News Portal

रेडियो सुन्नुहोस्

अति बिपन्न र गरिब परिवारका ज्येष्ठ नागरिक सम्मानित

प्यूठान नगरपालिका ४ नं. वडा कार्यालयले ग¥यो अति बिपन्न र गरिब परिवारका ज्येष्ठ नागरिकलाई सम्मान

तेजेन्द्र बि. एम.२०७८ पुष ०९
११४३ पटक
२०७८ पुष ०९

प्यूठान नगरपालिका–४, नं. वडा कार्यालयले शुक्रबार वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाले वडाभित्रका अति बिपन्न, गरिब र अपाङ्ग परिवारका ८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।

प्यूठान नगरपालिका ४ नं. निवासी इन्द्र बहादुर घर्ति मगर, किमति घर्ति मगर, खड्क बहादुर सुनार, जुठी देवि नेपालि, देविराम जैसि, नेमा कवंर, लछे सार्कि र नन्दराम सुवेदि सम्मानित भएका हुन् । सम्मानसँगै उनीहरूलाई ४ नं. वडा कार्यालयले पानी तताउने इलेक्ट्रिक भाँडो, ब्लाङ्केट, टर्च लाईत र बर्कि दिएको छ ।
वडाभित्रका अति धेरै गरिब र बिपन्न परिवारको खोजी गरेर सम्मान गरिएको वडाले जनाएको छ ।

नदोहोरिने गरि प्रत्येक वर्ष फरक र सामाजिक सुरक्षा भत्ता पाउने र नपाउने परिवारका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष लक्ष्मी प्रकाह राज भण्डारीले बताए । ‘यो सम्मानले अग्रज आमा बुबाकोे ख्याल गर्न र दीर्घजीवी बन्न परिवारका अन्य सदस्यलाई समेत प्रेरित गर्ने छ,’ उनले भने ।

लक्षित वर्गलाई आउने बजेत मध्यबाट ४० हजार बजेत यस कार्यक्रका लागि बिनियोजन गरेको अध्यक्षले बताए । वडाले निरन्तर यस्ता कार्यक्रमहरु गर्दै आएको र गत वर्ष पनि ८ जना ज्येष्ठ नागरिकलाई नै सम्मान गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

वडा अध्यक्ष लक्ष्मी प्रकाश राज भण्डारीले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा ४ नं. वडा सदस्य रेशम कार्किको स्वागत मन्तव्य र वडा सचिव उषा भण्डारीको सञ्चालन रहेको थियो । अध्यक्षले सम्मानसँगै ज्येष्ठ नागरिकहरुलाई दीर्घायुको शुभकामना दिदै कार्यक्रमको समापन गरेका थिए ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...