News Portal

रेडियो सुन्नुहोस्

लगातारको वर्षातले किसान खुसी

तेजेन्द्र बि.एम.२०७८ माघ २५
२२४४ पटक
२०७८ माघ २५

मौसम परिवर्तन भएसंगै लगातारको हिउँदे वर्षातले किसानहरु उत्साहित भएका छन् ।

बिहिबारबाट देशैभरका धेरै ठाउँहरुमा लगातार ३ दिन सम्म पानी पर्दा बाली राम्रो उत्पादन हुने भएपछि किसानहरु खुसी भएका हुन् । किसानका बारीमा यतिबेला हिउँदे बाली लहलह पसाउने बेला भएको छ ।

गहुँ, जौं, तोरी जस्ता नगदेबाली र अन्य फलफूल तथा तरकारी बालीहरुमा पानी नपर्दा किसानहरु चिन्तित थिए । ग्रामीण क्षेत्रका धेरै ठाउँहरुमा सिंचाई सुविधा नहुँदा किसानहरु आकाशे पानीको भर पर्न बाध्य छन् ।

यस वर्ष भने समयमै पानी पर्दा सिंचाई आवस्यक नभएकोमा किसानहरु खुशी भएका हुन् । पुस १५ मा पनि समयमै पानी पर्दा किसानहरुले हिउँदे बाली राम्रो हुने अनुमान गरेका थिए । यतिबेला गाउँमा हिउँदे खेती गर्नका लागि बाँझो मार्ने बेला भएको छ ।

अन्य हिउँदे खेति गर्नका लागि बाँझो मार्न ग्रामिण क्षेत्रहरुमा ऋषि पञ्चमीको अवसर पारेर त्यस दिन गोरु नार्ने प्रचलन समेत रहदै आएको छ । त्यस दिन गोरु नारेर एकैछिन जोतेर दिन पार्ने चलन छ । किसानहरु अब बिस्तारै बाँझो मार्न थाल्छन् । मकै संगै अन्य हिउँदे बालीहरु छर्ने तयारीमा किसानहरु लागेका छन् ।

हिउँदे वर्षात संगै चिसो समेत बढेको छ । हिमाली र उच्च पहाडी भु–भागहरुमा हिमपात समेत परेको छ । प्यूठानकै धेरै ठाउँहरुमा लगातार २ दिनसम्म हिमपात परेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...