News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा मानसिक समस्या भएकाहरु बढ्दै

प्यूठान अस्पतालमा मात्रै ३ सय २९ जना उपचाररत

सुजाता थापा क्षेत्री२०७८ कार्तिक ३, प्यूठान
९८३ पटक
२०७८ कार्तिक ३, प्यूठान

सुरुवाती समयमै उपचार नपाउँदा प्यूठानमा मानसिक रोगको अवस्था गम्भिर बन्दै गएको छ । प्रारम्भिक अवस्थामै सामान्य परामर्शबाटै निको हुने मानसिक समस्या बल्झिएर ‘पागल’ हुनेहरु बड्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् ।

मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरू बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी भएर भौतारीदै हिड्नेहरु बढिरहेका छन् । हाल प्यूठान अस्पतालमा ३ सय २९ जना मानसिक रोगी उपचाररत रहेको अस्पताललले जनाएको छ । यस मध्ये महिला १ सय ५६ जना छन् ।

एकदम विछिप्त अवस्थामा बौलाएर बाटोमा दौडनेलाई मात्र मानसिक रोग हो भन्ने गलत धारणाले गर्दा मानसिक रोगीहरुले समयमै उपचार नपाउने चिकित्सकहरुको भनाइ छ । मानसिक रोग लाग्नु भनेको पागल नै हुनु हो भन्ने सामाजिक वुझाईका कारण समस्या हुनेले पनि लुकाउने प्रयत्न गरेका कारण रोग बढ्दै गएको प्यूठान अस्पतालमा कार्यरत मानसिक तथा मनोरोग विशेषज्ञ डा. एन्जेला रेग्मीले बताइन ।

“मानसिक रोगले न त धनि गरिब भन्छ, न त महिला पुरुष, न त बालक वृद्ध नै उनले भनिन्,‘ मानसिक रोग पनि अन्य रोग जस्तै रोग हो समयमै उपचार गर्न सके निको हुन्छ ।’ जनचेतनाको कमि ले पनि मानसिक रोगबारे थाहा नहुने, थाहा भएकाहरुपनि समाजले के भन्ला, कतै सबैले घृणा गर्ने त होइन जस्ता कुराले गर्दा आफ्नो रोग लुकाउने गर्नाले मानसिक रोगको शिकार धेरै जना हुन परेको रेग्मीको भनाइ छ ।

गाउँघरतिर अहिले पनि मानसिक रोग लागेमा पागल भयो, बाहिर खुला हिँड्न दिनुहुन्न वा अरूलाई थाहा दिएमा बेइज्जत हुन्छ, औषधि खान दिँदा बढी हुन्छ भन्नेजस्ता भ्रम छ । प्यूठान अस्पतालमा हिजोआज दैनिक ८ देखि १० जना सम्म मानसिक रोग सम्बन्धी चेकजाँचका लागि आउने गरेको चिकित्सकहरु बताउँछन् ।

मानसीक रोग बढ्दै गएपछि आत्महत्याका घटना समेत बढ्दै गएको छ । ९० प्रतिशत मानसिक रोगका कारण आत्महत्या हुने गरेको मनोपरामर्शकर्ताहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार आर्थिक वर्ष २०७७÷२०७८ मा १ सय १० ले आत्महत्या गरेका छन । .२०७६÷०७७ मा ६३ जनाले आत्महत्या गरेका थिए । तुलनात्मक हिसाबले २०७६÷०७७ भन्दा २०७७÷०७८ मा आत्महत्या गर्नेको संख्या बढेको छ । आत्महत्यालाइ घटाउन जनचेतनाका कार्यक्रमहरु बढाउन पर्ने प्रहरीको भनाइ छ ।

नेपालमा मानसिक रोगीको अवस्थाबारे हाल इन्टरनेसनल मेन्टल हेल्थ नामक सर्भेक्षण सुरु गरेको छ । रिदम न्यूरोसाइक्याट्री अस्पताल तथा रिसर्च सेन्टरका मानसिक रोग विशेषज्ञ डा. रितेस थापाका अनुसार, “नेपालमा करिब २० देखि २५ प्रतिशत जनसंख्यामा कुनै न कुनै किसिमको मानसिक रोग भएको अनुमान गरिएको छ ।”

हाल समाजमा मानसिक रोग दिनदिनै बड्दो छ । तर दुर्गम क्षेत्रमा मानसिक रोग सम्बन्धी ज्ञान नभएका कारण दिन प्रतिदिन मानसिक रोगको शिकार भैरहेका छन् । दुर्गम क्षेत्रमा शिक्षाको अभावका कारण धेरैले मानसिक रोगलाई भुतपिचास, बाईबोक्सी लागेको भन्दै झारफुक र धामीझाँक्रीको साहरा लिने गर्दछन ।

 

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...