News Portal

रेडियो सुन्नुहोस्

निर्माण ब्यवसायीमा माओवादी निकट ब्यवसायीहरु बाहिरिएको घोषणा

झुलेनी पोष्ट२०७८ पौष १८
१००६ पटक
२०७८ पौष १८

निर्माण व्यवसायी संघ प्यूठानमा आवद्ध नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरु बाहिरिएको घोषणा गरेका छन् । पाँचौ अधिवेशन अन्तर्गत आइतवार बिहानसम्म सर्व सहमति गराउने अभियान अनुरुप हालको नेतृत्वले निर्वाचनमा ढिलाई गरेको र मनोमानी ढंगले गोजिबाट पद बाँडफाँड गरेको आरोप लगाउँदै आफूहरु प्रतिपक्षमा बस्ने निर्णय गरेको व्यवसायी मुकेश थापाले बताए ।

अरुको अस्थित्व स्विकार्न एमाले, कांग्रेस लगायत निकट व्यवायीहरु सहमत नभएकाले मताधिकार भएका १३ जना सहित आफूहरु बाहिरीएको उनले जानकारी दिए । बाहिरिएका निर्माण व्यवसायीहरुले पद बाँडफाँड लगायत संस्थागत विविध गतिविधिका विषयमा टिप्पणी गरेका छन् । पाँचौ अधिवेशन तथा दशौं साधारण सभा शनिवारदेखि सुरु भएको हो ।

‘हामीले जतिसक्दो समावेश गर्ने प्रयत्न गरेका हौं’ हाल नेतृत्वमा रहेका एक व्यवसायीले भने, ‘आफूखुसी बाहिर गएकाहरुलाई टिप्पणी गर्नु छैन, अझै आउनुभए समावेश गरेर लैजान सकिन्छ ।’ उनका अनुसार निर्वाचन प्रक्रियामा जानुभन्दा सहमतिय ढंगबाट सँगै जाउँ भन्ने हेतुले नेतृत्व चयनमा केहिँ ढिलाई भएको जनाए । माओवादी निकट बाहेक अन्य व्ययवसायीहरुबाट सहमतिय ढंगबाट नेतृत्व चयनका लागि छलफल भइरहेको बताइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...