News Portal

रेडियो सुन्नुहोस्

जहाँ लोकतन्त्रको रमिता देखियो !

गिरुप्रसाद भण्डारी२०७८ मंसिर ०८
१६९६ पटक
२०७८ मंसिर ०८

नीति र नेतृत्व परिवर्तनले जुनसुकै संगठनलाई जीवन्त बनाउँछ । लोकतान्त्रिक व्यवस्थामा राजनीति दलको नीति र नेतृत्व राम्रो भयो भने जनता त्यही दलमा बढि आबद्ध हुन्छन् । त्यो दललेनै देश चलाउँछ । देशको भाग्य भविश्य पनि यसैमा भरपर्छ । नीति अनुसारको नेतृत्व भए मात्र संगठन सुदृत हुँदै जान्छ । जसले आम कार्यकर्ताको भावना बोकेको हुन्छ । तर, राजनीति दलहरुले बोक्ने नीति र नेतृत्व परिवर्तन गर्ने परिपाटीलाई यतिसम्म निरिह पारिएको छ कि जसले चाप्लुसी गर्छ, जसले साविकको नेतृत्वको भजन मण्डली गाउँछ,जो संग बढि पाखुरीमा वल छ, गोजीमा दाम छ, उसैले नेतृत्व हत्याउँछ । कोठामा बसेर, टिका लगाएर नेतृत्व चयन गर्ने परिपाटीको पनि विकास हुँदै गएको छ । पार्टीबाट टिकट पनि उसैले पाउँछ । यसले जुनसुकै पार्टीमा पनि आम ईमान्दार कार्यकर्तालाई उत्साह होइन निराशा थपेको हुन्छ । व्यबस्थालाई नै फेलर बनाउँछ ।

लोकतन्त्रको आफूलाई अगुवा ठान्ने पार्टी नेपाली कांग्रेस प्यूठानको मंगलबार भएको १४ आंै जिल्ला अधिबेशनको मतदान पछि जुन घटना घट्यो यसले लोकतान्त्रिक परिपाटी अंगाल्नेहरुलाई गिज्याइरहेको छ । खिसीगरिहेको छ । निर्वाचनमा गएपछि जित हार स्वाभाविक हो । बीजेतालाई उपबिजेताले सबै भन्दा पहिले अबीरमाला लगाइदिन सक्नुपर्छ । त्यसपछि बाँकी दिनहरुमा बिजेताले उपबिजेतालाई संगसंगै हिँडालेर खुशी प्रदान गर्न सक्नुपर्छ । त्यसो गर्नसके मात्र लोकतन्त्रको ब्यूटि सधैं कायम रहन्छ ।

 

प्यूठानको स्वर्गद्धारी क्याम्पसहलमा मत गणणाको क्रममा जुन घटना घट्यो यसले पार्टीमा नेतृन्व आफूहरुले जसरी पनि हत्याउनुपर्छ भन्ने लुकेको थियो भन्ने कुरा फाँटेको जालोले छेकेपनि छर्लगंै देखिएको छ । मत गणणा स्थलको अवलोकन गर्दा सहजै भन्न सकिन्छ यहाँ तमाशा नै भएको रहेछ भनेर ।
निर्वाचनको अघिल्लो दिन एउटै पार्टीका भिन्दा भिन्दै ¥याली थिए । तामझाम हेर्दा केहि तमासा हुन्छ भन्ने आकलन गर्न सकिन्थ्यो । एउटै पार्टी भित्रको प्रचारशैलि पनि सुहाउँदा थिएनन् । एउटै पार्टीको दुई समुहको प्रचार शैली संगठन बाहिर गरेभन्दा बढि थियो । कहिले पालो कसको कहिले पालो कसको ? कोही पनि एउटै पार्टीको झण्डामा बसेको जसरी इमान्दार थिएनन् । जुन सत्य हो र त्यो सत्य नेपाली कांग्रेस प्यूठानका कार्यकर्ताले नियालिरहेका थिए । चियाँ पसलको गफमा झल्किन्थ्यो यो कुरा ।

नेपाली कांग्रेसको जिल्ला नेतृत्व चयन गर्न प्रतिनिधिहरुलाई वडा–वडाबाट क्रियाशिल सदस्यहरुले छानी–छानी दुःख गरि चुनेर पठाएका थिए । लाजमर्नु पार्टीको संक्षम नेतृत्व चयन गर्न छाडेर केहि प्रतिनिधिहरु पाखुरा तेस्र्याउनमा नै व्यस्त भए । क्याम्पसमा मंगलबार राती के भयो त्यो आम प्यूठानी जनताले देखेकै छन् । नेपाली कांग्रेसका इमान्दार कार्यकर्ताले पनि देखे होलान् । बुधबार बिहानसम्म क्याम्पस परिसरमा बाँकी रहेका धेरै घिनलाग्दा दृश्यहरु साक्षी थिए । यहाँ गोली चलेको थियो । यो क्रममा ९ जना घाइते हुन पुगे । पवित्र शिक्षण संस्थामा भएको तोडफोडले धेरै क्षति भएको छ । क्याप्पस प्रशासनले क्षतिपुर्तको माग समेत गरेर बिज्ञप्ति निकालेको छ, साथै जिल्लामा क्रियाशिल ४ विद्यार्थी संगठनले क्याम्पसमा भएको क्षतिको क्षतिपूर्तिकोे माग गर्दै दोषिलाई कार्वाहिको माग गरेको छ । यो घटनामा सुरक्षामा खटेका प्रहरी निरीह भए । घाइते हुन पुगे । आफूलाई लोकतन्त्रको पहरेदार ठान्ने नेपाली कांग्रेसले अधिबेशनमै यस्तो अवस्था भएपछि जनबादी केन्द्रीयता भन्ने कम्युनिस्टहरुमा लोकतान्त्र कसरी सहज होला ? निर्वाचनमा पराजीत हुँदा जोकोहीका लागि पनि पीडादायी हुन्छ नै । यहाँ हार्ने पक्षलाई यही पीडाले पोलेको हुनुपर्छ । तर, समालीन सकेनन् । नेपाली उखान छ –कहिं नभएको जात्रा हेर्न हाँडीगाउँमा जानु । हाँडीगाउँ पुग्नै परेन । नेपाली कांग्रेस प्यूठानको १४ औं जिल्ला अधिबेशन हेरेकाले देखे । टेबुल, कुर्ची, गेट, भाचेको, मंसीरमा देवालीका बोका काट्दा देखिने झै रगतका आहालका दृश्यहरु देखिए । कामना गरौं । अरु अधिबेशनहरुमा यस्ता दृश्यहरु देख्न नपरोस् ।

कांग्रेस अधिबेशन स्थल स्वर्गद्धारी क्याम्पसमा देखिएका दृश्यहरुः

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...