News Portal

रेडियो सुन्नुहोस्

हाम्राे नजर : मा.वि. चलाउन आर्थिक संकलन अभियान

झुलेनी पोष्ट
१२४५ पटक

गौमुखी गाउँपालिका–५, खुङमा माध्यामिक विद्यालय सञ्चालन गर्न चन्दा संकलन अभियान थालिएको छ । २०२० सालमा स्थापना भएको जनसहयोगी आधारभूत विद्यालय कक्षा ८ सम्म सञ्चालनमा छ । अहिले कक्षा ८ मा ३६ जना विद्यार्थी पढ्छन्। यिनीहरुलाई गाउँमै कक्षा ९ पढ्ने सुविधा छैन । थप पढ्नका लागि यहाँका विद्यार्थीहरु गाउँदेखि टाढा जानुपर्ने बाध्यता छ ।

यहाँ मा.वि. नहुँदा नारीकोट, ठुलावेसी र गुल्मिको अग्लुङ जानुपर्ने समस्या रहेको अभिभावकहरुको गुनासो छ । मा.वि. तहको पढाइका लागि विद्यार्थीहरुलाई कठिनाई भएको भन्दै विद्यालय व्यवस्थापन समितिले पुस २५ गते मुल आयोजक समिति गठन गरेको थियो । यो समितिले मा.वि. सञ्चालनका लागि माघ महिना लागेदेखि चन्दा संकलन अभियान चलाएको संयोजक निराजन मल्लले बताए ।

अहिलेसम्म करिब ४८ लाखभन्दा बढी रकम संकलन भइसकेको उनको भनाई छ । चन्दा संकलनका लागि समितिका मुल आयोजक समिति बनाएर संकलन अभियान चलिरहेको वडा अध्यक्ष हुम बहादुर के.सी.ले बताए । अहिलेसम्म संकलन अभियानमा गाउँका सबैजनाको साथ रहेको उनले बताए । माध्यामिक तहको कक्षा सञ्चालनका लागि गाउँपालिकाबाट स्विकृत पाएको बताउँदै व्यवस्थापन समिति अध्यक्ष बरुणध्वज मल्लले सामाजिक सञ्जाल, गाउँका अगुवा बुद्धिजिवी र गाउँबाट जिल्ला बाहिर बसाइ सरेका ब्यक्तिहरुले सहयोग गरेको बताए ।

गाउँका विद्यार्थीहरुलाई शिक्षाको उज्यालो छर्ने अभियानमा सहयोग गर्ने सहयोगदाताहरुलाई विद्यालयले औपचारिक कार्यक्रमको आयो जना गरी सम्मान कार्यक्रम गरीने उनको भनाई छ । आगामी शैक्षिक सत्रबाट मा.वि. तहको कक्षा ९ सञ्चालन गर्ने गरी आर्थिक सहयोग संकलनको काम भइरहेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...