा यस्तो रोग लागे पछी बविताको ल्याप पढ्ने सपना अधुरै रहेको उनि बताउँछिन । अहिले सम्म पेटको तीन पटक शल्यक्रिया भइसकेको छ निमोनिया पनि भएको उनकी आमा बताउँछिन । बविताको भेन्टीलेटरमा राखेर उपचार भैरहेको छ ।
सहयो जुटाउदैःपाठक
बविता गुरुङ बचाउ भन्दै प्यूठान नगरपालिका ४ जुम्री निवासी हेमन्त पाठक लागि परेका छन । बविता गुरुङकी आमाले रुदै सहयोग गरिदिन पर्‍यो भने पछि सहयोगका लागि पाठक निरन्तर सहयोग अभियानमा लागेको बताए । बविता गुरुङ बचाउनका लागि म लागि परेको पाठकले बताए । आफन्त,नातागोता, सहयोगि मन समाजसेवी बुद्धिजिवीलाई आग्रह गरेको उनले जानकारी दिए । बविता बचाउ अभियानमा हाल सम्म ७ हजार ५ सय सहयोग जुटेको पठकले बताए । बविता बचाउ अभियानमा सहयोग गर्न चाहानेहरुले आमाको मोबाइल नम्बर ९८६६९९०२९९ सम्पर्क गरि सहगोग गर्न पाठकले आग्रह गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...