News Portal

रेडियो सुन्नुहोस्

एमाले प्यूठानको अधिवेशन उद्घाटन गर्न ज्ञवाली आउने

झुलेनी पोष्ट२०७८ पौष १८
१५१३ पटक
२०७८ पौष १८

नेकपा एमाले जिल्ला कमिटि प्यूठानको आसन्न नवौं जिल्ला अधिवेशन यहि पौष २३ र २४ गते विजुवारमा आयोजना हुने भएको छ । जिल्ला अधिवेशन उद्घाटनका लागि नेकपा एमालेका उप–महासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली आउने कार्यक्रम रहेको एमाले प्यूठानले जनाएको छ ।

कार्यक्रमको सम्बोधन गर्न ज्ञवाली सहित नेकपा एमाले स्थायी कमिटि सदस्य मणीचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज हरीप्रसाद रिजाल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा ४ हजार ८ सय ३३ पार्टी सदस्यहरू मध्येबाट जिल्लाभरि करिब ५ सय ५० जना प्रतिनिधिहरू सर्वसम्मत रुपमा छानिएका छन् ।

जिल्लाका ६४ वटै वडामा प्रतिनिधिहरु सर्वसम्मत रुपमा छानिएको एमाले प्यूठानले जनाएको छ । अधिवेशन सम्पन्न गर्नका लागि एमाले प्यूठानले बिभिन्न उपसमिति गठन गरी प्रचार प्रसारलाई तिब्रता दिएको प्रचार विभाग प्रमुख नेगनसिंह कुवरले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...