News Portal

रेडियो सुन्नुहोस्

अति बिपन्न र गरिब परिवारका ज्येष्ठ नागरिक सम्मानित

प्यूठान नगरपालिका ४ नं. वडा कार्यालयले ग¥यो अति बिपन्न र गरिब परिवारका ज्येष्ठ नागरिकलाई सम्मान

तेजेन्द्र बि. एम.२०७८ पुष ०९
९६७ पटक
२०७८ पुष ०९

प्यूठान नगरपालिका–४, नं. वडा कार्यालयले शुक्रबार वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले वडाभित्रका अति बिपन्न, गरिब र अपाङ्ग परिवारका ८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

प्यूठान नगरपालिका ४ नं. निवासी इन्द्र बहादुर घर्ति मगर, किमति घर्ति मगर, खड्क बहादुर सुनार, जुठी देवि नेपालि, देविराम जैसि, नेमा कवंर, लछे सार्कि र नन्दराम सुवेदि सम्मानित भएका हुन् । सम्मानसँगै उनीहरूलाई ४ नं. वडा कार्यालयले पानी तताउने इलेक्ट्रिक भाँडो, ब्लाङ्केट, टर्च लाईत र बर्कि दिएको छ ।
वडाभित्रका अति धेरै गरिब र बिपन्न परिवारको खोजी गरेर सम्मान गरिएको वडाले जनाएको छ ।

नदोहोरिने गरि प्रत्येक वर्ष फरक र सामाजिक सुरक्षा भत्ता पाउने र नपाउने परिवारका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष लक्ष्मी प्रकाह राज भण्डारीले बताए । ‘यो सम्मानले अग्रज आमा बुबाकोे ख्याल गर्न र दीर्घजीवी बन्न परिवारका अन्य सदस्यलाई समेत प्रेरित गर्ने छ,’ उनले भने ।

लक्षित वर्गलाई आउने बजेत मध्यबाट ४० हजार बजेत यस कार्यक्रका लागि बिनियोजन गरेको अध्यक्षले बताए । वडाले निरन्तर यस्ता कार्यक्रमहरु गर्दै आएको र गत वर्ष पनि ८ जना ज्येष्ठ नागरिकलाई नै सम्मान गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

वडा अध्यक्ष लक्ष्मी प्रकाश राज भण्डारीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा ४ नं. वडा सदस्य रेशम कार्किको स्वागत मन्तव्य र वडा सचिव उषा भण्डारीको सञ्चालन रहेको थियो । अध्यक्षले सम्मानसँगै ज्येष्ठ नागरिकहरुलाई दीर्घायुको शुभकामना दिदै कार्यक्रमको समापन गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...