News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बाटोमै छरपस्ट ग्याँस सिलिण्डर

झुलेनी नेटवर्क२०७८ कार्तिक १६
११९८ पटक
२०७८ कार्तिक १६

सदरमुकाम खलंगाको ब्यस्त ठाउँ खलङ्गा बसपार्क हो । यहाँ बिहानदेखि बेलुकासम्म छोटो तथा लामो दुरीका सवारी साधनमा ओहोरदोहोर गर्ने यात्रु हिडिरहन्छन् । त्यत्तिकै मात्रामा स्थानीयवासी किनमेलका लागि खलंगा बसपार्कमा पैदलै पुग्छन् । यहाँबाट प्यूठान र अर्घाखाँची भित्रिने र बाहिरीने छोटा तथा लामो दुरीका सवारी साधन ओहोर दोहोर गर्छन् ।

तर स्थानीय ब्यापारीले सडक छेउँ ढाकेर ब्यापार गर्नाले सडक साँघुरो बनेको छ । किरानासँगै बसपार्कका केहिँ ब्यवसायीले बाटोमै ग्याँस राखेर बिक्रि वितरण गरीरहेका भेटिन्छन् । सडकमा कुनैपनि बस्तु राखेर बिक्रि वितरण गर्न पाइदैन । सडकमा ग्याँस सिलिण्डर राख्नु जोखिम हुन्छ ।

सिलिन्डरमा प्रज्वलनसिल पदार्थ ग्याँस हुने भएकाले खुल्ला रुपमा राखीएका सिलिण्डिरबाट दुर्घटना र विष्फोट हुने खतरा बढी हुन्छ । ब्यस्त सडकमा राखिएका सिलिन्डरबाट पैदल यात्रुलाई जोखिम बढेको छ । त्यससँगै गाडी गुड्नका लागि समेत सडक साघुरो भएकाले ठोक्किने डर हुन्छ ।

जथाभावी राखिएका सिलिण्डर समयमै नहटाउने हो भने दुर्घटनाको चिन्ता बढेको स्थानीयवासी बताउँछन् । यसमा सरोकारवालाको समयमै ध्यान जानु जरुरी छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...