नीति र नेतृत्व परिवर्तनले जुनसुकै संगठनलाई जीवन्त बनाउँछ । लोकतान्त्रिक व्यवस्थामा राजनीति दलको नीति र नेतृत्व राम्रो भयो भने जनता त्यही दलमा बढि आबद्ध हुन्छन् । त्यो दललेनै देश चलाउँछ । देशको भाग्य भविश्य पनि यसैमा भरपर्छ । नीति अनुसारको नेतृत्व भए मात्र संगठन सुदृत हुँदै जान्छ । जसले आम कार्यकर्ताको भावना बोकेको हुन्छ । तर, राजनीति दलहरुले बोक्ने नीति र नेतृत्व परिवर्तन गर्ने परिपाटीलाई यतिसम्म निरिह पारिएको छ कि जसले चाप्लुसी गर्छ, जसले साविकको नेतृत्वको भजन मण्डली गाउँछ,जो संग बढि पाखुरीमा वल छ, गोजीमा दाम छ, उसैले नेतृत्व हत्याउँछ । कोठामा बसेर, टिका लगाएर नेतृत्व चयन गर्ने परिपाटीको पनि विकास हुँदै गएको छ । पार्टीबाट टिकट पनि उसैले पाउँछ । यसले जुनसुकै पार्टीमा पनि आम ईमान्दार कार्यकर्तालाई उत्साह होइन निराशा थपेको हुन्छ । व्यबस्थालाई नै फेलर बनाउँछ ।
लोकतन्त्रको आफूलाई अगुवा ठान्ने पार्टी नेपाली कांग्रेस प्यूठानको मंगलबार भएको १४ आंै जिल्ला अधिबेशनको मतदान पछि जुन घटना घट्यो यसले लोकतान्त्रिक परिपाटी अंगाल्नेहरुलाई गिज्याइरहेको छ । खिसीगरिहेको छ । निर्वाचनमा गएपछि जित हार स्वाभाविक हो । बीजेतालाई उपबिजेताले सबै भन्दा पहिले अबीरमाला लगाइदिन सक्नुपर्छ । त्यसपछि बाँकी दिनहरुमा बिजेताले उपबिजेतालाई संगसंगै हिँडालेर खुशी प्रदान गर्न सक्नुपर्छ । त्यसो गर्नसके मात्र लोकतन्त्रको ब्यूटि सधैं कायम रहन्छ ।
प्यूठानको स्वर्गद्धारी क्याम्पसहलमा मत गणणाको क्रममा जुन घटना घट्यो यसले पार्टीमा नेतृन्व आफूहरुले जसरी पनि हत्याउनुपर्छ भन्ने लुकेको थियो भन्ने कुरा फाँटेको जालोले छेकेपनि छर्लगंै देखिएको छ । मत गणणा स्थलको अवलोकन गर्दा सहजै भन्न सकिन्छ यहाँ तमाशा नै भएको रहेछ भनेर ।
निर्वाचनको अघिल्लो दिन एउटै पार्टीका भिन्दा भिन्दै ¥याली थिए । तामझाम हेर्दा केहि तमासा हुन्छ भन्ने आकलन गर्न सकिन्थ्यो । एउटै पार्टी भित्रको प्रचारशैलि पनि सुहाउँदा थिएनन् । एउटै पार्टीको दुई समुहको प्रचार शैली संगठन बाहिर गरेभन्दा बढि थियो । कहिले पालो कसको कहिले पालो कसको ? कोही पनि एउटै पार्टीको झण्डामा बसेको जसरी इमान्दार थिएनन् । जुन सत्य हो र त्यो सत्य नेपाली कांग्रेस प्यूठानका कार्यकर्ताले नियालिरहेका थिए । चियाँ पसलको गफमा झल्किन्थ्यो यो कुरा ।
नेपाली कांग्रेसको जिल्ला नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई वडा–वडाबाट क्रियाशिल सदस्यहरुले छानी–छानी दुःख गरि चुनेर पठाएका थिए । लाजमर्नु पार्टीको संक्षम नेतृत्व चयन गर्न छाडेर केहि प्रतिनिधिहरु पाखुरा तेस्र्याउनमा नै व्यस्त भए । क्याम्पसमा मंगलबार राती के भयो त्यो आम प्यूठानी जनताले देखेकै छन् । नेपाली कांग्रेसका इमान्दार कार्यकर्ताले पनि देखे होलान् । बुधबार बिहानसम्म क्याम्पस परिसरमा बाँकी रहेका धेरै घिनलाग्दा दृश्यहरु साक्षी थिए । यहाँ गोली चलेको थियो । यो क्रममा ९ जना घाइते हुन पुगे । पवित्र शिक्षण संस्थामा भएको तोडफोडले धेरै क्षति भएको छ । क्याप्पस प्रशासनले क्षतिपुर्तको माग समेत गरेर बिज्ञप्ति निकालेको छ, साथै जिल्लामा क्रियाशिल ४ विद्यार्थी संगठनले क्याम्पसमा भएको क्षतिको क्षतिपूर्तिकोे माग गर्दै दोषिलाई कार्वाहिको माग गरेको छ । यो घटनामा सुरक्षामा खटेका प्रहरी निरीह भए । घाइते हुन पुगे । आफूलाई लोकतन्त्रको पहरेदार ठान्ने नेपाली कांग्रेसले अधिबेशनमै यस्तो अवस्था भएपछि जनबादी केन्द्रीयता भन्ने कम्युनिस्टहरुमा लोकतान्त्र कसरी सहज होला ? निर्वाचनमा पराजीत हुँदा जोकोहीका लागि पनि पीडादायी हुन्छ नै । यहाँ हार्ने पक्षलाई यही पीडाले पोलेको हुनुपर्छ । तर, समालीन सकेनन् । नेपाली उखान छ –कहिं नभएको जात्रा हेर्न हाँडीगाउँमा जानु । हाँडीगाउँ पुग्नै परेन । नेपाली कांग्रेस प्यूठानको १४ औं जिल्ला अधिबेशन हेरेकाले देखे । टेबुल, कुर्ची, गेट, भाचेको, मंसीरमा देवालीका बोका काट्दा देखिने झै रगतका आहालका दृश्यहरु देखिए । कामना गरौं । अरु अधिबेशनहरुमा यस्ता दृश्यहरु देख्न नपरोस् ।
कांग्रेस अधिबेशन स्थल स्वर्गद्धारी क्याम्पसमा देखिएका दृश्यहरुः