News Portal

रेडियो सुन्नुहोस्

हाम्रो नजर : बारीभरी तितेपाती

झुलेनी नेटवर्क२०७८ पुष २२, प्यूठान
१७११ पटक
२०७८ पुष २२, प्यूठान

स्थानीय स्तरमा यत्रतत्र रुपमा तितेपाती पाइन्छ । औषधीको रुपमा मात्र नभई धार्मिक कार्यमा समेत यसको उपयोग गरीन्छ । गाउँघरमा यत्तिकै उम्रेको तितेपाती गोडमेल गरी फाल्ने चलन छ । बास्नादार यो खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ ।

धेरै रोगको उपचार गर्न सहज तरिकाले पाइने हुँदा पनि यसको छुट्टै महत्व छ । तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ । अनुसन्धानका अनुसार तितेपातीबाट बनेको औषधिबाट मलेरिया निको पार्न सकिने खोज पत्ता लागेको छ । विभिन्न खाद्यान्नलाई बिग्रन नदिन र किरा लाग्नबाट बचाउन परमपरागत रुपमा गाउँघरका किसानहरु तितेपाती प्रयोग गर्छन् ।

यसको उपयोग जडिबुटीका रूपमा र सौन्दर्य प्रसाधन अत्तर बनाउनका लागि पनि प्रयोग गरिन्छ । तितेपातीबाट तेल निकाल्न मिल्ने र यसको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउन सकिने विज्ञहरुको दावी छ । साधारणतया जहाँ पनि हुर्कने भएकोले यो वनस्पती खेती गर्न पनि कुनै कठिनाइ छैन ।

यसैको महत्व बुझेर सरुमारानी गाउँपालिका २, दधेरीका कृषक जागेश्वर पोख्रेलले तितेपातीको खेती गरेका छन् । अरुले बारीमा मौषम अनुसार खाद्यान्न बालीको खेती गर्छन भने पोख्रेलले तितेपाती रोपेका छन् । यिनले आफ्नो बारीमा करिब ७ रोपती क्षेत्रफलमा यो खेती गरेका हुन् । तितेपातीको महत्व बुझेर खेती सुरु गरेका पोख्रेललाई शुभकामना ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...