News Portal

रेडियो सुन्नुहोस्

मानसिक रोगबारे गलत धारणा नराखौं (सम्पादकिय)

झुलेनी नेटवर्क२०७८ कार्तिक १०, प्यूठान
११५६ पटक
२०७८ कार्तिक १०, प्यूठान

नेपालमा अहिले मानसिक रोगको समस्या बढदै गएको देखिन्छ । नेपालमा मात्र नभइ मानसिक रोग विश्वव्यापी रुपमै विकराल समस्याका रुपमा बढ्दै गएको छ । अक्टोवर १० लाई संसारभर विश्व मानसिक स्वास्थ दिवसको रूपमा मनाउने गरिन्छ । यसलाई दिवसको रुपमा मनाइरहदा पछिल्लो समय मानसिक स्वास्थ्य सम्बन्धि समस्याहरु झन बढ्न थालेको पाइएको छ ।

सुरुवाती समयमै उपचार नपाउँदा प्यूठान जिल्लामा पनि मानसिक रोगको अवस्था गम्भिर बन्दै गएको छ । प्रारम्भिक अवस्थामै सामान्य परामर्शबाटै निको हुने मानसिक समस्या बल्झिएर ‘पागलपन’ बढ्न सक्ने उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । हाल प्यूठान अस्पतालमा ३ सय २९ जना मानसिक रोगी उपचाररत रहेको अस्पताललले जनाएको छ । यस मध्ये महिला १ सय ५६ जना रहेको तथ्यांकमा उल्लेख छ ।आजसम्म पनि गरीबीको रेखामुनि रहेका देशको अवस्था हेर्दा लगभग मानसिक समस्यामा भएका मानिसमध्ये प्रत्येक ५ जनामा ४ जनाले उपयुक्त खालको मानसिक स्वास्थ्य सेवा प्राप्त गर्न सकेको अवस्था छैन। आजको बदलिँदो विश्व परिवेशमा समयसँगै आएका कठिन मानसिक अवस्थाहरू जसले एक प्रकारको धब्वा लगाएर छाड्छ अनि मानौ त्यो समाजको लागि कुरा काट्ने विषय बन्छ। जनमानसमा मानसिक स्वास्थ्य पनि स्वास्थको महत्वपूर्ण एउटा पाटो हो भनी समाजले ग्रहण गरी मानसिक स्वास्थ्य समस्या र समाधानका बारेमा सिक्नु र सिकाउनु अत्यन्तै आवश्यक छ। धेरै मनिसहरू मानसिक तथा मनोवैज्ञानिक समस्याको कारण कसरी प्रस्तुत हुने र के गर्ने भन्ने विषयमा धेरै दुविधामा हुन्छन्। समाजमा व्याप्त बुझाइलाई तत्काल परिवर्तन गर्न नसके तापनि नकारात्मक प्रभावलाई समय सापेक्ष मान्यताका आधारमा परिस्कृत गर्नुपर्ने समय आएको छ।मानसिक स्वास्थ्य समस्या सम्बन्धि समाजमा यसको अवस्था, सोचाइ र सजिलै मूल्याङ्कन गरी राम्रो नराम्रो नाम दिने अवस्थाले कुनै सहयोग पु¥याउँदैन भन्ने कुराको बारेमा सिकाइको आवश्यकता छ। शारीरिक समस्या वा मानसिक समस्या दुवै समस्या हुन र फरक तवरले हेरिनु हुँदैन। जोसुकै पनि यस्तो समस्यामा पर्न सक्दछन्। चाहे त्यो धनी होस् वा गरीब अथवा जुनसुकै सामाजिक परिवेशको मानिसमा पनि मानसिक समस्या आउन सक्छ र जहिले पनि आउन सक्छ। त्यसैले उनीहरू वा तिनीहरूको समस्या नभइकन यो त हामीहरूको समस्या हो भन्ने भावना विकास हुन जरुरी छ।

मानसिक स्वास्थसँग सम्बन्धित समस्यामा रहेका हरेक मानिसहरूले सहन परेका समस्या र यससँग सम्बन्धित डर/लाजका कारण प्रत्यक्ष असरमा रहेका मानिसहरूलाई यस छाता समूह अन्तरगत समाहित गरी प्राप्त सम्पूर्ण उपचार पद्धति, मनोविमर्ष सेवा तथा पुनस्र्थापनासहितको कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउनका लागि नागरिक समाज/सामाजिक संघसंस्था तथा सरकारी निकायको सहकार्य अपरिहार्य देखिन्छ।मानसिक स्वास्थ्यसँग सम्बन्धित गलत प्रचारका कारण यो विषय उठानमा धेरै विध्न समस्याहरू विद्यमान भए तापनि प्रभावकारी प्रयासहरू देखिन थालेका छन्। नेपालको सन्दर्भमा पनि मानसिक स्वास्थ्य उपचारका लागि मात्र भनेर अस्पताल खुलेका छन्। हरेक मेडिकल कलेजमा मानसिक रोग विभाग सञ्चालनमा छन्। त्यो बाहेक पनि मनोसामाजिक मनोविमर्ष सेवा सञ्चालन गर्ने संघसंस्थाहरूले आफ्नो सेवा प्रवाह गरिरहेका छन्।कुनै पनि रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो । यदि रोग लाग्यो भने पनि रोगको लक्षण देखा पर्नासाथ चिकित्सकको परामर्श लिन आवश्यक छ । रोग प्रारम्भिक चरणमै भएमा सामान्य परामर्शबाटै उपचार सम्भब छ ।मानसिक रोगलाई समाजमा अझै निको नहुने रोग मान्ने सोच हटिसकेको छैन । केही कुराहरुमा परिवर्तन आए पनि समय सापेक्ष अन्धविश्वास र गलत धारणाहरुमा भने परिवर्तन भएको छैन ।मनोरोग भनेको पापीलाई मात्र लाग्ने, निको नहुने, डाक्टरहरुले हैन धामीले मात्र निको पार्ने, बोक्सी लागेको भन्ने जस्ता भ्रम अझै समाजमा छन्। यस्तै बिहे गरिदियो भने मानसिक रोग निको हुन्छ भनेर उपचार नगरी बिहे गरिदिने चलन पनि छ । समाजमा मानसिक स्वास्थ र मनोरोगबारे यस्ता अनेकौं गलत भ्रमहरु भए पनि जनचेतना जगाउदै उपचारको अधिकार स्थापित गराउन सरकारी स्तरबाट गम्भीर रुपले लाग्नुपर्छ र यो नै आजको प्रमुख आवश्यकता हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...