News Portal

रेडियो सुन्नुहोस्

ब्रेकीङ न्युज : ट्रिपरले अटोलाइ ठक्कर दिदा २ जनाको घटना स्थलमै ज्यान गयो

बोम बहादुर परियार
१११४ पटक

प्यूठान । सोमवार दिउँसो भएको अटो रिक्सा दुर्घटनामा २ जनाको ज्यान गएको छ । बिजुवार देखि स्वर्गद्वारी जाँदै गरेको अटो र बिपरित दिसा तर्फबाट आउदै गरेको टिप्पर चकचके र चेरनेटाको बिच सडकको मोडमा दुर्घटना भएको हो ।  रा १ ह ५७०७ नम्बरको अटो रिक्सालाइ विपरित दिशाबाट आएको ना ८ ख ३९०३ नं को ट्रिपरले ठक्कर दिएको प्रत्यक्षदर्शिले बताए । अटोमा एउटै परिवारका सदस्य स्वर्गद्वारी दर्शनका लागि सवार थिए ।

दुर्घटनामा प्युठान न.पा. ३  घुर्चने निवासी वर्ष ३५ का अमृत थापा र वर्ष ४ का सुसान्त थापाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन । घाइते हुनेहरुमा वर्षा ८ कि  दुर्गा थापा, वर्ष ३० कि पुनम थापा, वर्ष १६ कि विपना थापा र वर्ष १० का  शुष्मा थापा रहेका छन् । घाइतेहरुको प्यूठान अस्पताल विजुवारमा उपचार भइरहेको छ ।

घटनापछी अटो ड्राईभर फ्रार रहेका छन भने टिप्पर र टिप्पर चालकलाइ प्रहरिले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...

झिमरुक गाउँपालिकामा सचेतनामूलक नाटक ‘फर्किने बाटो’ प्रदर्शन

झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ।...

प्यूठानका ट्राफिक प्रहरी प्रमुख न्यौपाने लुम्बिनीकै उत्कृष्ट ट्राफिक प्रहरी घोषित

प्यूठानमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद न्यौपाने लुम्बिनी प्रदेशभरबाट असोज महिनाको उत्कृष्ट ट्राफिक प्रहरी...

विजयनगरको आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिता हुने

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगर को आयोजनामा प्यूठान जिल्लाभित्रका अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल...

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...