News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावले बालिकाको उपचारमा समस्या, सहयोगको लागि याचना

मधुसुधन पाेखरेल२०७८ असाेज १६
१३९३ पटक
२०७८ असाेज १६

गत भाद्र २६ गते उनलाई एक्कासी पेट दुख्यो, घरपरिवार आत्तिदै प्यूठान अस्पताल ल्याए । विजुवार अस्पतालमा सामान्य उपचार गरिसकेपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरियो । बविता गुरुङलाई आन्द्रामा समस्या रहेछ । उपचारका लागि भैरहवा त लगियो तर परिवारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
१६ वर्ष की बालिका हिजोआज आर्थिक अभाबका कारण उपचार हुन नसकेर मृत्यू संग लडिरहेकी छन । प्यूठान नगरपालिका ३ मटेङपोखरा निवासी राजेश गुरुङ र आमा संझना गुरुङकी एक मात्र छोरी हुन बविता। मृत्यु संग लडिरहेकी छोरीको उपचार खर्च गर्ने पैसा नभए पछी परिवारमा झनै पीडा थपीदै गएको छ । ‘छिमेकीसंग खोजेर लगेको रुपैयाले आजसम्म त धान्यौ,‘आमाल आसु झार्दै भनिन,‘अहिले सम्म ६ लाख खर्च भइसक्यो ।’ चिकिच्सकले अझै १० देखि १५ लाखसम्म खर्च हुने भनेको उनले बताइन् । छोरीको उपचारको रेख देखमा खटिएकी आमा संझनाका आँखा छोरीको बिमारका कारण जहिल्यै आशुले ओभाना छैनन् ।
बविता ले महेन्द्र मावि खलंगा बाट एस इ इ पास गरेकि छिन । पढ्ने र साथिभाई संग रमाउने उमेरमा यस्तो रोग लागे पछी बविताको ल्याप पढ्ने सपना अधुरै रहेको उनि बताउँछिन । अहिले सम्म पेटको तीन पटक शल्यक्रिया भइसकेको छ निमोनिया पनि भएको उनकी आमा बताउँछिन । बविताको भेन्टीलेटरमा राखेर उपचार भैरहेको छ ।
सहयो जुटाउदैःपाठक
बविता गुरुङ बचाउ भन्दै प्यूठान नगरपालिका ४ जुम्री निवासी हेमन्त पाठक लागि परेका छन । बविता गुरुङकी आमाले रुदै सहयोग गरिदिन पर्‍यो भने पछि सहयोगका लागि पाठक निरन्तर सहयोग अभियानमा लागेको बताए । बविता गुरुङ बचाउनका लागि म लागि परेको पाठकले बताए । आफन्त,नातागोता, सहयोगि मन समाजसेवी बुद्धिजिवीलाई आग्रह गरेको उनले जानकारी दिए । बविता बचाउ अभियानमा हाल सम्म ७ हजार ५ सय सहयोग जुटेको पठकले बताए । बविता बचाउ अभियानमा सहयोग गर्न चाहानेहरुले आमाको मोबाइल नम्बर ९८६६९९०२९९ सम्पर्क गरि सहगोग गर्न पाठकले आग्रह गरेका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...