News Portal

रेडियो सुन्नुहोस्

फेरिएको प्यूठान अस्पताल

तेजेन्द्र बिएम/सुजाता थापा क्षेत्री२०७८ असौज १९
१४२३ पटक
२०७८ असौज १९

प्यूठान नगरपालिका–४, विजुवारका व्यापारी धनेश्वर खनालले हालै जिल्ला अस्पताल बिजुवारमा हाइड्रोसिलको शल्यक्रिया गराए । शल्यक्रिया पछि उनको बिमार निको भएको छ । उपचारको लागि बाहिर जान नपर्दा खर्च बचेको र बिरामीलाई सास्ती नभएकोमा खनाल परिवार अस्पतालको सेवा प्रति निकै खुसी छन् । नौवहिनी गाउँपालिका ७ मैरामारेकि ५९ वर्षीय मिना रानामगर प्यूठान अस्पतालमा सेवा लिन गत भदौ महिनामा मात्रै ३ पटक आइन ।

उनी निराश भएर फर्कन परेन । यस्तै प्यूठान नगरपालिका–४, जुम्रीका अशोक श्रेष्ठ जिल्लामै बुटलमा पाउन सकिने सेवा पाउन थालेकोमा उत्साहित छन । ‘हामीले बुटलमा पाउने सेवा प्यूठान अस्पतालबाट पाइरहेका छौ,’ उनले भने, ‘नजिकको तीर्थ हेला भनेझै भएर मात्र हो ।’ २०७७ माघ देखि प्यूठान अस्पताललाई स्वास्थ्य मन्त्रालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र निक साइमन इन्स्टिच्यूटको संयूक्त सहकार्यमा विशेषज्ञ सेवा हब अस्पपताल बनाईको छ ।

यसपछि बिरामीको चाँप पनि बढेको छ । पहिले औसत एक सय देखि १ सय २० जना बिरामी अस्पतालमा दैनिक सेवा लिन आउथे । हब सञ्चालन पछि बिरामी शतप्रतिशत बढेका छन् । हिजोआज दैनिक २ सय देखि २ सय ५० जना बिरामीले ओपीडी सेवा लिइरहेको प्यूठान अस्पतालका मेडिकल सुपरिटेडेन्ट नविन दर्लानले बताए । नेपाल सरकारको विस्तारित अस्पताल सेवा कार्यविधि अनुसार जिल्ला प्रशासन कार्यालय प्यूठानको अनुमतिमा कार्यालय समय भन्दा पछि शुल्क तिरेर विशेषज्ञ सेवा पनि दिन थालीएको छ ।

ओपिडि सेवा बन्द भएपछि आकस्मिक (इमरजेन्सी) सेवा बाहेक अन्य बिरामीहरुले पेयिङ क्लिनिक (नेपाल सरकारले तोकेको विशेषज्ञले लिन मिल्ने शुल्क तीरेर बिरामी उपचार गराउन पाउने सुविधा) मार्फत सेवा दिइरहेको अस्पतालले जनाएको छ । अहिले प्यूठान, रोल्पा लगायत गुल्मी, रुकुम, दाङ अर्घाखाँची) बाट समेत बिरामी उपचारको लागि आउन थालेको प्यूठान अस्पतालले जनाएको छ । अब सञ्चालन पछि एपेण्डिसाइटिस, हर्निया, छाला प्रत्यारोपन, लिङ्ग भाचिएको, पिप जमेर घाउ परेका, बच्चाहरुको कन्जेनाइटल हाइड्रोसिल, कन्जेनाइटल हर्निया, इरीड्यूसेबल हर्निया (बोसो काटेर आन्द्रा अड्किएको) पाईल्स, एडल्ट हाइड्रोसिल लगायतका समस्याको अस्पतालबाट हिजोआज सेवा प्रदान भइरहको जनरल सर्जन डा. युगल ज्योति नेपालले बताए ।

अस्पतालमा विशेषज्ञहरुको कोटा ८ जना हो । तर अझै एनेस्थेसियालोजिष्ट (बिहोस गराउने विशेषज्ञ) र रेडियोलोजिष्टको दरबन्दी भने खाली रहेको मेडिकल सुपरिटेन्डेन्ट नविन दर्नालले बताए । हब सञ्चालन पछि २ सय ९२ सल्यक्रिया भएका छन । जस मध्ये २ सय ४ वटा सि.एस. डेलिभरी (सल्यक्रिया मार्फत गराइने प्रसुति) र अन्य सल्यक्रिया (मेजर सर्जरी) ८८ वटा भएको मेडिकल रेकडर पदमराज भट्टलले जानकारी दिए ।

