News Portal

रेडियो सुन्नुहोस्

उडड्यन क्षेत्रको सुरक्षा र गुणस्तरिय सेवामा ध्यान देउ

झुलेनी पोष्ट
८६१ पटक

आज डिसेम्बर ७ तारिख । हरेक बर्ष जस्तै यस बर्ष पनि अन्र्तराष्ट्रिय नागरिक उडड्यन दिवस मनाईदै छ। कुनै पनि राज्य र क्षेत्रको विकासमा उड्ययन सुविधाको महत्वपुर्ण भुमिका हुन्छ। विकासका पुर्वाधारहरुको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद व्यवस्थापन गर्न र दुर्गम क्षेत्रका बिरामीहरुलाई समयमै उपचारका लागि अस्पताल सम्म पु¥याउन उड्ययनको निकै ने महत्वपुर्ण भुमिका रहेको हुन्छ।

ठुलासाना हवाईजहाज तथा हेलिकप्टर जस्ता हवाई यन्त्रहरुको सञ्चालन,सुरक्षा र व्यवस्थापनका लागि संसार भरका नागरिक उड्ययन विभागहरुले एकै स्वरमा आवाज उठाउने गर्दछन्। सन् १९९४ मा International Civil Aviation Organization (ICAO) अन्र्तराष्ट्रिय नागरिक उड्ययन संस्थाको ५० औं बार्षिक उत्सव मनाउन यस दिवस मनाउन सुरु गरिएको हो। त्यस पछि संयुक्त राष्ट्रसंघको महासभाले पनि डिसेम्बर ७ लाई अन्र्तराष्ट्रिय नागरिक उड्ययन दिवसको रुपमा मान्यता दिएको हो।

नेपालमा सन् १९५७ मा नागरिक उड्ययन प्राधिकरणको स्थापना भएको हो। वास्तवमा भन्ने हो भने हवाई उड्ययनले संसारलाई एकसुत्रमा बाँध्ने काम गरेको छ। एउटा कुनाबाट अर्काे कुनालाई धेरै टाढाको महसुस गर्न नदिई नजिकै गराई दिएको छ। तर यससंगै यस क्षेत्रका चुनौतीहरु पनि उत्तिकै छन्। सन् २०१४ मा मलेसियाको क्वालालम्पुर विमान स्थलबाट चीनतर्फ उडेको मलेसियन एयरलाईन्सको जहाज अझै भेटिन सकेको छैन।

धेरै यात्रुबाहक विमानहरु युद्धको आवेशमा आकाशबाट खसालिएका छन्। भने कैयौ विमानहरुका अवशेष अझै फेला पर्न सकेका छैनन। जसकाकारण ठुलो जनधनको क्षतिपुगेको छ। नेपालमा  विभिन्न समयमा भएकाविमान दुर्घटना थाई एयरको प्रसंग होस वाअन्य समयमा भएकाहवाई दुर्घटना होस ।

ती दुर्घटना गुमाएका आफन्त अनि त्यसले दिएको पिडा उनीहरुले कहिल्यै भुल्न सक्ने छैनन। धेरै विमान दुर्घटना हुँदाहुदै पनि नेपाली आकाशमा सिंगल इन्जिन सहित काजहाजहरु यात्रू सहित उडिरहेका छन्। यसलाई बिडम्बना नै मान्नु पर्दछ। संसारकै धेरेै खतरनाक विमान स्थलहरुको सुचीमा नेपालको लुक्ला विमानस्थल पर्दछ। यो पनि एउटा उड्ययन जगतको ठुलो चुनौ ती हो।

त्यस्तै भौगोलिक बिकटता र प्रतिकुल मौसम पनि यस क्षेत्रका ठुला चुनौतीहरु हुन। हवाई सुरक्षा अत्यन्तै संवेदनशिल बिषयहो यसलाई उच्च प्राथमिकतामा राख्न जरुरी छ। विभिन्न विदेशी तथा स्वदेशी ध्वजा बाहक जहाजहरु नेपाली आकाशमा उड्छन।

उड्ययन क्षेत्रको सुरक्षा गुणस्तरिय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्र्तराष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमान स्थलको सुरक्षा नै मुख्य उद्देश्य हो । भौगोलिक अवस्था, गुणस्तरको कमी, अन्तराष्टिय समुदायले अपनाउदै आएको प्रविधि अपनाउन नसक्नु अनि कतिपय मानविय त्रुटिका कारणले नेपाली आकाशमा निरन्तर दुर्घटना भैरहन्छन। कतियप कारण नियन्त्रण भन्दा बाहिर हुन्छन त कतिपय नियम तथा आधार हरुलाई आत्मसाथ गर्न नसक्दा हुने गर्दछन। त्यसैले यस्ता सम्भाव्य दुर्घटनाहरुलाई न्युनिकरण गर्नका लागि सम्बन्धित सबैको बेलैमा ध्यान जान जरुरी छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा मिनी बस दुर्घटना १६ घाइते, ७ जनालाई बुटवल रिफर

प्यूठानको झिम्रुक गाउँपालिका–३ आहालखोलामा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार...

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...