News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बारीभरी तितेपाती

झुलेनी नेटवर्क२०७८ पुष २२, प्यूठान
१९२६ पटक
२०७८ पुष २२, प्यूठान

स्थानीय स्तरमा यत्रतत्र रुपमा तितेपाती पाइन्छ । औषधीको रुपमा मात्र नभई धार्मिक कार्यमा समेत यसको उपयोग गरीन्छ । गाउँघरमा यत्तिकै उम्रेको तितेपाती गोडमेल गरी फाल्ने चलन छ । बास्नादार यो खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ ।

धेरै रोगको उपचार गर्न सहज तरिकाले पाइने हुँदा पनि यसको छुट्टै महत्व छ । तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ । अनुसन्धानका अनुसार तितेपातीबाट बनेको औषधिबाट मलेरिया निको पार्न सकिने खोज पत्ता लागेको छ । विभिन्न खाद्यान्नलाई बिग्रन नदिन र किरा लाग्नबाट बचाउन परमपरागत रुपमा गाउँघरका किसानहरु तितेपाती प्रयोग गर्छन् ।

यसको उपयोग जडिबुटीका रूपमा र सौन्दर्य प्रसाधन अत्तर बनाउनका लागि पनि प्रयोग गरिन्छ । तितेपातीबाट तेल निकाल्न मिल्ने र यसको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउन सकिने विज्ञहरुको दावी छ । साधारणतया जहाँ पनि हुर्कने भएकोले यो वनस्पती खेती गर्न पनि कुनै कठिनाइ छैन ।

यसैको महत्व बुझेर सरुमारानी गाउँपालिका २, दधेरीका कृषक जागेश्वर पोख्रेलले तितेपातीको खेती गरेका छन् । अरुले बारीमा मौषम अनुसार खाद्यान्न बालीको खेती गर्छन भने पोख्रेलले तितेपाती रोपेका छन् । यिनले आफ्नो बारीमा करिब ७ रोपती क्षेत्रफलमा यो खेती गरेका हुन् । तितेपातीको महत्व बुझेर खेती सुरु गरेका पोख्रेललाई शुभकामना ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...