एक वर्षमै २ हजार प्रसुती

प्यूठान तथ्याङ्क अनुसार २०७७÷०७८ मा प्यूठान अस्पतालमा १ हजार ७ सय ५२ जनाको डेलिभरी (प्रसुति) भएको थियो । १ हजार ५ सय ४८ नर्मल डेलिभरी भयो भने २ सय ४ जनाको सर्जिकल डेलिभरी गरिएको थियो । जसमध्ये सर्जिकल डेलिभरीबाट १ र नर्मल डेलिभरीबाट १ गरि २ जना सुत्केरीको ज्यान गएको थियो । ७ नवजात शिशुको ज्यान गएको थियो । महिला रोग तथा प्रसुति विशेषज्ञ डा. शिशिर कुवरका अनुसार ५० प्रतिशत गर्भवतिहरु रोल्पाबाट उपचार आउने गरेका छन् ।

बाँकी ५० प्रतिशत प्यूठान लगायत छिमेकी जिल्लाबाट आउने गर्दछन । गर्भावस्थामा आरामको कमि, पोषणयूक्त आहारको कमिका कारण डेलिभरी (समय नपुगी बच्चा जन्मिने), हेभि ब्लिडिङ (अत्याधिक रगत बग्ने), बच्चाको तौल नबढ्ने लगायतका समस्या प्रसुती गराउन आउनेहरुमा देखिएको कुवरको भनाइ छ । प्रसुतीका लागि विशेष गरि अत्यावश्यक ब्लड बैंक, आई.सि.यू. र एन.आई.सि.यू सेवा, एनेस्थेसियालोजिष्ट भएमा ९० प्रतिशत सफल उपचार गर्न सकिने कँुवरले बताए ।

बिरामी बढेसँगै बेड अभाव

हब संचालनपछि बेड अभाव हुन थालेको अस्पतालले जनाएको छ । बिरामीलाइ बेड अभाव भएरकाले भुइमै राखेर उपचार गर्न परेको बाल विशेषज्ञ डा.शौरभ श्रेष्ठले बताए । ‘बिरामी बढे उनले भने,‘ बेड नभएका कारण भुइमै म्याट ओछ्याएर पनि उपचार गर्नु परेको छ ।’ पछिल्लो समयमा धेरै निमोनिया भएका बालबालिका आउने गरेका छन । भौगोलिक विकटताका कारण जिल्लाका विभिन्न ठाउँहरुबाट समयमा अस्पताल आई नसक्नु ठूलो समस्या छ । मेडिकल एसिस्टेन्ट र वार्डहरुको छुट्टै व्यवस्थापन हुन जरुरी भएको समेत उनले बताए । एन.आइ.सि.यू. भए बालरोग विशेषज्ञ सेवा अझ प्रभावकारी उपचार हुने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल : २०८१ श्रावण १२ शनिवार

मेष आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला...

सांसद थापाद्वारा ग्रासरुटमा निधन भएका गोपालको स्मृतिमा अक्षयकोष स्थापना

प्रतिनिधि सभा सदस्य सूर्य थापाले नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानको क्रममा प्यूठानमा मोटरसाइकल...

सतायो गर्जेनीले प्युठान र रोल्पालाई, असार १९ यता १५ पटकमा ७० घण्टा बाटो अवरुद्ध

रोल्पाली र प्युठानीको घरबाट यात्रामा कोही निस्कियो कि घर हुनेको मन एउटै चिन्ताले पिरोलिरहन्छ– बड्डाडा...

खुसी छैनन् व्यवसायिक गाई, भैसी पाल्ने किसान

प्यूठान नगरपालिका–४, बिजुवारकी ४३ वर्षीय मुना कार्कीले आयुष्मा कृषि पशुपालन तथा फलफूल फर्म सञ्चालन गरेको...

आजको राशिफल : २०८१ श्रावण ११ शुक्रवार

मेष मनमा निराशा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला...