News Portal

रेडियो सुन्नुहोस्

पाकेको धानवाली वर्षाले नष्ट : किसान मर्कामा (फोटो फिचर)

एलबी थापा२०७८ कार्तिक १, प्यूठान
१२०६ पटक
२०७८ कार्तिक १, प्यूठान

खेतमा पाकेर भित्र्याउने बेला भएको धान बालीमा वर्षाले क्षति पुर्याएको छ । पाकेको धान बालिमा क्षति पुगेपछि जिल्लाका किसान चिन्तित भएका छन् । गएरातिदेखि लगातारको वर्षाले पाकेको धानलाई झार्नुका साथै बोट समेत ढलेका छन् । धान झाटेर ट्याक्टरमा ओसार्ने तयारिमा बोरामा राखेको धानमा समेत क्षति पुगेको छ । झाट्नका लागि खर्याइ बनाएको धानमा पनि वर्षाले क्षति पुर्याएको हो ।

खेतका गराभरि पानी जम्मा हुदा धानमा क्षति भएको हो । भित्र्याउने समयमा पानीले क्षति पुर्याइ दिएपछि आफुहरु मर्कामा परेको गौमुखि गाउँपालिकाका किसान रुमानसिंह कुवरले बताए । ‘धानको बोट ठाडो एउटा पनि छैन, सबै ढलेको छ, खेतैभरि पानी जम्मा भएको छ’, उनले भने, ‘२/४ दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदियो ।’

वर्षाले झिमरूक फाटसहित जिल्लाको झिमरूक गाउपालिका, गौमुखि गाउपालिका, माण्डवि गाउपालिका, ऐरावति गाउपालिका लगायतका ठाउमा धान खेतमा क्षति पुर्याएको खवर छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...