News Portal

रेडियो सुन्नुहोस्

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

झुलेनी नेटवर्कमाघ १६
६८० पटक
माघ १६

प्युठानमा मोटरसाइकल दुर्घट्ना हुँदा आइतबार दिउँसो एकको मृत्यु भएको छ । प्युठानको माण्डवि गाउपालिका –३ लामाचौरमा रा ५ प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

थापाका अनुसार खनालको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको हो । दाङको भालुबाङबाट रोल्पातर्फ जाँदैगरेको ना ४ ख ३९९६ नम्बरको यात्रुबाहक बससँग साँघुरो बाटोमा जम्काभेट भएपछि नियन्त्रण गर्न नसक्दा मोटरसाइकल नालीमा परेर दुर्घटना भएको स्थानीयले बताए ।

बस र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै जस्पुर– भिङ्री सडकमा यातायात अवरुद्ध गरेका छन् ।

प्रतिकृया दिनुहोस्

किसानले मोहियानी हक नपाएपछि सडक मै सुते

प्यूठान, स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको ७ सय ५३ बिगाहा...

विद्युत माग्दै स्याउलीवाङबासी विद्युत प्राधिकरणमा डेलिगेशन

प्यूठानको दुर्गम मानिने नौबहिनी गाउँपालिका –१ स्याउलीवाङका स्थानीयबासीहरु सयम मै विद्युत लाइन बिस्तार नभएर समस्या...

७ करोड ऋणमा खानेपानी कार्यालय, योजनाहरु अलपत्र

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान अन्तर्गतका योजनाहरुमा प्रयाप्त बजेट नआएका कारण भुक्तानीमा समस्या...

सहिद पार्कमा भौतिक संरचना थपिदै

प्यूठान गनरपालिका ७ गाजुरीमा रहेको सहिद स्मृति पार्कको निर्माण कार्य भइरहेको छ । थप व्यवस्थित...

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदै

प्यूठानमा २२ हजार ८ सय २४ जना बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदैछ । स्वास्थ्य कार्यालय प्यूठानले...