News Portal

रेडियो सुन्नुहोस्

मतदाता नामावली सम्बन्धी जिल्ला निर्वाचन कार्यालयद्वारा अन्तरक्रिया

झुलेनी नेटवर्क२०७८ मंसिर १४
९६२ पटक
२०७८ मंसिर १४

जिल्ला निर्वाचन कार्यालय प्यूठानले मतदाता नामावली संकलन सम्बन्धी सोमवार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवारदेखि जिल्लाका स्थानीय तहमा २ चरणमा मतदाता नामावली संकलन गरीने कार्यालय प्रमुख राजन श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार स्वर्गद्वारी नगरपालिका, सरुमारानी गाउँपालिका, गौमुखी गाउापालिका र झिमरुक गाउँपालिकामा शुक्रवारदेखि १० दिन गाउँपालिकामा गएर नामावली संकलन गरीनेछ । त्यसैगरी दोस्रो चरणमा मंसीर २९ गतेदेखि माण्डवी गाउँपालिका, ऐरावती गाउँपालिका, नौबहिनी गाउँपालिका र प्यूठान नगरपालिकामा दोस्रो चरणमा नामावली संकलन गरीने अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको छ ।

मल्लरानी गाउँपालिकामा भने जिल्ला निर्वाचन कार्यालय तथा समदर मुकाम भएकाले कार्यालयबाटै नामावली संकलन गरीने भएको छ । गाउँपालिका स्तरमा नामावली संकलनका लागि निर्वाचन कार्यालयबाट १ जना अपरेटर र गाउँपालिकाबाट ३ जना सहयोगी खटाइने भएको छ ।

अहिले नागरिकता लिएर बसेका तर मतदाता नामावलीमा नाम छुटेहरुको मात्र संकलन गरीने कार्यालय प्रमुख श्रीवास्तवले जानकारी दिए । मतदाता नामावली संशोधन र ठाउँसारी गर्नुपर्ने भएमा जिल्ला निर्वाचन कार्यालयमै आवश्यक कागजात लगेर जानुपर्नेछ। नेपालभर नामावली संकलन गर्ने कार्य भइरहेको पढाई र रोजगारको शिलशिलामा जिल्ला बाहिर रहेकाहरुले पनि आफू बस्ने जिल्ला कार्यालयमै गएर नामावली भर्न सक्ने व्यवस्था भएको कार्यालयले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...