News Portal

रेडियो सुन्नुहोस्

एमाले प्यूठानको अधिवेशन उद्घाटन गर्न ज्ञवाली आउने

झुलेनी पोष्ट२०७८ पौष १८
१३२२ पटक
२०७८ पौष १८

नेकपा एमाले जिल्ला कमिटि प्यूठानको आसन्न नवौं जिल्ला अधिवेशन यहि पौष २३ र २४ गते विजुवारमा आयोजना हुने भएको छ । जिल्ला अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका उप–महासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आउने कार्यक्रम रहेको एमाले प्यूठानले जनाएको छ ।

कार्यक्रमको सम्बोधन गर्न ज्ञवाली सहित नेकपा एमाले स्थायी कमिटि सदस्य मणीचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज हरीप्रसाद रिजाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा ४ हजार ८ सय ३३ पार्टी सदस्यहरू मध्येबाट जिल्लाभरि करिब ५ सय ५० जना प्रतिनिधिहरू सर्वसम्मत रुपमा छानिएका छन् ।

जिल्लाका ६४ वटै वडामा प्रतिनिधिहरु सर्वसम्मत रुपमा छानिएको एमाले प्यूठानले जनाएको छ । अधिवेशन सम्पन्न गर्नका लागि एमाले प्यूठानले बिभिन्न उपसमिति गठन गरी प्रचार प्रसारलाई तिब्रता दिएको प्रचार विभाग प्रमुख नेगनसिंह कुवरले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...