News Portal

रेडियो सुन्नुहोस्

जीवनको रंग : बाख्रापालनमा रमाउँदै किसान

तेजेन्द्र बि.एम./बिमल प्र‍साद पाेख्रेल२०७८ माघ ११, प्यूठान
८७१ पटक
२०७८ माघ ११, प्यूठान

प्यूठान नगरपालिका–७, टिकुरीकी देवा केएमले व्यावसायिकरुपमा बाख्रापाल्न थालेको तीन वर्ष बित्यो । बाख्रापालनले परिवार पाल्न सकिने आट जागेपछि उनले विदेशमा बस्ने श्रीमानलाई समेत बोलाएर बाख्रालानमै लगाएकी छन् । उनीहरु हिजोआज बाख्रा पालमा रमाएका छन् ।

यहॉको काप्डाँडाँमा जग्गा भाडामा लिएर उनीहरुले बाख्रा पालेका छन् । आफ्नै लगानिमा बाख्रा पाल्दै आएका उनीहरुको फर्मलाई पछिल्लो समय नेपाल सरकारले विभीन्न कार्यक्रम मार्फत सहयोग गर्न थालेपछि थप हौसीएका छन् । उनीमात्र होइन प्यूठान नगरपालिका ७ र ३ नम्बर बडाका बाख्रापालक किसान खुसी भएका छन् । संघिय सरकारको सहगोग अन्तर्गत लागत साझेदारी बाख्रा प्रवर्धन कार्यक्र प्यूठान नगरपालिका ३ र बाख्रा पकेट विकास कार्यक्रम प्यूठान नगरपालिका ७ मा एक सय जना किसानलाई बाख्रा पालनमा सहयोग गरीएको प्यूठान नगरपालिका पशुसेवा शाखाका प्रमुख गिरीराज पौडेलले बताए ।

कार्यक्रम अन्तर्गत प्यूठान नगरपालिका ७ मा ५० घरपरिवार र ३ र २ वडाका केहि भाग समेटेर ५० घर परिवारमा सहयोग भएको पौडेलले बताए । वडा नम्बर ७ मा मिलीजुली क्षेत्रपाल बाख्रापालन समिति मार्फत र वडा नम्बर ३ मा बिजयनगर साना किसान महिला कृषि सहकारी संस्था मार्फत कार्यक्रम गरिएको छ । वडा नम्बर ३ मा संघिय सरकारको १० लाख र किसानको १२ लाख ५० हजार लागतमा कार्यक्रम सञ्चालन भएको छ । यस्तै वडा नम्बर ७ संघिय सरकारको १२ लाख किसानको १२ लाख ५० हजार लगानिमा कार्यक्रम सञ्चालन भएको छ । प्रति घरपरिवार ५ वटाका दरले ५०० वटा बाख्रा सरिद गरेर किसानलाइ प्रदान गरिएको छ । प्रजनन्को लागि १० वटा बोका, डा“लेघास बिरुवावा वितरण,औषधि पनि किसानलाइ प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रम सञ्चलन भएपछि किसानहरु बाख्रापालन व्यवसायप्रति आक्रसित भएका छन् । परम्परागतरुपमा बाख्रा पाल्दै आएका किसान व्यवसायिक तर्फ उन्मुख हुँदै गएको प्यूठान नगरपालिका ३ का किसान विनोद खड्काले बताए । खरिद गरिएका सबै बाख्राहरुको विमा गरिएको छ । प्यूठान नगरपालिका पशुसेवा शाखा मार्फत प्राविधिक सहयोग भएको छ । नर्ससुधारको लागि बोयरक्रस बोकाहरु अर्घाखाँचीबाट ल्याइएका छन् । किसानलाई औषधि, डाँले घाँसको बिरुवा वितरण भएको छ । यसले बाख्रा पालनमा सहजता भएको किसानहरुको भनाइ छ । संघिय सरकार अन्तर्गत बाख्रापालन किसानलाई सहयोग भएपछि बाख्रापालनमा किसानहरु थप आक्रसित हुने अफेक्षा नगरपालिकाले गरेको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थानेश्वर भण्डारीले बताए ।

बाख्राको पकेट तथा स्रोत केन्द्रको विकास,खसीको मासुमा नगरपालिका आत्मनिर्भर,रोजगारी सिर्जन आयअर्जनमा बृद्धि गरिबी न्यूनीकरण हुने अपेक्षा नगरपालिकाले गरेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...