News Portal

रेडियो सुन्नुहोस्

गौमुखीका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘हाम्रो गौमुखी’ पठनपाठन सुरु

भरत आचार्य२०७८ मंसिर २७
८६८ पटक
२०७८ मंसिर २७

गौमुखी गाउँपालिकामा रहेका सबै सामुदायिक एवम् संस्थागत विद्यालयको कक्षा ५ मा आजदेखि स्थानीय पाठ्यक्रम ‘हाम्रो गौमुखी’ पठनपाठन सुरु भएको छ । गौमुखी गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा पालिका स्तरीय पाठ्यक्रम निर्माण गरी शैक्षिक सत्र २०७८ देखि नै लागु गर्ने भनिए बमोजिम पाठ्यक्रम तयार पारिएको गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन पन्थले जानकारी दिनुभयो ।

विद्यालयमा केन्द्र सरकारले निर्माण गरेको पाठ्यक्रमले स्थानीय आवश्यकता र अपनत्वको सम्बोधन हुन नसक्ने भएकाले स्थानीय विषयवस्तुको मूल्यबोधको लागि स्थानीय पाठ्यक्रम मार्गदर्शन २०७६ अनुसार पाठ्यक्रम तयार पारी कार्यान्वयनमा ल्याइएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताउनु भयो । ” कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम विकास गरी लागु गर्ने नीति तथा कार्यक्रम भए पनि यस वर्ष कक्षा कक्षा ५ बाट सुरु गरेका छौँ । आगामी वर्षदेखि क्रमश अन्य कक्षामा कार्यान्वयनमा ल्याउछौँ ” अध्यक्ष गिरीले भन्नुभयो ।

पाठ्यक्रममा स्थानीय भूगोल र इतिहास, सामाजिक, राजनीतिक र शैक्षिक अवस्था, स्थानीय सरकार, आर्थिक क्रियाकलाप, स्थानीय सिप, प्रविधि र रोजगारी, स्थानीय प्राकृतिक स्रोत र साधन, स्थानीय जीवन पद्धति, स्थानीय विकासका पूर्वाधारहरू र विपद् व्यवस्थापन र सुरक्षा गरी १० ओटा क्षेत्र समावेश गरी विस्तृतीकरण गरिएको पाठ्यक्रम मस्यौदा लेखन समितिका संयोजक टुक बहादुर केसीले जानकारी दिनुभयो ।

पाठ्यक्रममा साप्ताहि पाठ्यघण्टा ४ र वार्षिक पाठ्यघण्टा १२८ कायम  गरिएको छ । जसमध्ये १०० पाठ्यघण्टा कक्षा क्रियाकलाप र २८ पाठ्यघण्टा प्रत्येक्ष अवलोकन तथा फिल्ड भ्रमणमा लगाइने भनिएको छ । ५० % सैद्धान्तिक र ५० % प्रयोगात्मक मूल्यांकनबाट कक्षा उत्तारित गर्न सकिने व्यवस्था पाठ्यक्रममा उल्लेख छ । निरन्तर मूल्यांकन गर्नुपर्ने प्रावधान पनि पाठ्यक्रममा राखिएको छ ।

पाठ्यपुस्तक तयार भइ नसकेकोले एकरुपता कायम गर्ने उद्देश्यले ‘हाम्रो गौमुखी’पाठ्यक्रम पठनपाठन गर्ने सबै शिक्षकलाई एकदिने पाठ्यक्रम प्रबोधीकरण तालिम दिइएको शिक्षा शाखा प्रमुख ओमहरी पोख्रेलले बताउनु भयो । शैक्षिक सत्रको सुरुमै लागु गर्न नसकिए पनि कोभिडका कारण पठनपाठन ढिलो सुरु भएकोले पठनपाठनको समय अवधिभित्र सकिने गरि कार्ययोजना समेत बनाएको पोख्रेलले बताउनु भयो ।

पाठ्यक्रम विकास र निर्माण गर्दा अपनाउनुपर्ने सबै प्रक्रियाहरू पुरा गरिएको छ । पाठ्यक्रमको मस्यौदा  लेखनका लागि समाजिक विकास समितिका संयोजक टुक बहादुर केसीको संयोजकत्वमा गौमुखी माविका शिक्षक द्वय माधवराज पोख्रेल र जायश्वर जैसी सम्मिलित तीन सदस्यीय समिति गठन गरी कार्य गरिएको थियो ।

पाठ्यक्रमको मस्यौदा कार्यदल, शिक्षा समिति, सरोकारवाला पक्ष तथा कार्यपालिकासम्म छलफल पश्चात् कार्यान्वयनमा ल्याइएको हो । गौमुखी गाउँपालिकाले शिक्षामा गरेको नयाँ कार्य भएको यस सम्बद्ध जानकाहरू बताउँछन् । स्मरण रहोस् प्यूठान जिल्लामा स्थानीय पाठ्यक्रम लागु गर्ने स्थानीय तहमध्ये गौमुखी गाउँपालिका पहिलो भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धि अन्तरक्रिया सरुमारानीमा सम्पन्न

भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सरुमारानीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग...

शिक्षकहरुको आन्दोलन जारी, सुनेनन सरकारको अनुरोध

  सरकारको अनुरोधको बेवास्ता गर्दै शिक्षकहरुको आन्दोलन जारी रहेको छ । सरकारले बैशाख १२ गते...

शिक्षकको आन्दोलनले सरकारी विद्यालय सुनसान, निजीमा धमाधम भर्ना

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयको गतिविधि ठप्प हुँदा निजी विद्यालयले भने धमाधम भर्ना अभियान सञ्चालन...

२०८२ वर्ष बुढो नयाँ वर्षको शुभकामना !

आज नयाँ वर्ष । यस वर्षको नयाँ दिन । यसको रौनकले जताततै छपक्कै छाएको छ...

आफैले पेट्रोल खन्याएर आगो लगाउँदा ८० वर्षीय वृद्धको मृत्यु

बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला...