News Portal

रेडियो सुन्नुहोस्

आर्थिक अभावका कारण बालकको उपचार गराउन सहयोगको याचना

बोम बहादुर परियार२०७८ असोज २२
१२५३ पटक
२०७८ असोज २२

छोराको उपचार गराउन अस्पताल हिडेकी खिन्ति पुन मगर अहिले प्यूठान अस्पतालमा आइपुगेकी छिन । रोल्पाबाट प्यूठान आएकि पुन मगरले अस्पतालको ५ नं बेडमा छोरो राजेशलाइ उपचार गराइरहेकी छिन । सुलिचौर रोल्पामा उपचार गराउन आएकी उनी त्यहाँ उपचार संभव नभएपछी प्यूठान आउनुपरेको हो ।

अस्पतालका बालरोग विशेषज्ञ डाक्टर सौरब श्रेष्ठका अनुसार बच्चालाई निमोनिया भएको र मुटुमा समस्या रहेको जानकारी दिए । छोरोको पुर्ण उपचारका लागि अझै केहि दिन अस्पताल राखिरहनुपर्नेछ । यहाँ उपचार संभव नभए बाहिर पनि पठाउनुपर्ने चिकित्सकले बताएका छन । साथमा २० हजार रुपैयाँ मात्र लिएर आएकी उनलाइ छोरोको उपचार गराउन आर्थिक समस्याले समस्या पारेको छ ।

‘खिन्तिले गहभरी आँसु ल्याउदै भनिन’, “गाउबाट ऋण काढेर लिएको पैसा एम्बुलेन्स भाडा र गाउँमै उपचार गराउँदा सकियो अब कसरी पैसा जुटाउने होला ।” अहिले बच्चालाई आर्थिक अभाबका कारण डाक्टरले लेखेको औषधि समेत चलाउन सकेकी छैनन ।

आर्थिक अभावमा उपचार गराउन कठिन रहेकी उनले छोरो बँचाउन सबैसँग हारगुहार गरीरहेकी छीन । बच्चालाई राम्रोसँग एन्टिबायोटिक चलाए केही सुधार हुन सक्ने बताएका छन । तर सामान्य ओषधि पनि उनले किन्न सकेकी छैनन । अहिले अस्पतालबाटै सहजीकरण गराउदै बच्चाको उपचार भैरहेको चिकित्सकले बताए ।

रोल्पाको लुङगृ घर भएकी खिन्तीले आफ्नो श्रीमान बच्चाको उपचारको लागि ऋण काढ्न गाउँ गएपनि पैसा लिएर अँझै आएका छैनन । आर्थिक अभाबले प्युठान अस्पतालको शैयामा छटपटाईरहेका बालकको उपचारको लागि हार गुहार गरीरहेकी आमाले सबैसँग सहयोगको याचना गरीरहेकी छिन । सहयोगी मनहरुले सहयोगका लागि उपचाररत बच्चाकी दिदिको सम्पर्क नम्बर 974-6388321 रहेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...