News Portal

रेडियो सुन्नुहोस्

मतदाता नामावली सम्बन्धी जिल्ला निर्वाचन कार्यालयद्वारा अन्तरक्रिया

झुलेनी नेटवर्क२०७८ मंसिर १४
६६७ पटक
२०७८ मंसिर १४

जिल्ला निर्वाचन कार्यालय प्यूठानले मतदाता नामावली संकलन सम्बन्धी सोमवार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवारदेखि जिल्लाका स्थानीय तहमा २ चरणमा मतदाता नामावली संकलन गरीने कार्यालय प्रमुख राजन श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार स्वर्गद्वारी नगरपालिका, सरुमारानी गाउँपालिका, गौमुखी गाउापालिका र झिमरुक गाउँपालिकामा शुक्रवारदेखि १० दिन गाउँपालिकामा गएर नामावली संकलन गरीनेछ । त्यसैगरी दोस्रो चरणमा मंसीर २९ गतेदेखि माण्डवी गाउँपालिका, ऐरावती गाउँपालिका, नौबहिनी गाउँपालिका र प्यूठान नगरपालिकामा दोस्रो चरणमा नामावली संकलन गरीने अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको छ ।

मल्लरानी गाउँपालिकामा भने जिल्ला निर्वाचन कार्यालय तथा समदर मुकाम भएकाले कार्यालयबाटै नामावली संकलन गरीने भएको छ । गाउँपालिका स्तरमा नामावली संकलनका लागि निर्वाचन कार्यालयबाट १ जना अपरेटर र गाउँपालिकाबाट ३ जना सहयोगी खटाइने भएको छ ।

अहिले नागरिकता लिएर बसेका तर मतदाता नामावलीमा नाम छुटेहरुको मात्र संकलन गरीने कार्यालय प्रमुख श्रीवास्तवले जानकारी दिए । मतदाता नामावली संशोधन र ठाउँसारी गर्नुपर्ने भएमा जिल्ला निर्वाचन कार्यालयमै आवश्यक कागजात लगेर जानुपर्नेछ। नेपालभर नामावली संकलन गर्ने कार्य भइरहेको पढाई र रोजगारको शिलशिलामा जिल्ला बाहिर रहेकाहरुले पनि आफू बस्ने जिल्ला कार्यालयमै गएर नामावली भर्न सक्ने व्यवस्था भएको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...